एमाले कर्मचारीलाई महासचिवको ढाडस :- “कसैले चाहेर सरकार ढल्दैन,ढुक्कले काम गर्नुहोस”

नेकपा एमालेका महासचिव शंकर पोखरेलले कर्मचारीलाई ढुक्क भएर काम गर्न भनेका छन् । नेपाल निजामती कर्मचारी सङ्गठनद्वारा आयोजित प्रथम विधान अधिवेशन तथा १८औं केन्द्रीय परिषद् बैठकमा बोल्दै उनले देशका ठूला राजनीतिक दल मिलेर बनेको सरकार कसैले चाहेर पनि नढल्ने दावी गरेका हुन ।

बिज्ञापन

भारतीय प्रधानमन्त्रीका एकजना पूर्व निजी सुरक्षा अधिकारीले केपी ओली नेतृत्वको वर्तमान सरकार एक महिनाभित्र ढल्ने दावी गरेको समाचार बाहिरिएको भोलिपल्ट नेकपा एमालेका महासचिव पोखरेलले यस्तो दावी गरेका हुन ।

बिज्ञापन

प्रधानमन्त्री नरेन्द्र मोदीको एकताका सुरक्षा गार्ड (एनएसजी) रहिसकेका लक्की बिष्टले नेपालमा सरकार ढल्न लागेको ठोकुवा गरेका हुन् । अन्तर्राष्ट्रिय एजेन्सीको लागि काम गर्दा ‘सूचना’ सबैभन्दा महङ्गो हुने जनाउँदै उनले नेपालको सरकार छिट्टै ढल्न लागेको सूचना आफूसँग रहेको जिकिर गरेका थिए । नवभारत टाइम्ससँग उनले भनेका छन्,तीन महिना अगाडि बनेको सरकार १५ देखि ३० दिनभित्रमै ढल्नेवाला रहेको खुलासा गरेको भोलिपल्ट पोखरेलले यस्तो बताएका हुन ।

‘अहिलेको सरकार संसदका ठूला दुई दलको बलियो सरकार हो। यो दुई दलले नचाहँदासम्म कसैले चाहेर ढल्दैन,’ उनले भने, ‘यथार्थ यही हो, नडराई ढुक्कले काम गर्नुस्,पोखरेलले अगाडि भने, जनतालाई निराशाबाट आशामा, कमजोर राज्यबाट बलियो राज्य बनाउने कुरामा, कुशासनबाट सुशासनतर्फ जाने कुरामा ध्यान जानुपर्ने छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

निमित्तको राज अन्त्य गर्दै सरकार,बेलुकासम्ममा सरुवा हुँदैछन् ४३ उपसचिव

गोरखालीको महागाथा

कानुन व्यवसायीहरुलाई सिंहदरबार प्रवेशमा कडाई

दुर्गममा दरबन्दी,गृह मन्त्रालयभित्र काज

बालुवाटारमा औपचारिक भेटघाट बन्द, सिंहदरबारबाटै काम गर्दै प्रधानमन्त्री बालेन

सातान्तांगोः मानव चेतना, समाज र अस्तित्वको नाङ्गो दस्तावेज

आयल निगममा डिपो प्रमुखहरूको सरुवा

कुन मन्त्रीको सचिवालयमा क- कस्ले पाए नियुक्ति ?

बिशेष