लोकसेवा आयोगले खोल्यो ४२० अधिकृतका लागि विज्ञापन

लोकसेवा आयोगले ठूलो संख्यामा अधिकृत तहको विज्ञापन प्रकाशन गरेको छ । आयोगले खुला,समावेशी र जेष्ठताबाट गरी कूल ४२० पदमा विज्ञापन खोलेको छ ।
आयोगले जेष्ठता र कार्यसम्पादनद्धारा हुने बढुवाद्धारा पूर्ति गर्नुपर्ने पदमा निजामती सेवा ऐन २०४९,कर्मचारी समायोजन ऐन २०७५ र राष्ट्रिय मानव अधिकार आयोग सेवाका कर्मचारीको हकमा राष्ट्रिय मानव अधिकार आयोगका कर्मचारीहरुका सेवा,शर्त र नियमावली अनुसार यी विज्ञापन गरिएको आयोगले जनाएको छ ।

बिज्ञापन

आायोगले निजामती सेवातर्फ न्याय समूहका लागि २२,न्याय सेवा,कानुनतर्फ ५,सरकारी वकिल ७,परराष्ट्र सेवातर्फ २८,प्रशासन सेवा,सामान्य प्रशासन समूहतर्फ २५,लेखा समूह १८,राजश्वतर्फ १३ र लेखापरीक्षणतर्फ ४ पद गरी १२२ पदमा बढुवाद्धारा पदपूर्ति गर्न लागिएको हो भने मानव अधिकारसेवातर्फ २ पदमा विज्ञापन खुलाइएको आयोगले जनाएको छ ।

बिज्ञापन


यस्तै,आयोगले खुला तथा समावेशी प्रतियोगिताबाट न्याय,कानुन,सरकारी वकिलतर्फ ८१ पदमा विज्ञापन खोलेको छ भने परराष्ट्र,प्रशासन,लेखा,राजश्वतर्फ गरी खुला ११६,महिला ३३,आदिवासी जनजाती २४,मधेसी २२,दलित १०,अपाङ्ग ४ र पिछडा क्षेत्रबाट ४ गरी २१३ पदमा विज्ञापन खुलाएको छ ।यस्तै आयोगले राष्ट्रिय मानव अधिकारतर्फ ४ पदमा विज्ञापन खोलेको छ ।

आयोगका अनुसार,न्याय सेवातर्फ ८१,प्रशासनतर्फ २१३ र मानव अधिकारतर्फ ४ गरी २९८ खुला तथा समावेशी प्रतियोगिताबाट पदपूर्ति गर्न लागिएको हो भने बढुवाबाट १२२ पदमा पदपूर्तिका लागि विज्ञापन खोलिएको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

कर्मचारीलाई प्रोत्साहन भत्ता खुवाउने बाटो खुल्यो : ‘कर्मचारी प्रोत्साहन तथा पुरस्कार शीर्षक’मा रकमान्तर गर्न परिपत्र

१ लाख ६० हजार घुससहित पक्राउ परे अमिन,अख्तियारले लग्यो विशेषमा मुद्धा

कार्यालय सहयोगीदेखि दशौं तहसम्मका गरी १५५ कर्मचारीको सरुवा

विद्युत पोलकै कारण सडक आयोजना अलपत्र, राज्यलाई करोडौँको थप भार : महानिर्देशक जैसी

कासमूमा ७५ प्रतिशत अंक कटाउने कर्मचारीलाई मात्र प्रोत्साहन भत्ता

नयाँ सरकार बनेको चार महिनामै सिंहदरबारबाट महिला सचिव तितरबितर

मध्यराति भागेर ज्यान जोगाए कर्मचारी र सुरक्षाकर्मी, तातोपानी भन्सारमा ३२ करोडको एक्सरे मेसिन पनि प्रभावित

३१९ कर्मचारी अनलाइन सरुवा गरेको मन्त्रालयकै दावी,प्रणालीमा देखिन्छ २० मात्र

बिशेष