यी हुन चालु आर्थिक बर्षमै अनिवार्य अवकाशमा जाने १० सचिवहरु

सहरी विकास सचिव मणिराम गेलाल अनिवार्य अवकाशमा गएका छन् । निजामती सेवामा २९ बर्ष ५ महिना बिताएर उनी आजबाट अनिवार्य अवकाशमा गएका हुन । चार बर्ष अघि सचिव बढूवा भएका बुधबारदेखि सरकारी सेवावधि पूरा गरी मन्त्रालयबाट बिदा भएका हुन ।

बिज्ञापन

सहरी सचिव मणिराम गेलालझैं अबको ७ महिनाभित्रमा थप १० जना सचिवहरु अनिवार्य अवकाशमा जाँदैछन् ।

बिज्ञापन

निजामती किताबखानाको विवरण अनुसार अबको २ महिना पछि सचिव दिनेश भट्टराई अनिवार्य अवकाशमा जाँदैछन् । २०२७ साल ९ महिना २२ गते जन्मिएका भट्टराईले निजामती सेवामा २०५३ साल पुस ९ मा प्रवेश गरेका हुन उनी माघ २९ गतेबाट अनिवार्य अवकाशमा जानेछन् ।

हाल निलम्बनमा रहेका तत्कालीन गृह सचिव टेकनारायण पाण्डे कारागारबाटै अवकाशमा जाने भएका छन् । उनी फागुन १२ गतेबाट अनिवार्य अवकाशमा जानेछन् ।

बिज्ञापन

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रोशन पोखरेल पनि सोही अवधिमा अवकाश पाउँदैछन् । विकल पौडेल,सुनिल पौडेलको योजनामा साथ दिँदा उद्योग सचिव हुँदा अख्तियार लागेर निलम्बनमा परेका सचिव मधुकुमार मरासिनी पनि फागुनमै घर जानेको सूचीमा छन् । २०२३ साल फागुन १६ गते जन्मिएका मरासिनी ०४३ साल भदौं १८ मा निजामती सेवामा प्रवेश गरेका हुन । हाल राष्ट्रिय योजना आयोगका सचिवको भूमिकामा रहेका उनी फागुन १६ मा ५८ उमेर हद लागेर घर जानेछन् ।

यस्तै गणेश पाण्डे आगामी बर्ष वैशाख ३० गते,वामदेव अधिकारी,विनोद सिंह लगायतका सचिव पनि आगामी वैशाखमै अनिवार्य अवकाश जानेछन् । हाल भूमि मन्त्रालयमा रहेका सचिव अर्जुन पोखरेल आगामी वैशाख २ गते,कानुन सचिव उदयराज सापकोटा आगामी बर्ष जेठ २८ मा अनिवार्य अवकाशमा जाँदैछन् । यस्तै संसद सेवाका सचिव सुर्दशन खड्का आगामी बर्ष जेठ ३० मा अनिवार्य अवकाशमा जानेछन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

निमित्त महानिर्देशकले लत्याए बालेन सरकारले निर्देशन

रक्तदानसहित मनाइयो नृत्य निर्देशक संघ नेपालको ११औँ स्थापना दिवस

अवकाशको १३ महिना अगावै,सञ्चारमा भित्रिएको साता दिनमै सचिव पोखरेलले किन दिए राजीनामा ?

स्मार्ट टेलिकम घोटाला : नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष,सीइओसहित ७ प्रतिवादी

प्रमुख प्रशासकीय अधिकृतसँग लिखित स्पष्टीकरण माग

यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

रोनाल्डोले दिए राजीनामा,भाग्य चम्कियो रेजिनाको

लेखा अधिकृत र इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्धा दायर

बिशेष