पूर्व मुख्य सचिव अर्यालले दिए राजीनामा,स्वीकृत हुन बाँकी

 

बिज्ञापन

पूर्व मुख्य सचिव बैकुण्ठ अर्यालले राजीनामा दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार उनले हिजो बेलुका राजीनामा बुझाएका हुन ।

बिज्ञापन

सुरक्षण मुद्रण केन्द्रबाट अन्तशुल्क स्टिकर छाप्न निजी कम्पनीलाई ठेक्का दिएको भ्रष्टाचार मुद्दामा विशेष अदालतका न्यायधीशहरु अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु खुशीप्रसाद थारु र रितेन्द्र थापाको इजलासले व्यक्ति र कम्पनी गरी १२ प्रतिवादी रहेको मुद्दामा पूर्व मुख्य सचिव अर्याललाई सफाइ दिएको थियो ।

चार महिना अघि अख्तियारले मुख्यसचिव अर्यालसहित १२ जनालाई प्रतिवादी बनाएर मुद्धा चलाएसँगै उनी निलम्बनमा परेका थिए । अख्तियारले ९असार, २०८१ मा मुख्यसचिव अर्यालसहित १२ जना विरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेसँगै मुद्धा चलेका सरकारी कर्मचारीहरु निलम्बनामा परेका थिए । सरकारले उनको दरबन्दी राष्ट्रिय योजना आयोगमा विशेष पद स्थापना गरी सरुवा गरेको थियो ।अर्यालको निलम्बनपछि असारदेखि लीलादेवी गड्तौला पहिले निमित्त र पछि कायममुकायम मुख्यसचिव बनिन् । भदौ १३ गतेदेखि सचिव एकनारायण अर्याल मुख्यसचिवमा नियुक्त भएका थिए ।

बिज्ञापन

अख्तियारले चलाएको उक्त मुद्धामा सुरक्षण मुद्रण केन्द्रका तत्कालिन कार्यकारी निर्देशक पौडेल र तत्कालिन निर्देशक श्रेष्ठमात्र दोषी ठहर भएका थिए ।
विशेषबाट सफाइ पाए लगतै अर्यालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट रमाना बुझेका थिए । त्यहाँबाट रमाना बुझेका अर्यालले हिजो राष्ट्रिय योजना आयोगमा हाजिर गरेर हिजै साँझ राजीनामा बुझाएका हुन ।

सरकारले योजना आयोगमा सिर्जित विशेष पदमा कायम गरेपछि झण्डै एक वर्ष पदावधि बाँकी रहेका अर्यालले हिजो राजीनामा दिएका हुन।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार उनको राजीनामा स्वीकृत भइसकेको छैन ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

मुख्य सचिवसहित पाँच सचिव सञ्चालक रहेको अस्पतालको यो हबिगत

निमित्त महानिर्देशकले लत्याए बालेन सरकारले निर्देशन

रक्तदानसहित मनाइयो नृत्य निर्देशक संघ नेपालको ११औँ स्थापना दिवस

अवकाशको १३ महिना अगावै,सञ्चारमा भित्रिएको साता दिनमै सचिव पोखरेलले किन दिए राजीनामा ?

स्मार्ट टेलिकम घोटाला : नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष,सीइओसहित ७ प्रतिवादी

प्रमुख प्रशासकीय अधिकृतसँग लिखित स्पष्टीकरण माग

यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

रोनाल्डोले दिए राजीनामा,भाग्य चम्कियो रेजिनाको

बिशेष