यस्ता छन् क्याविनेटका निर्णयहरु :- नियुक्ति,राजीनामा स्वीकृतदेखि समिति गठनसम्म

मन्त्रिपरिषद्को हिजो बसेको बैठकले विभिन्न नियुक्ति,राजीनामा स्वीकृत गरेको छ ।

बिज्ञापन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा झण्डै तीन घण्टा चलेको बैठकले पूर्वमुख्यसचिव डा वैकुण्ठ अर्यालले निजामती सेवाबाट दिएको राजीनामा मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ। आइतबार मात्र राष्ट्रिय योजना आयोगमा हाजिर भएका उनी राजीनामा दिएर फर्किएका थिए। सो राजीनामा हिजोको क्याविनेटले स्वीकृत गरेको हो ।
यस्तै,मन्त्रिपरिषद् बैठकले श्रीलंकाका लागि नेपाली राजदूतमा पूर्णबहादुर नेपालीलाई सिफारिस गर्ने निर्णय गरेको छ। परराष्ट्र मन्त्रालयको प्रस्तावमा कपिलवस्तुको बुद्धभूमि नगरपालिका २ का पूर्णबहादुर नेपालीलाई श्रीलंकाको राजदूतमा नियुक्तिका लागि सिफारिस गरेको हो ।

बिज्ञापन

यता, नेपाल प्रहरीका नायब महानिरीक्षकद्धय बुद्धिराज गुरुङ र केदार ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको छ।राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्तमा सुरेश आचार्य र आयुक्तहरूमा गगन विष्ट र दुर्गा भण्डारीलाई नियुक्त गरिएको छ।
यस्का अलवा हिजोको क्याविनेटले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखको नियुक्तिको सिफारिसका लागि गृह सचिव गोकर्णमणि दुवाडीको संयोजकत्वमा दीपक सुवेदी र डा रेश्मा श्रेष्ठ सदस्य रहेको समिति गठन गर्ने निर्णय गरेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

‘कर्मचारीलाई संसदमा बोलाएर राजनीतिक थुतुनेसँग भिडाउन मिल्दैन’ : पूर्वसचिव उपाध्याय

सांगीतिक श्रृंखला ‘आवाज’को तेस्रो संस्करण साउन २९ गते

अघि बढ्यो सचिव बढुवा प्रक्रिया : यी हुन बढुवाका लाइनमा रहेका बरिष्ठहरु

चार सहसचिवको आन्तरिक सरुवा,एडिबीको कार्यकारी निर्देशकमा धनीराम

संघीय निजामती विधेयकमा नयाँ ट्विस्ट : ‘३०–५५’ सँगै ‘३०–५१’, ३० वर्षभन्दा बढी सेवाको पेन्सन पनि सीमित गर्ने तयारी

३०- ५५ को प्रावधानमा अर्थ मन्त्रालयको सहमति

गृहको नयाँ ओएनएम : ९५ दरबन्दी थपेर ४ हजार ६ सय ११ कायम

अब २५ जिल्लामा उपसचिव,५२ जिल्लामा सहसचिव सिडियो

बिशेष