ट्रेड युनियनकर्मीले पाखुरा सुर्किएपछि बल्ल प्रतिवेदन सार्वजनिक

सूर्यबहादुर थापाले प्रतिवेदन सार्वजनिक गर्न हुन्छ,सरले हुँदैन ? सहसचिवको कार्यकक्षमा यसरी पाखुरा सुर्कदै थिए खरिदार र सुब्बा तहका कर्मचारी ।
अर्काे उही तहका कर्मचारी नेता पड्किए,‘अहिलेसम्म डिजीको मात्र सेटिङ भन्ने थियो तर यहाँ सचिवदेखि मन्त्री,मन्त्रालयकै मिलेमतो छ भन्ने पृष्टि भइसक्यो । होइन भने ४० दिन बितिसक्दा डिजीमाथि किन कारवाही हुन्न,मन्त्रालयले इनियसयन किन लिँदैन ?’

बिज्ञापन

भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका प्रशासन हेर्ने हाकिम सहसचिव मदन कोइरालाको कार्यकक्षमा हो यस्तो पाखुरा सुर्कासुर्की परेको हो । प्रसंग अस्ति शुक्रवार मध्यान्हको । भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक कृष्णप्रसाद सापकोटाले गत असोज १४ मा ४५ शाखा अधिकृत, दुई सय २६ नायब सुब्बा, एक सय चार खरिदार र ४४ कम्प्युटर अपरेटर सरुवा गरेका थिए । साउनमा ७२ कर्मचारी नियम विपरित सरुवा गर्दा ७ करोडको खेलोमेलो भएको गुनासो तथा उजुरी पछि मन्त्रिस्तरीय निर्णयबाटै कार्तिक २ मा एउटा समिति बन्यो । जहाँ प्रशासन महाशाखाका सहसचिव मदन कोइरालाको संयोजकत्वमा उपसचिव कृष्णप्रसाद भण्डारी र कानुन अधिकृत गोकुल भुजेल सदस्य छन् ।

बिज्ञापन

उक्त समितिले मन्त्री र सचिवलाई कार्तिक १४ मै प्रतिवेदन बुझाएका हुन तर दुई साता बितिसक्दा समेत प्रतिवेदन गुपचुप पारिएपछि मन्त्री,सचिव र सो समितिका सदस्यसँग ट्रेड युनियनवालाहरु आगो भएका हुन । उनीहरुले उक्त प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै सहसचिव कोइरालाको कार्यकक्ष घेर्न पुगेका थिए । सचिव खोज्दै गएका ती कर्मचारीहरु अर्जुन पोखरेललाई डेंगु संक्रमण भएको थाहा पाए पछि सहसचिव कोइरालाको कार्यकक्षमा झरे । त्यहाँ युनियनका वरिष्ठ उपाध्यक्ष उत्तम कटवाल,केन्द्रीय सदस्य प्रकाश खाती,कृष्ण पौडेल,सचिव कुल प्रसाद भट्टराईका अलवा एमाले निकट कर्मचारी संगठनका सचिव टिपी भण्डारीको टोली थियो । उनीहरुले कोइराला र उपसचिव कृष्ण भण्डारीलाई ¥याख¥याख पारेका हुन । सूर्यबहादुर थापाले प्रतिवेदन सार्वजनिक गर्न हुन्छ,सरले हुँदैन ? प्रतिवेदन सार्वजनिक गर्न सक्नुहुन्न भने तपाई के को संयोजक ? किन संयोजक बस्नुभएको ? यस्तो सेरोमोनियल र पानी मरुवा संयोजक पनि कतै हुन्छ ?’


