वाइडबडी खरिद प्रकरण :-दुई सचिव,एक सहसचिव भ्रष्टचारी ठहर, मन्त्रीलाई ‘क्लिन चिट’

वाइडबडी खरिदको भ्रष्टाचार मुद्दामा दुई सचिव,एक सहसचिव भ्रष्टचारी ठहर भएका छन् । यो मुद्धामा विशेष अदालतले पूर्वमन्त्रीलाई सफाइ दिएको छ । यस्तै विशेषले यो प्रकरणमा नेपाल वायुसेवा निगमका तत्कालीन कार्यकारी अध्यक्ष सुगतरत्न कंसाकार​ दोषी ठहर गरेको छ । अख्तियारले यो मुद्धामा ३२ जनालाई प्रतिवादी बनाएको थियो ।नेपाल वायु सेवा निगमका तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकार समेतको मिलेमतोमा ए३३०-२०० जहाज खरिद गर्दा यस प्रकरणमा मुछिएका ११ जना भ्रष्टाचारको अभियोगमा दोषी ठहर भएका हुन्।

बिज्ञापन

विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीशहरू तेज नारायण सिंह राई र रितेन्द्र थापाको इजलासले नेपाल वायुसेवा निगमले बजार विस्तारका लागि भन्दै दुइटा वाइडबडी विमान खरिद गर्दा भएको भ्रष्टाचार मुद्धामा शंकरप्रसाद अधिकारी, शिशिर कुमार ढुङ्गाना र बुद्धिसागर लामिछानेलाई पनि दोषी ठहर गरेको हो । अधिकारी र ढुगना सचिवबाट अवकाश पाएका कर्मचारी हुन भने लामिछाने यस अघि नै भ्रष्टाचार मुद्धा चलेर निलम्बनमा परेका थिए ।

बिज्ञापन

सुगतरत्नमाथि दुई वर्ष नौ महिना कैद सजाय सुनाइएको छ भने अधिकारी, ढुङ्गाना र लामिछानेमाथि एक वर्ष छ महिना कैद सजाय भएको छ । दोषी ठहर भएका अधिकारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव थिए। विभागीय मन्त्रालयको सचिव भएकैले अधिकारीमाथि थप तीन महिना कैद सजाय सुनाइएको छ ।
अदालतले कुल बिगो १ अर्ब ४७ करोड १० लाख ८५ हजार रुपैयाँको दामासाहीका हिसाबले १२ करोड २५ लाख ९० हजार रुपैयाँ जरिवाना कायम गर्नुका साथै बिगो असुल उपर हुने फैसला समेत गरेको छ ।
अन्य प्रतिवादीहरुमा टेकनाथ आचार्य, निमानुरु शेर्पा, मुक्तिराम पाण्डे, जीवनप्रकाश सिटौला, अच्युतराज पहाडी,कर्णबहादुर थापा, सुवास रिजाल, प्रकाशकुमार कर्माचार्य, जनकराज कालाखेती, रामहरि शर्मा सेढाईं, रविन्द्रकुमार शेरचन, रविन्द्र श्रेष्ठ, उपेन्द्र पौडेल र श्रवण रिजाल,पारस पौडेल, उमेश पौडेल, बृहतमान तुलाधर लगायतले क्लिन चिट पाएका हुन ।

अन्य दोषीहरू विदेशी छन्। तीमध्ये एकजना पूर्वनेपाली, हाल बेलायती नागरिक दीपक शर्मा, एएआर कम्पनीको अध्यक्षलाई १ वर्ष ६ महिना कैद सजाय सनाइएको छ भने ओलिग क्यालिस्त्रु जर्मन एभिएसन क्यापिटल, वित्त निर्देशकलाई १ वर्ष ६ महिना कैद तोकेको छ । यस्तै जोन होल्मेस, एएआर कम्पनीको सीइओ,अना टोपा जर्मन एभिएसन क्यापिटलको प्रवन्ध निर्देशक,पाउलो मोरपुरी,हाई फ्लाई एक्सको मुख्य व्यक्ति र गेराल्ड थ्रोन्टन र क्रिश्चियन न्ह्युलेनका हवाई फ्लाई एक्सका प्रतिनिधिहरूलाई १ वर्ष ६ महिना कैद सजाय निर्धारण गरेको छ,विशेषले ।

बिज्ञापन
widebody-karmacharipress

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मेडिकलको नाममा वैदेशिक रोजगारीमा संगठित बेथिति: ३६ स्वास्थ्य संस्था र मेनपावरको मिलेमतोमाथि कडा छानबिन

व्यक्तित्व विकासका लागि जीवन परिवर्तन गर्ने १० पुस्तकहरू

अख्तियारमै कार्यरत डीएसपीमाथि छानबिन

हाइकुहरू

अधिकृत खटाइँदा झापामा ‘सेटिङ’को आशंका, कर्मचारी असन्तुष्ट

बहालवाला उपसचिव नै काँग्रेस उमेद्धारको चुनाव प्रचार प्रसारमा

निजामती प्रशासनको चुनौतीपूर्ण भावीमार्ग  

करार सेवाका कर्मचारीले मासिक पाँच हजार महंगी भत्ता पाउने बाटो खुल्यो

बिशेष