काफ्लेको रिट खारेज,वीरेन्द्रलाई प्रमुख प्रशासकीय अधिकृतमा हाजिर हुने बाटो खुल्यो

जितपुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरकारले खटाएको सहसचिव वीरेन्द्रदेव भारतीलाई हाजिर गराउने बाटो खुलेको छ । यस अघि जिम्मेवारी सम्हालेको ३ महिना नपुग्दै कानुन विपरीत मापदण्ड मिचेर सरुवा गरिएको भन्दै प्रमुख प्रशासकीय अधिकृत काफ्ले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयविरुद्ध सर्वाेच्चमा रिट दायर गर्न पुगेकी थिइन । रिटको सुनुवाइ गर्दै न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले उत्प्रेषणको आदेश दिएसँगै उनी सोही पालिकामा काम गर्दै आएकी थिइन । सरकारले काफ्लेलाई मन्त्रालयमा तानेर त्यहाँ सहसचिव वीरेन्द्रदेव भारतीलाई खटाएको थियो । यही रिट अदालतमा विराधिन हुँदा भारती त्यहाँ हाजिर गर्न जान सकेका थिएनन् ।

बिज्ञापन

उर्मिलाले दायर गरेको रिटको चार महिना पछि हिजो भएको सुनुवाईमा सर्वाेच्चका न्यायधीशद्धय हरिकृष्ण फुँयाल र बालकृष्ण ढकालको इजलाशले काफ्लेले नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका विरुद्ध दिएको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको हो  ।

बिज्ञापन

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यही श्रावण ३ गते काफ्लेको काज फिर्ता गर्दै चेतकुमार पोखरेललाई जितपुरसिमरामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा पठाएको थियो । उक्त निर्णयका विरुद्धमा काफ्लेले सर्वोच्च अदालतमा दिएको ०८१–डब्लु ओ–००१६ रिटको सुनवाई गर्दै सर्वोच्चका माननीय न्यायाधीश हरिप्रसाद फुयाल र बालकृष्ण ढकालको संयुक्त इजलासले खारेज गरिदिएको हो ।

बिज्ञापन

त्यसैगरी नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले रिक्त सहसचिवको दरबन्दीमा मन्त्रालयका सहसचिव वीरेन्द्र भारतीलाई भाद्र २७ गते पठाउने निर्णय गरेको थियो । सहसचिवको दरबन्दीमा कार्यरत उपसचिव उर्मिला काफ्लेले सो निर्णयको विरुद्धमा पनि सर्वोच्च अदालतको अवहेलना भएको भन्दै अर्को रिट दर्ता गराएकी थिइन । सो ०८१–एम एस–००११ रिटको सुनवाई गदै रिटमा मागदावी नपुगेको भन्दै सर्वोच्च अदालतले खारेज गरिदिएको हो ।

उर्मिलाद्धारा दायर भएका दुबै रिट सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयाल र बालकृष्ण ढकालको संयुक्त इजलासले खारेज गरेसँगै गत भदौं २७ को क्याविनेट निर्णयबाट सो पालिकाको प्रमुख प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाइएका वीरेन्द्रदेव भारतीलाई त्यहाँ हाजिर गर्ने बाटो खुलेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

काठमाडौंको सुरक्षा व्यवस्था कडा,सात हजार प्रहरी तैनाथ

काँग्रेसको बैठकमा देउवा नजाने,पूर्णबहादुरले चलाउने

सत्ताच्यूत भएपछि कालोसूचीमा परेका ओलीले गुण्डुबाट विशेष सम्बोधन गर्दै

मन्त्रिपरिषद्को बैठक बस्दै

३४ उपसचिवको सरुवा तथा पदस्थापन

परिणामप्रति आसक्तिविना : कर्म गर्ने संस्कृति

कामकाजका लागि मात्रै पठाएका डीजी पदस्थापन नहुँदै विभागमा ५८ कर्मचारीहरूको मनोमानी सरुवा

एमआरलाई अस्पताल प्रवेश निषेध

बिशेष