मन्त्रिपरिषद्का २० निर्णय :- २ सचिव,७ सहसचिवको सरुवादेखि नियुक्तिसम्म

मन्त्रिपरिषद्को पछिल्लो बैठकले २ सचिवको सरुवा,सात जना सहसचिवको सरुवाको निर्णय गरेको छ । यस्तै क्याविनेटले विभिन्न निकायहरुमा नियुक्ति गर्ने निर्णय समेत गरेको छ ।

बिज्ञापन

पछिल्लो दुईवटा मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गरेको छ । गत २७ र २८ मंसिरमा बसेको मन्त्रिपरिषद् बैठक सरकारका प्रवक्ता एवं सूचना, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले दुईवटा बैठकका विभिन्न २० वटा निर्णय सार्वजनिक गरेका हुन् ।

बिज्ञापन

सोमबार सिंहदरबारमा मंसिर २८ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गुरुङले केन्द्रको कार्यकारी निर्देशक पदमा मोरङका देवराज ढुङ्गानालाई नियुक्त गरेको जनाएका छन् ।
सत्य निरुपण तथा मेलममिलाप आयोगका सचिव आलोकचन्द्र श्रेष्ठलाई नेपाल कानुन आयोग र कानुन आयोगका सचिव पराश्वर ढुङ्गनालाई सत्य निरुपण तथा मेलमिलाप आयोगमा सरुवा गरेको छ । यस्तै नेपाल न्याय सेवाका सात जना सहसचिवको सरुवा गर्ने निर्णय पनि क्याविनेटले गरेको छ ।
यस्तै गंगालाल राष्ट्रिय ह्ृदयरोग केन्द्रको सञ्चालक समितिको सदस्यमा डा राजेन्द्र प्रसाद बराल,दीपक राज सापकोटालाई नियुक्ति गर्ने निर्णय गरेको छ ।

त्यस्तै मन्त्रिपरिषद्ले अन्तराष्ट्रियस्तरको फुटबल, कराँते र बिच भलिबल प्रतियोगितामा विजयी तथा पदक प्राप्त गर्ने खेलाडी, प्रशिक्षक, व्यवस्थापक र फिजियो गरी ३५ जनालाई पुरस्कार तथा सम्मान गर्नका लागि खेलकुद मन्त्रालयलाई स्वीकृति दिने निर्णय गरेको छ ।

बिज्ञापन
cabinet desinin

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सुशीला-गौरीबहादुर कार्कीदेखि रास्वपाका १५ सांसदमाथि अनुसन्धान गर्न सिफारिस

‘रवि लामिछाने जेलबाट भाग्नु फौजदारी अपराध,रवि र यी नेतामाथि अनुसन्धान गर्नु’:मानव अधिकार आयोग

विपद् प्राधिकरणमा कोइराला, राष्ट्रिय परिचयपत्र विभागमा पौडेल

सम्पत्ति छानबिन आयोगले थाल्यो काम :माग्यो कर्मचारी र पदाधिकारीको विवरण

२४०० कार्टुन लोड, ५९१ मात्रै बरामद : बाँकी भेप कहाँ गायब ?

तीन विभाग रिक्त,शक्तिशाली दुई सहसचिव प्रदेशतिर

चार सहसचिवलाई खटाइयो स्थानीय तह,कान्छी सहसचिवको सामान्यमै पदस्थापन

२९ सहसचिवहरूको सरुवा

बिशेष