यी हुन चालु आर्थिक बर्षमै अनिवार्य अवकाशमा जाने १० सचिवहरु

सहरी विकास सचिव मणिराम गेलाल अनिवार्य अवकाशमा गएका छन् । निजामती सेवामा २९ बर्ष ५ महिना बिताएर उनी आजबाट अनिवार्य अवकाशमा गएका हुन । चार बर्ष अघि सचिव बढूवा भएका बुधबारदेखि सरकारी सेवावधि पूरा गरी मन्त्रालयबाट बिदा भएका हुन ।

बिज्ञापन

सहरी सचिव मणिराम गेलालझैं अबको ७ महिनाभित्रमा थप १० जना सचिवहरु अनिवार्य अवकाशमा जाँदैछन् ।

बिज्ञापन

निजामती किताबखानाको विवरण अनुसार अबको २ महिना पछि सचिव दिनेश भट्टराई अनिवार्य अवकाशमा जाँदैछन् । २०२७ साल ९ महिना २२ गते जन्मिएका भट्टराईले निजामती सेवामा २०५३ साल पुस ९ मा प्रवेश गरेका हुन उनी माघ २९ गतेबाट अनिवार्य अवकाशमा जानेछन् ।

हाल निलम्बनमा रहेका तत्कालीन गृह सचिव टेकनारायण पाण्डे कारागारबाटै अवकाशमा जाने भएका छन् । उनी फागुन १२ गतेबाट अनिवार्य अवकाशमा जानेछन् ।

बिज्ञापन

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रोशन पोखरेल पनि सोही अवधिमा अवकाश पाउँदैछन् । विकल पौडेल,सुनिल पौडेलको योजनामा साथ दिँदा उद्योग सचिव हुँदा अख्तियार लागेर निलम्बनमा परेका सचिव मधुकुमार मरासिनी पनि फागुनमै घर जानेको सूचीमा छन् । २०२३ साल फागुन १६ गते जन्मिएका मरासिनी ०४३ साल भदौं १८ मा निजामती सेवामा प्रवेश गरेका हुन । हाल राष्ट्रिय योजना आयोगका सचिवको भूमिकामा रहेका उनी फागुन १६ मा ५८ उमेर हद लागेर घर जानेछन् ।

यस्तै गणेश पाण्डे आगामी बर्ष वैशाख ३० गते,वामदेव अधिकारी,विनोद सिंह लगायतका सचिव पनि आगामी वैशाखमै अनिवार्य अवकाश जानेछन् । हाल भूमि मन्त्रालयमा रहेका सचिव अर्जुन पोखरेल आगामी वैशाख २ गते,कानुन सचिव उदयराज सापकोटा आगामी बर्ष जेठ २८ मा अनिवार्य अवकाशमा जाँदैछन् । यस्तै संसद सेवाका सचिव सुर्दशन खड्का आगामी बर्ष जेठ ३० मा अनिवार्य अवकाशमा जानेछन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

आइतबार र सोमबार बिदा दिने सरकारको निर्णय

राष्ट्रका लागि लड्ने क्याप्टेन, जीवनका लागि एक्लै योद्धा

दलिय कर्मचारी संगठनको दादागिरी : वरिष्ठ अधिकृत हटाइ युनियन सल्लाहकारलाई प्रमुख बनाउन दबाब

भिषण वर्षाको जोखिमबीच दुई दिन सार्वजनिक बिदा दिन कर्मचारीको सुझाव

भारी वर्षासँगै राजमार्ग अवरुद्ध हुने सम्भावना : सडक विभागको सतर्कता अपिल

नारायणगढ–मुग्लिन सडकखण्ड र मुग्लिन–नागढुंगा सडकखण्ड पहिरोले अवरुद्ध

बागमती र मधेशमा चट्याङसहित वर्षा, मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह

बडादसैँ : धर्मको रक्षा र जीवनलाई प्रेरणा

बिशेष