सफाइ पाएको ९ महिना नपुग्दै सहसचिवमाथि अर्काे भ्रष्टाचार मुद्धा,तानिए अरु ७ कर्मचारी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप सात जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ । हरिहरभवनस्थित पशुपन्छी बजार प्रवर्द्धन निर्देशनालयका तत्कालीन  कार्यक्रम निर्देशकसहित ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

बिज्ञापन

अख्तियारले  डा बलराम थापा क्षेत्रीसहित सात जनाविरुद्ध  आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । डा क्षेत्री सहसचिव तहका कर्मचारी हुन । तीन बर्ष अघि नै उनी भ्रष्टाचार मुद्धा लागेर निलम्बनमा परे . सचिव बन्ने लाइनमा रहेका थापा भ्रष्टाचार मुद्धा लागेर निलम्बनमा परेका कारण बढूवा हुन पाएनन् ।  गत बर्ष फागुनमा विशेष अदालतका विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठले इजलासले सफाइ दिएको थियो ।त्यतिबेलासम्ममा उनी अनिवार्य अवकाशमा गइसकेका थिए । उनलाई फसाएर डिजी हुनकै लागि एक सहसचिवले उनीविरुद्ध मुद्धा मामिला गरेको बताइन्छ ।

बिज्ञापन

अहिले फेरि तिनै सहसचिवलाई अर्काे भ्रष्टाचार मुद्धामा डामिएको हो । नेपालमा एक मात्र हात्तीको उपचार गर्ने थापासहित अख्तियारले लेखा अधिकृत रामप्रसाद बजगाइँ, पशु विकास अधिकृत डा पूजा शर्मा, जिल्ला पशु सेवा कार्यालय, अछामका पशु विकास अधिकृत विश्वेश्वरप्रसाद खनाल, हिल साइड पोलिटेक्निक इन्स्च्यिुटका अध्यक्ष लोकबहादुर बोहरा, व्यवस्थापक सुरतबहादुर भुल, पुष्कर भण्डारी र सो कम्पनीविरुद्ध पनि मुद्दा चलाएको हो ।

अछामको साफेबगर नगरपालिका वडा नम्बर ८ मा रहेको हिल साइड पोलीटेक्निक इन्स्टिच्युट प्रालीलाई प्रक्रिया नपुर्‍याई हचुवाको भरमा रकम दिएको भन्दै उनीहरुलाई मुद्धा चलाएको हो ।

बिज्ञापन

उनीहरूविरुद्ध ४४ लाख ४२ हजार ८६१ रुपैयाँ बिगोसहित जरिवाना सहितको सजायको माग गर्दै मुद्दा दायर भएको हो । आर्थिक वर्ष २०७३–०७४ मा पशु हाट बजार निर्माण तथा सुधार कार्यक्रम अन्तर्गत उक्त प्रालीसँग भएको सम्झौतामा २०७४ जेठ १५ सम्म काम सम्पन्न गर्नेगरी अनुदान रकम भुक्तानी लिने उल्लेख थियो ।

तर लागत साझोदारीमा निर्मित पशु हाट बजार सञ्चालनमा नरहेको, उक्त पशु हाट बजार परिसर जग्गा धनी आफैँले नियन्त्रणमा लिई व्यक्तिलाई भाडामा दिएको, उक्त संरचना निर्माणको स्थलगत नापजाँच गर्दा नापी किताबका केही आइटमको काम नभएको, केही आइटमको कम काम भई बढी मूल्यांकन भएको र केही आइटमको दोहोरो मूल्यांकन भई बढी भुक्तानी भएको पाइएको अख्तियारले जनाएको छ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष