रमाना नबुझी त्यतै रजगज,के हेर्दैछन् नियामक निकाय ?

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएर पनि तोकिएको ठाउँमा नजाने कर्मचारी उपर एक्सन लिन परिपत्र गरेको दुई साता बितिसकेको छ । मुख्य सचिव एकनारायण अर्यालले सचिव बैठकमा सरुवा भएका कर्मचारीलाई साता दिनभित्र रमाना दिन निर्देशन दिइएको छ ।

बिज्ञापन

तर मुख्य सचिव,संघीय मामिला सचिवको निर्देशन सिंहदरबारकै कर्मचारीहरुले अटेरी गरिरहेका छन् । सरकारले साता दिन भित्र रमाना दिल वा लिन परिपत्र गरेको भए पनि उक्त निर्देशनको कार्यन्वयन हुन सकेको छैन । पर जानै परेन,यस्तो जात्रा उद्योग मन्त्रालयमा देखिन्छ ।

बिज्ञापन

निजामती सेवा ऐनले सरुवा भएको २१ दिनभित्र रमाना लिन भन्छ । कानुनतः बरबुझारथका लागि २१ दिनको समय हुन्छ । त्यसैकारण सामान्यतयाः २१ दिनभित्रै रमाना लिइसक्नुपर्छ । यदि बरबुझारथ गर्न समय लाग्ने आयोजना वा परियोजना भएर त्यसका लागि म्याद थपेर बस्न मिल्छ ।

बिज्ञापन

तर सरुवामा परेका कर्मचारीहरु तीन महिनासम्म उक्त निकाय सरुवा हुन मान्दैनन् । सामान्यले त परिपत्रै गरेर रमाना नदिने हाकिमले नै सरुवा भएका कर्मचारीको तलब खर्च बेहोर्नुपर्दछ सम्म भन्यो तर जिद्धी र हठी स्वभावका कर्मचारीलाई त्यस्ता निर्देशन पानीको फोको बराबर ।

ramana

सामान्यले सरुवा भएर पनि रमाना नलिने कर्मचारीको खोजी गर्न थालेको दुई साता बढी बित्यो तर त्यहाँबाट तीन सय मिटर पर उद्योगमा रहेका कर्मचारीबारे सामान्य प्रशासन बेखबर छ । मन्त्रालय स्रोतका अनुसार उपसचिव शान्ता मरासिनी त्यहाँबाट सरुवा हुन मानेकी छैनन् उनी उद्योग विभागको ट्रेडमार्क शाखामा टिकिरहेकी छिन् ।

यस्का अलवा शाखा अधिकृतद्वय सुरेश ओझा र सुन्दर थापा समेत रमाना नलिइ त्यही रजगज गरिरहेका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

लोकसेवा प्रक्रियामाथि सीधा प्रहार, कारागार विभागका डीजी–निर्देशकको सोलुखुम्बु ‘दबाब दौड’

सरकारविरुद्ध मुद्दा हाल्ने डीएफओमाथि प्रशासनिक कारबाही, निर्देशनालयमा तानियो

सामान्यको सुशासन : शाखा अधिकृतलाई धमाधम नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत

४ उपसचिव,३८ शाखा अधिकृतको सरुवा, १८ लाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

किराना र कस्मेटिक पसल अनुगमनमै बित्यो डिजी ज्ञवालीको चार महिना

सशस्त्रका तीन एआईजीको सरुवा

नयाँ मापदण्डले पनि भत्किएन भिजिट भिसाको सेटिङ,त्रिवि अध्यागमनबाट हटाइए दुई अधिकृत

श्रमिक ठगी न्यूनीकरण र सूचनामा पहुँच बढाउन ‘हेल्प टु हेल्प डेस्क’

बिशेष