साउनमा उर्जा आयोग, मंसिरमा शहरी

सरकारले सहरी विकास मन्त्रालयको सचिवमा गोपाल सिग्देललाई पठाउने भएको छ । सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले ५८ वर्षे उमेर हदका कारण यहीं मंसिर १२ गते अनिवार्य अवकाश पाएपछि उक्त मन्त्रालयमा सचिव रिक्त रहेको थियो। सो स्थानमा हाल जल तथा उर्जा आयोगमा रहेका सिग्देललाई पठाउने निर्णय गरेको हो ।

बिज्ञापन

सिग्देल यस अघि साउनमा २१ जना सचिवको सरुवा हुँदा भौतिक मन्त्रालयबाट काँग्रेसका दिपक खड्काले नेतृत्व गरेको उर्जा मन्त्रालयमा पुगेका थिए ।चार महिनापछि नै उनी सरुवामा परेर बढी बजेट खेलाउने मन्त्रालय मानिएको सहरीमा प्रवेश पाएका हुन । सिग्देल रुख छापे भनेर चिनिन्छन् ।

बिज्ञापन

सिग्देलले यस अघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयको ऊर्जा सचिव भएर काम गरिसकेका छन् । उनी यस अघि सडक विभागको महानिर्देशक चलाइसकेका कर्मचारी हुन । सहरीमा सरजु कुमार वैद्य वा प्रमिला राजभण्डारीमध्ये एक लाई सचिवमा लगिने चर्चाका विपरित सिग्देलले बाजी मारेका हुन ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भारी वर्षासँगै राजमार्ग अवरुद्ध हुने सम्भावना : सडक विभागको सतर्कता अपिल

नारायणगढ–मुग्लिन सडकखण्ड र मुग्लिन–नागढुंगा सडकखण्ड पहिरोले अवरुद्ध

बागमती र मधेशमा चट्याङसहित वर्षा, मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह

बडादसैँ : धर्मको रक्षा र जीवनलाई प्रेरणा

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

बिशेष