आफू अनुकुलको सचिव लैजान डिजीको लबिङ

शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाल अनिवार्य अवकाश पाएसँगै उक्त मन्त्रालय सचिवविहिन भएको छ । ५८ बर्षे उमेर हद लागेर गेलाल हिजोबाट सरकारी सेवाबाट अवकाशमा गएका हुन ।
सचिव भए यता दुई पटक शहरी विकास मन्त्रालयमा पुगेका गेलाल पछिल्लो चार बर्षमा आठ पटक सरुवामा परेका थिए । त्यहाँ जानका लागि अहिले प्राविधिक सेवाका सचिवहरुबीच प्रतिष्प्रर्धा शुरु भएको छ ।
अहिले प्राविधिक सेवाका सचिवहरुमा उर्जा सचिव सुरेश आचार्य,खानेपानी सचिव प्रमिलादेवी बज्राचार्य,भौतिक सचिव केशवकुमार विडारी शर्मा,विज्ञान तथा प्रविधि सचिव विश्ववावु पुडासैनी,जल तथा उर्जा आयोगका सचिव गोपाल सिग्देल,राष्ट्रिय सर्तकता केन्द्रका सचिव सरजुकुमार वैद्य र नेपाल ट्रष्टका सचिव रामआधार साह रहेका छन् ।
यी मध्ये शहरी जाने जोडबलमा छन्,सचिवहरु सुरेश आचार्य,गोपाल सिग्देल,सरजुकमार वैद्य र रामआधार साह । यी मध्ये सरजुकमार वैद्यलाई शहरीमा लगिए अनौठो नमाने हुन्छ भन्दैछन्,शहरीका कर्मचारी ।
त्यो खेलोमेलामा सक्रिय रहेको आरोप छ,माचाकाजी महर्जनमाथि । सिनियर सहसचिवहरुलाई जिल्लाराम खुवाउँदै यस अघि नै मन्त्री प्रकाशमान सिंहले भवन निर्माण विभागको महानिर्देशक बनाइसकेका छन् । उनीभन्दा बरिष्ठ ८ जना सहसचिव हुँदाहुँदै उनलाई भवन विभागको महानिर्देशक बनाइएको छ । साधरणतया अवकाशको मुखमा भएका कर्मचारी चलाइदैन तर घर जान ६ महिना पनि समय नभएका कुमार घिमिरेलाई हटाएर त्यहाँ महर्जनलाई लगिएको छ ।

बिज्ञापन

महर्जन प्रकाशमान सिंहको घर क्षेत्रपाटीनजिकै असनतिरका हुन् । उसो त महर्जन विशेष भवन आयोजनाका आयोजना प्रमुख हुँदा संसद भवनको भेरिअशन अर्डर गर्दा झण्डै आधा अर्ब रकम विनाकारण र विनाआधार बढाइएको भन्दै अख्तियारदेखि राष्ट्रिय सर्तकता केन्द्रमा उजुरी परेको छ । अहिले उनै महर्जन आफू अनुकुलको सचिव ल्याउने खेलोमा लागिरहेको कर्मचारीहरु बताउने गरेका छन । अहिले उनै व्यक्तिलाई भवन निर्माण विभागको डिजी बनाइएको छ । उनै महर्जन अहिले  आफू अनुकुलको सचिव ल्याउने खेलोमेलोमा लागेका हुन ।

बिज्ञापन

त्यसका लागि सबैभन्दा सजिलो पात्रका रुपमा हेरिएका छन्,सरजुकुमार वैद्य । उसो त मन्त्री सिंहले पनि पछिल्ला नियुक्तिहरुमा नेवार समूदायका कर्मचारीलाई विशेष प्रथामिकता दिँदै आएका छन् । सोही कारण शहरी सचिवमा सरजुकुमार वैद्य वा प्रमिलाहरुले बाजी मार्ने प्रवल सम्भवना छ भन्दैछन्,त्यहाँका कर्मचारीहरु ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।