‘घण्टेदेखि हप्ते सचिव’ :-पदस्थापनै नभइ अवकाश

सुशासनको नारालाई मूल मन्त्र बनाएको सरकारले दुई साता पछि अनिवार्य अवकाशमा जान लागेका अर्काे एक सहसचिवको ‘आँशु पुछिदिएको’ छ । विगतमा महाश्रम शर्मालाई एक दिन, सूर्यप्रसाद आचार्यलाई ३ दिन,शंकरप्रसाद खराल,अर्जुनजङ्ग थापाहरुलाई दुई साता, श्री आचार्य, वीरबहादुर राईलाई २० दिनका लागि सचिव बनाएर पदस्थापनै नभई घर फर्किएका र बाचुन्जेल पेन्सन सुविधा थप्ने प्रवन्ध मिलाइ दिएको छ ।

बिज्ञापन

प्रधानमन्त्री केपी शर्मा ओली उत्तरी छिमेकी मुलुकतिर उड्नु अघिल्लो दिन बसेको क्याविनेट बैठकले मर्यादाक्रममा दोश्रो नम्बरमा रहेका सहसचिवलाई टपक्क टिपेर सचिवमा उकालिदिएका हुन । विगतमा कोही एक दिने त कोही एक घन्टे सचिव भएका उदाहरण छन् । त्यसकारण रामप्रसाद घिमिरेसँग प्रश्न गर्नु जरुरी छैन, प्रश्न सोझिने मन्त्रिपरिषद्तिरै हो । कसैका हकमा जतिसुकै योग्य भए पनि सचिव बढुवा गर्न नचाहने मन्त्रिपरिषद्, कसैका हकमा किन यति धेरै उदार हुन्छ ? मर्यादाक्रम नमिचिएको भए शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका दिनानाथ मिश्र सचिवमा उक्लिने थिए तर दोस्रो नम्बरमा रहेका घिमिरेलाई टेकेर दुई साताका लागि सचिव बनाउने निर्णय भएको छ । यस अघि साँझ मन्त्रिपरिषद् बैठक डाकेर ६ घण्टाका लागि नेपाल सरकारको सचिव बनाइएको उदाहरण समेत छ ।

बिज्ञापन

अवकाशको ४ दिन अगाडिमात्र उसैगरी शंकरप्रसाद खरेललाई सचिव बनाइएको थियो । राष्ट्रपति रामचन्द्र पौडेल निकट रहेका उनलाई निर्वाचन आयोगमा लैजाने चाँजो पाँजो मिलाइदैछ । उसैगरी बूढानिलकण्ठ नजिक रहेका अर्जुनजङ्ग थापालाई दशैंको विदाकै मुखमा क्याविनेट डाकेर सचिवमा उकालिएको थियो । १८ दिनका लागि सचिव बनेका उनले कुनै जिम्मेवारी पाएनन्, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा हाजिर गरेर बिदाइ भए । शिक्षा मन्त्रालयका तत्कालीन सहसचिव महाश्रम शर्मा एक दिनका लागि सचिव बनेका थिए । अवकाश हुनुभन्दा एक दिनअघि २२ साउन २०७१ मा सचिवमा बढुवा भएपछि प्रधानमन्त्री कार्यालय पुगेर हाजिर गरेर बिदा भएका थिए । पूर्वसचिव बनेका उनी पुस २०७८ मा राष्ट्रिय परीक्षा बोर्डमा अध्यक्ष नियुक्त भएका थिए ।सूर्य आचार्यलाई अवकाशको तीन दिन अघि मात्र सचिवमा बढुवा गरियो । प्रधानमन्त्री कार्यालयमा एकदिन हाजिर गरेपछि उनी निजामती सेवाबाट बिदा भएका थिए ।

पछिल्लो समयमा विशिष्ट श्रेणीको सचिव पदलाई कति मजाकको र सस्तो बनाइयो भने मन परेका पात्र कोहीलाई चार दिनका लागि त कसैलाई २४ घण्टाका लागि टपक्क टिप्ने र सचिव बनाइदिने । सनक र लहडमा कसैको इच्छा पूर्तिका लागि रातारात दरबन्दी थपेर सचिव बनाइने परिपाटी र विकृतिले अब सचिवजस्तो विशिष्ट पदको गरिमा नै माटोमा मिल्यो भन्छन्,एक बहालवाला प्रशासक । पूर्व प्रशासकहरुका अनुसार पेन्सन सुविधा बढ्ने,अवकाश पछि संवैद्यानिक निकायहरुमा नियुक्ति,परामर्शदाताका रुपमा नियुक्ति खान सहज हुने हुँदा सहसचिवहरुले वरिष्ठता मिचेरै सचिव बनाइदिन पहल गर्ने गरेका छन् ।

बिज्ञापन

मन परेका,नेताका गोजीका प्रशासकका लागि क्याबिनेटबाटै दरबन्दी थपेर ४ दिनका लागि सचिव बनाइदिँदा सचिवको गरिमा र ओज नै रहेन भनेर प्रशासनविद्हरूले कराएपछि तत्कालीन मुख्यसचिव शंकरदास बैरागीले ‘फेस सेभिङ’का लागि नै सही, एउटा चतु¥याइँ गरे सचिव दरबन्दी पुनरवलोकन समिति गठन । तर त्यो समिति पनि हात्ती आयो हात्ती आयो फुस्सा भयो । विशिष्ठ श्रेणीको दरबन्दी आवश्यक पर्ने कति हो ? कति सहसचिव बराबर कति जना सचिव बनाइनुपर्ने हो ? सचिव र सहसचिवको अनुपात कति हुनुपर्ने हो ? हाल रहेको अनुपात के कस्तो हो ? मन्त्रालयमा दुई जना सचिव आवश्यक पर्ने हो वा होइन ? तिनलाई कार्यबोझ पुगेको छ वा छैन ? यस्ता विषय अध्ययन गर्नुपर्ने थियो तर अध्ययन गरि बुझाइएका प्रतिवेदन कार्यन्वयनमा जान सकेको छैन ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मेडिकलको नाममा वैदेशिक रोजगारीमा संगठित बेथिति: ३६ स्वास्थ्य संस्था र मेनपावरको मिलेमतोमाथि कडा छानबिन

व्यक्तित्व विकासका लागि जीवन परिवर्तन गर्ने १० पुस्तकहरू

अख्तियारमै कार्यरत डीएसपीमाथि छानबिन

हाइकुहरू

अधिकृत खटाइँदा झापामा ‘सेटिङ’को आशंका, कर्मचारी असन्तुष्ट

बहालवाला उपसचिव नै काँग्रेस उमेद्धारको चुनाव प्रचार प्रसारमा

निजामती प्रशासनको चुनौतीपूर्ण भावीमार्ग  

करार सेवाका कर्मचारीले मासिक पाँच हजार महंगी भत्ता पाउने बाटो खुल्यो

बिशेष