‘फ्रस्टेसन’ को कारण सचिवले दिएको राजीनामा स्वीकृत

प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले दिएको राजीनामा स्वीकृत भएको छ । उनले सोमबारदेखि लागू हुने गरी आइतबारमात्र राजीनामा दिएका थिए ।

बिज्ञापन

स्वास्थ्यको कारण देखाउँदै उनले जिम्मेवारी सम्हालेको पाँच महिनामै राजीनामा दिएकोमा राष्ट्रपति पौडेलले मंसिर १० देखि लागू हुनेगरी स्वीकृत गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जनाएकी छिन । “राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष संघीय संसद्को प्रतिनिधिसभा सचिव श्री सुरेश अधिकारीले संघीय संसद्का महासचिव, प्रतिनिधि सभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (क) बमोजिम प्रतिनिधि सभाको सचिव पदबाट मिति २०८१ मंसिर ९ गते दिनुभएको राजीनामा मिति २०८१/८/१० देखि लागु हुने गरी सम्माननीय राष्ट्रपतिज्यूले स्वीकृत गर्नुभएको छ,” राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

बिज्ञापन

गत वैशाखमा शिक्षा सचिवबाट अवकाश पाएका उनलाई असार महिनामा संसद सचिवालयमा ल्याएर प्रतिनिधि सभाको सचिव नियुक्त गरिएको थियो । गत असार १८ गते सभामुख देवराज घिमिरेको सिफारिसमा अधिकारी प्रतिनिधि सभाको सचिवमा नियुक्त भएका थिए । सभामुख विदेशमा भएको बेला उनले राजीनामा दिएका हुन् ।

बिज्ञापन

राजीनामाका कारण स्वास्थ्य समस्या देखाइए पनि ‘फ्रस्टेसनका कारण उनले राजीनामा दिएको संसद सचिवालय स्रोतले जनाएको छ । सचिव हुँदा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा कार्यकारी भूमिका निर्वाह गरेका अधिकारी संसदको सचिवको खुम्चिएको भूमिकामा बस्न नचाहेर राजीनामा दिनुभएको हो ।

नेपाल सरकारको सचिव हुँदा विभिन्न मन्त्रालयमा मन्त्रीलाई समेत हल्लाउने हैसियत बनाएका सचिवलाई कतिपय अवस्थामा केही माननीय र तिनका स्वकीय सचिवले आत्थु आत्थु पारेको र संसद अधिवेशन नभएको बेला कालो चिया खाँदै अनलाइनमा समाचार र टेबुलमा पत्रिका पढ्नेबाहेक केही काम नभएको गुनासो सचिव अधिकारीले गर्दै आएको उनकै युनिटमा कार्यरत कर्मचारीहरुको भनाई छ ।

संसद सचिवालय स्रोतका अनुसार दशैंअघि दशैं खर्च पनि नलिने भन्दै राजीनामा दिन लागेका थिए । तर, थामथुम पारेर केही पर धकेलिए पनि हिजो राजीनामा दिएका थिए सो राजीनामा हिजै स्वीकृत भइसकेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

निमित्त महानिर्देशकले लत्याए बालेन सरकारले निर्देशन

रक्तदानसहित मनाइयो नृत्य निर्देशक संघ नेपालको ११औँ स्थापना दिवस

अवकाशको १३ महिना अगावै,सञ्चारमा भित्रिएको साता दिनमै सचिव पोखरेलले किन दिए राजीनामा ?

स्मार्ट टेलिकम घोटाला : नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष,सीइओसहित ७ प्रतिवादी

प्रमुख प्रशासकीय अधिकृतसँग लिखित स्पष्टीकरण माग

यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

रोनाल्डोले दिए राजीनामा,भाग्य चम्कियो रेजिनाको

लेखा अधिकृत र इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्धा दायर

बिशेष