सचिवले गरे मन्त्रीको कार्यक्रम बहिस्कार

आफैं आयोजक रहेको कार्यक्रममा मन्त्री र सचिव नै अनुपस्थित । त्यसमाथि उक्त कार्यक्रममा निम्ताइएका अतिथि थिए संघीय सरकारका मन्त्री तर मन्त्री उपस्थित रहेको उक्त कार्यक्रम प्रदेशका मन्त्री र सचिवले बहिष्कार गरेपछि मन्त्रीले खिन्नता प्रकट गरेका छन् मञ्चबाटै ।

बिज्ञापन

संघीय मन्त्रीको कार्यक्रम प्रदेश मन्त्री र सचिवले बहिष्कार गरेसँगै मन्त्रीले मञ्चबाटै तीतो पोखेका हुन । संघीय खानेपानी मन्त्रालयले प्रदेशमा आयोजना गरेको कार्यक्रम प्रदेशका मन्त्री र सचिवले बहिष्कार गरेका हुन ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजना गरिएको थियो कार्यक्रम । कार्यक्रम आयोजक थियो,संघीय सरकार अन्तर्गतको खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले । र आयोजकमध्येकै थियो,प्रदेश सरकारको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय । आफैं आयोजक रहेको कार्यक्रम मन्त्री र सचिव नै अनुपस्थित रहेसँगै कार्यक्रम नै खल्लो बन्न पुगेको आयोजकहरुले बताएका छन् ।

बिज्ञापन

‘ग्रामीण खानेपानी सेवा सहायता केन्द्र नामक कार्यक्रमका सहआयोजकहरु थिए ग्रामीण खानेपानी सेवा सहायता केन्द्र । सो कार्यक्रममा प्रदेश सरकारका जलस्रोत तथा ऊर्जामन्त्री विजया बुढा र उक्त मन्त्रालयका सचिव इन्द्रदेव भट्ट नै उपस्थित नभएका हुन । भट्ट उक्त मन्त्रालयको सचिवको जिम्मेवारीमा छन् गत कार्तिक २५ गतेदेखि ।

कार्यक्रममा प्रदेशको मन्त्री र सचिव नै उपस्थित नभएपछि संघीय खानेपानीमन्त्री यादवले मञ्चमै गुनासो गरेका थिए ।यद्यपि मन्त्रीको स्वास्थ्यमा समस्या आएका कारण अनुपस्थित भएको जनाइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष