गृहको कासमू रिर्पोट :-डडेल्धुरा प्रशासन अब्बल, सबैभन्दा कमजोर पर्सा

गृह मन्त्रालयले गरेको कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय डडेल्धुरा प्रथम भएको छ ।

बिज्ञापन

मन्त्रालयले हालै सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो त्रैमासिक नतिजामा जिल्ला प्रशासन कार्यालय डडेल्धुरा २९ दशमलव ०७५ अंक प्राप्त गर्दै उत्कृष्ट हुन सफल भएका हुन् ।
यस्तै रिर्पोट कार्ड अनुसार पाल्पाले समान अंक २० दशमलव ०७५ पाएको छ । यस्तै जिल्ला प्रशासन कार्यालय मकवानपुरले २९ दशमलव ०६५,पर्वतले २९ दशमलव ०६२५ अंक प्राप्त गरेको छ । २९ दशमलव ०४९३ अंक सहित चितवन पाँचौमा रहेको छ ।
यस्तै जिल्ला प्रशासन कार्यालय कास्की २९ दशमलव ०४३३ अंक सहित छैटौंमा रहेको छ ।

बिज्ञापन

२८ दशमलव ९५ अंकसहित सातौंमा तेह्रथुम, कञ्चनपुर जिल्ला प्रशासनले २८ दशमलव ८७, भक्तपुर जिल्ला प्रशासन २८ दशमलव ८६ अंकसहित नवौंमा रहँदा, धनकुटा २८ दशमलव ८२ अंकसहित दशौं स्थानमा रहेको छ ।

कार्यसम्पादनमा पुच्छरमा रहेको छ,जिल्ला प्रशासन कार्यालय पर्सा । उक्त प्रशासन कार्यालयले २० दशमलव ९०५ अंकमात्र प्राप्त गर्न सकेको छ । कासमूको पुच्छरमा मुस्ताङ, खोटाङ, हुम्ला, सिन्धुली र सिन्धुपाल्चोक लगायतका जिल्ला प्रशासन कार्यालयहरु रहेका छन् ।

बिज्ञापन

गृहले जिल्लाको शान्ति सुरक्षा, अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, लागूऔषध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, मुआब्जा वितरण र विकास निर्माणमा समन्वय तथा आर्थिक प्रशासनसमेत परिसूचकहरूलाई मुल्यांकनलाई आधार मानेर ती जिल्लाको रिर्पोट तयार गर्दै आएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

निमित्त महानिर्देशकले लत्याए बालेन सरकारले निर्देशन

रक्तदानसहित मनाइयो नृत्य निर्देशक संघ नेपालको ११औँ स्थापना दिवस

अवकाशको १३ महिना अगावै,सञ्चारमा भित्रिएको साता दिनमै सचिव पोखरेलले किन दिए राजीनामा ?

स्मार्ट टेलिकम घोटाला : नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष,सीइओसहित ७ प्रतिवादी

प्रमुख प्रशासकीय अधिकृतसँग लिखित स्पष्टीकरण माग

यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

रोनाल्डोले दिए राजीनामा,भाग्य चम्कियो रेजिनाको

लेखा अधिकृत र इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्धा दायर

बिशेष