उपाध्यक्ष उत्तम कटुवाल पड्किए ‘ विरालो कालो होस वा सेतो मतलब भएन । मुसा मार्नुप¥र्यो । हाम्रो धैयर्ताको बाँध नै टुटिसक्यो । पहिला राजनीतिक पार्टीलाई खराब देख्थें,फाइल घुमाइदिने तर काम नहुने रोगका कारण कर्मचारीप्रति समेत सर्वसाधरणमा नैराश्यता छाएको छ । तपाई सरकारी पोशाक लगाएर सार्वजनिक स्थलमा जानुहोस । चुल्ठेमुन्द्रेले भ्रष्टाचारी आयो भन्छ,यार । कर्मचारीको त्यति धेरै व्याड इम्प्रेसन गइसक्यो । ९ ठाउँमा फाइल घुम्छ काम हुँदैन ।’

बिज्ञापन

यसरी ट्रेड युनियनवालाहरुले अप्ठ्यारो पारेपछि सचिव अर्जुन पोखरेललाई डेंगु संक्रमण भएका कारण प्रतिवेदन सार्वजनिक गर्न ढिलाई भएको भन्दै सहसचिव मदन कोइराला पन्छिन खोजे ।

कर्मचारीले पाखुरा सुर्कन छोडेनन्,,‘कर्मचारीलाई वाउण्डरी लाग्ने मन्त्रालयलाई नलाग्ने हुन्छ ? सामान्य प्रशासन मन्त्रालयले रमाना नलिएका कर्मचारीलाई सात दिनभित्र रमाना दिन परिपत्र गरिसकेको छ । सामान्यले सात दिनको पेनाल्टी हाल्यो । हामी जहिल्यै आउने तपाईलाई नमस्कार गरेर फर्किनुपर्ने ! सामान्यले सचिवलाई डेंगु भयो भन्दा मान्छ ? हामी समस्या होइन निकासमा किन केन्द्रित हुन सक्दैनौं । श्रीमती खसेको,आर्टिफिसियल खुट्टा लगाएको मान्छेले न्याय पाउनुपर्दछ । काठका खुट्टा लगाएको,भक्तपुर घर भएको मान्छेलाई टोखा खटाइएको छ । जो सवारी साधन चलाउन समेत जान्दैनन अनि कृष्ण सापकोटाको आँखामा कुन देशको चस्मा लगाइदिनुपर्ने हो ।

मन्त्रालय स्रोतका अनुसार,उक्त प्रतिवेदन मन्त्री र सचिवलाई बुझाइएकै दिन सहसचिव कृष्ण सापकोटा प्रतिवेदनको प्रिन्ट लिन आएका थिए । कृष्ण सापकोटा लामो समय स्थानीय तहमा बसेका कर्मचारी हुन । उनको ठूलो लगानी घरजग्गा र हाउजिङ्गमा फसेको छ । डेढ करोड चेक बाउन्स नै हुँदा इटहरी तरहराको घर बेचेर सेटल गरेका उनी पैसा आउँछ भने पछि टुँडिखेल नै पास गरिदिने प्रवृत्तिका कर्मचारी हुन । भूमिको डिजी हुँदा कर्मचारी सरुवा गरेर घरजग्गामा फसेको रकम उठाएको चर्चा कर्मचारी वृत्तमा चल्ने गरेको छ । यही सरुवामा बदमासी गरेर उनी राष्ट्रिय योजना आयोगतिर सरुवा भइसकेका छन् । उनै डिजीमाथि कारवाही हुनुपर्ने कर्मचारीको माग छ । मन्त्री,सचिव भने उनलाई जोगाउन लागिपरेको र प्रतिवेदन सार्वजनिक नगरेको भन्दै झगडा गर्न पुगेका हुन ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

आइतबार र सोमबार बिदा दिने सरकारको निर्णय

राष्ट्रका लागि लड्ने क्याप्टेन, जीवनका लागि एक्लै योद्धा

दलिय कर्मचारी संगठनको दादागिरी : वरिष्ठ अधिकृत हटाइ युनियन सल्लाहकारलाई प्रमुख बनाउन दबाब

भिषण वर्षाको जोखिमबीच दुई दिन सार्वजनिक बिदा दिन कर्मचारीको सुझाव

भारी वर्षासँगै राजमार्ग अवरुद्ध हुने सम्भावना : सडक विभागको सतर्कता अपिल

नारायणगढ–मुग्लिन सडकखण्ड र मुग्लिन–नागढुंगा सडकखण्ड पहिरोले अवरुद्ध

बागमती र मधेशमा चट्याङसहित वर्षा, मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह

बडादसैँ : धर्मको रक्षा र जीवनलाई प्रेरणा

बिशेष