अध्यागमनमा सरुवाको खेतीपाती :-रिक्त ९ अधिकृतको दरबन्दीमा खटाइयो १९ कर्मचारी

रिक्त भएको ठाउँमा कर्मचारी खटाउन नसक्ने,सबैलाई एयरपोर्टमा थुपार्न खोज्दा अहिले अध्यागमन प्रशासनमा लफडा निस्किएको छ । गृहमन्त्री रमेश लेखकका सचिवालयमा पुगेका बद्री तिवारीको जोडबलमा पछिल्ला समय अध्यागमनका कर्मचारीहरु चलाउँदा लफडा भएको गृहका कर्मचारीहरुले बताएका छन् ।

बिज्ञापन

अहिले गृहका कर्मचारी प्रशासन महाशाखा हेरिरहेका छन्,छवि रिजालले । उनी पर्वते हुन । उनीझैं बद्री तिवारी पनि पर्वतकै उनै पर्वतेहरुको जोडबलमा अहिले त्रिवि अध्यागमनका कर्मचारी खटन पटन गरिँदा लफडा भएको बताइन्छ ।
तिवारी मन्त्रीको सचिवालयमा पुगेलगतै गृहले ३४ जना अधिकृतहरुलाई अध्यागमनमा खटाएको छ । त्यसरी अधिकृत खटाइँदा अधिकाश मन्त्रीका गृह जिल्ला र सूदुरपश्चिमका अफिसरहरुले छानेर अवसर पाएका छन् ।
अझैं रोचक त,त्रिवि अध्यागमनमा जम्मा ९ जना अधिकृतको मात्र दरबन्दी रिक्त छ जहाँ रिक्त दरबन्दी भन्दा दोब्बर बढी कर्मचारीहरु पठाइएको छ ।जबकी दरबन्दी रिक्त रहेको पोखरा,भैरहवा,रसुवा,सिन्धुपाल्चोकमा अफिसर नहुँदा कामकाज प्रभावित हुँदै आएको छ ।

बिज्ञापन

अध्यागमनको कर्मचारी परिचालन गर्दा कसैलाई माथै माथ हुने गरी एक पटक सरुवा भइसकेका अधिकृतहरुलाई घुमाइ फिराइ फेरि त्रिवि अध्यागमनमै खटाइएको छ । तर मन्त्री,सचिव,सचिवालयसँग नजिक नभएका र पहुँच नपुगेका कर्मचारीले कहिल्यै त्यहाँ जाने अवसर पाएका छैनन् ।
यसरी पटक पटक अवसर पाउने अधिकृतहरुमा कृष्ण न्यौपाने,लक्ष्मी भुसाल,रामचन्द्र शिवाकोटी लगायतका छन् ।  उनीहरु दोह्रर्याएर त केही तेह्राएर अध्यागमनमा पुगेका हुन । बाँकी रहेका १५ जना अधिकृतहरुलाई अहिले अध्यागन कार्यालयमै राखिएको छ । उनीहरुको जोडबल त्रिवि अध्यागमनमै केन्द्रित छ ।

जबकी भैरहवा,पोखरा,रसुवा,तातोपानी लगायतका कार्यालयहरुमा दरबन्दी अनुसारका कर्मचारी नभएर विजोग छ । गृह स्रोतका अनुसार भैरहवामा ६ अधिकृतको दरबन्दी रिक्त छ । त्यहाँ कर्मचारी खटाउन सकिएको छैन । यस्तै पोखरामा ९ अधिकृतको दरबन्दी रिक्त छ । त्यहाँ जाने कर्मचारी भेटिएको छैन ।

बिज्ञापन

गृह स्रोतका अनुसार,तातोपानी र रसुवागढीमा समेत अधिकृतको दरबन्दी रिक्त छ तर ती कार्यालयमा कर्मचारी खटाउन सकिएको छैन । यता त्रिवि अध्यागमनमा भने दरबन्दी भन्दा दोब्बर कर्मचारी पठाएर जात्रा देखाइएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भिजिट भिसा प्रकरण : विचौलिया पछि मतियारलाई पाँच लाख धरौटीमा छाड्न आदेश

मेडिकलको नाममा वैदेशिक रोजगारीमा संगठित बेथिति: ३६ स्वास्थ्य संस्था र मेनपावरको मिलेमतोमाथि कडा छानबिन

व्यक्तित्व विकासका लागि जीवन परिवर्तन गर्ने १० पुस्तकहरू

अख्तियारमै कार्यरत डीएसपीमाथि छानबिन

हाइकुहरू

अधिकृत खटाइँदा झापामा ‘सेटिङ’को आशंका, कर्मचारी असन्तुष्ट

बहालवाला उपसचिव नै काँग्रेस उमेद्धारको चुनाव प्रचार प्रसारमा

निजामती प्रशासनको चुनौतीपूर्ण भावीमार्ग  

बिशेष