सामान्य प्रशासनलाई मेयरको ठाडो पत्र :-तुरुन्त प्रमुख प्रशासकीय पठाइदिनुपर्यो

सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले संघीय मन्त्रालयलाई प्रमुख प्रशासकीय अधिकृत माग्दै ठाडो भाषामा पत्र लेखेका छन् । उनले आज संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सम्बोधन गर्दै ठाडै भाषामा प्रमुख प्रशासकीय अधिकृत पठाइदिन अनुरोध गरेका छन् । ३४६२ चलानी नम्बर रहेको उक्त पत्रमा लेखेका छन्,धराने जनता पनि नागरिक नै हुन । धराने जनताको काम गर्ने प्रमुख प्रशासकीय अधिकृत तुरुन्त पठाइदिनुहोला ।

बिज्ञापन

मेयर राईकै हस्ताक्षर रहेको उक्त पत्रमा लेखिएको छ, धरान उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत कहिले पठाउने हो ? यहाँ जनताको काम अड्किएर गाह्रो भइसक्यो । लौ न तुरुन्तै पठाइदिन पर्‍यो । धराने जनता पनि नेपाली नागरिक नै हुन् ।’

बिज्ञापन

संघीय सरकारले ११ वटा उपमहानगरपालिकामध्ये इटहरीबाहेक अन्य पालिकामा कन्फर्म प्रमुख प्रशासकीय अधिकृत खटाउन सकेको छैन । उक्त पालिकाबाहेक अन्य १० उपमहानगर निमित्तको भरमा चलेका छन्।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

जावलाखेल चिडियाघरको बर्डफ्लु प्रकरण : सूचना लुकाइयो कि बलिको बोको बनाइयो ?

राहदानी छपाइ अनियमितता अनुसन्धानमा पूर्वमन्त्री श्रेष्ठसँग अख्तियारको सोधपुछ

वाणिज्य नीति : सरकारी निकायमा स्वदेशी वस्तु प्रयोग गर्ने व्यवस्था

पूर्वाधार विकास मन्त्रालयमा दुई सचिवको प्रस्ताव

प्रधानमन्त्री कार्यालयमा निर्वाचन आयोग पदाधिकारी पनि अपमानित, बोलाएर गेटबाटै दिइएन प्रवेश

नेपालको निजामती प्रशासन: रूपान्तरणको संकट र सुधारको मार्गचित्र

ओली सरकारका खास,वालेन सरकारका आसपास

घरबाट हराएका पूर्व कार्यवाहक महालेखापरीक्षकको शव नारायणी किनारमा

बिशेष