विविध सेवाबाट बढुवा भएका कर्मचारीलाई अन्य सेवा समूहमा समायोजनको बाटो खुल्यो{आदेशको पूर्णपाठसहित}

सर्वोच्च अदालतले कम्प्युटर अपरेटरबाट बढुवा भएर विविध सेवा अन्तरगत कम्प्युटर अधिकृतका रुपमा कार्यरत कर्मचारीहरुलाई प्रशासनसहितका अन्य सेवा समूहतर्फ समायोजन र बढुवा हुन बाटो खोलिदिएको छ ।

बिज्ञापन

बृत्ति विकासमा असर परेको भन्दै कम्युटर अपरेटरबाट अधिकृतमा बढुवा भएका ८७ जना कर्मचारीहरुले नेपाल विविध सेवा अर्थात् प्राविधिक सेवाका कर्मचारीहरुले आफूहरुलाई अप्राविधिक सेवातर्फ समायोजन र बढुवा गर्नुपर्ने माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

बिज्ञापन

प्रशासनको उपसचिवमा बढुवा हुनुपर्ने आधार दाबी गर्दै ८७ कम्प्युटर अधिकृतले १८ चैत ०७५ मा सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए । पटक–पटकको सुनुवाइपछि १२ औँ पटकमा २ असोजमा न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले निवेदकको मागमा रिट जारी हुने ठहर गरेको छ । यसको पूर्णपाठ भने आइसकेको छैन ।

उक्त रिटमा सर्वाेच्च अदालतले सेवा प्रवेश गरेपश्चात वृत्ति विकासको अपेक्षा राख्नु कर्मचारीको अधिकारको विषय भन्दै सर्वोच्चले समायोजन र बढुवाको बाटो खोलिदिएको हो ।

बिज्ञापन

नेपाल विविध सेवा अर्थात् प्राविधिक सेवाका कर्मचारीहरुले २०७५ सालमा आफूहरुलाई अप्राविधिक सेवातर्फ समायोजन र बढुवा गर्नुपर्ने माग गर्दै सर्वोच्चमा रिट दिएका थिए । उक्त रिटको सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायधीशद्धय हरिप्रसाद फुँयाल र सुनिल कुमार पोखरेलको इजलाशले यस्तो फैसला गरेको थियो । सर्वोच्च अदालतबाट गत असोज २ गते विविध सेवा/समूहका कर्मचारीहरूलाई नेपाल प्रशासन सेवा (सामान्य प्रशासन, राजस्व र लेखा समूह) मा स्वतः बढुवा गरी समायोजन गर्न निर्देशनात्मक आदेश जारी भएको थियो । सो को पूर्ण पाठ हालैमात्र सार्वजनिक भएको हो ।

फैसलामा भनिएको छ,निवेदकहरुसँग सम्बन्धित पदसँगको विशिष्ट प्रकारको क्षमता र ज्ञान समेत नभएको अवस्थामा विद्यमान शैक्षिक योग्यता र तालिमको आधारमा अप्राविधिक पदमा समायोजनको माग राखेकोमा निजामती सेवा ऐन बमोजिम अप्राविधिक सेवा समूहतर्फ समायोजन गर्नुपर्ने देखिएको अदालतले फैसलामा उल्लेख गरेको छ । यस्ता कर्मचारीलाई पदीय जिम्मेवारी अनुसारको कार्य जिम्मेवारी नदिई राख्न कानुनअनुसार मिल्दैन ।

निजामती सेवा नियमावलीमा भएको व्यवस्था बमोजिम उनीहरु अप्राविधिक सेवा समूहतर्फ बढुवा हुन सक्ने देखिंदा निजामती सेवा ऐन बमोजिम समायोजन गर्दा अप्राविधिक सेवा समूहतर्फ समायोजन गर्नुपर्ने अदालतको फैसला छ ।

यससँगै कम्प्युटर अपरेटरबाट कम्प्युटर अधिकृत पदमा बढुवा भएका कर्मचारीहरुको समायोजन वृत्ति विकास सम्बन्धी विवादको टुंगो लागेको छ । अब त्यस्ता कर्मचारीहरुले प्रशासनसहित अन्य सेवातर्फबाट बढुवा वा समायोजन हुन पाउनेछन् ।

कम्प्युटर अपरेटर पूर्णपाठ

कम्प्युटर अपरेटर पूर्णपाठ

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भिजिट भिसा प्रकरण : विचौलिया पछि मतियारलाई पाँच लाख धरौटीमा छाड्न आदेश

मेडिकलको नाममा वैदेशिक रोजगारीमा संगठित बेथिति: ३६ स्वास्थ्य संस्था र मेनपावरको मिलेमतोमाथि कडा छानबिन

व्यक्तित्व विकासका लागि जीवन परिवर्तन गर्ने १० पुस्तकहरू

अख्तियारमै कार्यरत डीएसपीमाथि छानबिन

हाइकुहरू

अधिकृत खटाइँदा झापामा ‘सेटिङ’को आशंका, कर्मचारी असन्तुष्ट

बहालवाला उपसचिव नै काँग्रेस उमेद्धारको चुनाव प्रचार प्रसारमा

निजामती प्रशासनको चुनौतीपूर्ण भावीमार्ग  

बिशेष