यस्ता छन् सचिव बैठकमा एक दर्जन निर्णयहरु

मुख्य सचिव एकनारायण अर्यालले नागरिकलाई सेवा प्रदान गर्न र विकास निर्माणका कार्यलाई प्रभावकारी बनाउन रोक्ने र अवरोध सिर्जना गर्ने सबै खाले कार्यविधि र निर्देशिका खारेजीको प्रक्रिया थाल्न निर्देशन दिएका छन् ।

बिज्ञापन

यस अघि भएका सचिवस्तरीय बैठकका निर्णयको प्रभावकारी कार्यान्वयन नभएको गुनासो चुलिरहेको समयमा थप दर्जन निर्देशनहरु दिइएको हो । मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा बसेको सचिव बैठकले यस्तो निर्देशन दिएकामे हो । सरकारले नागरिकलाई सेवा प्रदान गर्न एवं विकास निर्माणका कार्यलाई प्रभावकारी बनाउन कुनै कार्यविधि र निर्देशिकाले अवरोध गरेको पाइएमा त्यस्ता कार्यविधि तथा निर्देशिकाहरु खारेज गर्न सम्वन्धित मन्त्रालय र निकायलाई निर्देशन दिएको छ ।

बिज्ञापन

यस्तै बैठकले सार्वजनिक कार्यालयहरुका सूचना प्रणालीमा देखिएका कमजोरी समाधान गर्न सूचना प्रविधि प्रणालीको परीक्षणलाई प्रभावकारी बनाउने , सञ्चार मन्त्रालय र विद्युतीय सुशासन आयोगले सबै सार्वजनिक निकायमा प्रयोग भएका सफ्टवेयरको सुरक्षा परीक्षण ३ महिना भित्र सम्पन्न गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रतिवेदन पेश गर्नुपर्ने, संसदको आगामी हिउँदे अधिवेशसनमा पेश गर्नुपर्ने आफ्नो मन्त्रालयसँग सम्वन्धित विधेयकको सूची सबै मन्त्रालयले तयार गरी सरकारका मुख्य सचिव र कानुन मन्त्रालयलाई सात दिन भित्र उपलब्ध गराउनुपर्ने निर्णय समेत गरेको छ ।
यस्का अलवा संयुक्त राष्ट्रसंघबाट डिसेम्बर २१ लाई विश्व ध्यान दिवस घोषणा भएको सन्दर्भमा सो दिन आगामी पौष ६ गते विश्वव्यापी सद्भावका लागि आन्तरिक शान्ति भन्ने नाराका साथ विश्व ध्यान दिवस देशव्यापी रुपमा मनाउने र यसका लागि आयोजक समिति गठन गर्ने निर्णय गरिएको छ ।
एकनारायण अर्याल मुख्यसचिव भए यता सचिव बैठकले तीन पटक गरी ४३ वटा निर्णय गरे पछि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । भदौं १३ मा अर्याल मुख्य सचिव बनेपछि पहिलो पटक असोज ७ गते २४,कार्तिक ५ मा ८ र मंसिर ४ गते बसेको सचिव बैठकले ११ वटा निर्णय गरेको थियो । यी निर्णय समेत प्रभावकारी कार्यन्वयन नभएको अवस्थामा थप निर्णयहरु भएका छन् ।
हिजोको बैठकले यस अघिका बैठकले गरेका निर्णयहरु केही कार्यान्वयन भएका र केहि कार्यान्वयनको क्रममा रहेका निर्णयलाई सबै निकायहरुले तदारुकताका साथ कार्यान्वयन गर्ने निर्णय गरेको जनाइएको छ ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

‘कुलिङ पिरियड’मा भएको हेरफेर छानबिन गर्न सभामुखलाई सङ्घीय मामिलामन्त्री गुप्ताको आग्रह

पौडेलको कार्यशैलीप्रति असन्तुष्टि, गृहमन्त्रीका निजी सचिवदेखि प्रशासन शाखाका कर्मचारीसम्म रसुवाको दौडमा

‘विश्वास’ र ‘कृपया’ अभियान स्थानीय विकासको रूपान्तरणकारी अवधारणा 

‘न्यु टेक’ ठेकेदार सुकुलालको घटिया काम: रसुवालीले भोग्दै शास्ती

वैदेशिक रोजगार विभागमा अधिकृत खतिवडाको आतंक

संघीय निजामती सेवा विधेयकमा कर्मचारी सरोकार सम्बोधन नगर्नु दुःखद : निजामती युनियन

बजेटमा अर्थ सचिवको बदमासी : जन्मथलोमा ८ करोडको योजना

‘कर्मचारीको आँशु झार्ने कानुन’

बिशेष