अख्तियारको स्टिङ अप्रेसन :- २० हजार घुससहित कर्मचारी पक्राउ

अदालतका कर्मचारीहरुले सेवाग्राहीसँग घुस लिएको आरोपमा जिल्ला अदालत कपिलवस्तुका चार कर्मचारी पक्राउ परेका छन् । मुद्धा जिताइदिने भन्दै सेवाग्राहीसंग घुस लिँदै गरेका अबस्थामा कपिलवस्तु जिल्ला अदालतका तसहिल फाँटका तहसिलदार सन्तोष मिश्रा, कम्प्यूटर अपरेटर विकास पाण्डे, नासु पशुपति डुम्रे र वेगम भुसाल २० हजार घुस रकम लिँदै पक्राउ परेका हुन् । अख्तियारको टोलीले आज दिउँसो ३ बजे तौलिहवा गौढीचोकस्थित एक चिया पसलबाट उनीहरुलाई नियन्त्रणमा लिएको बताइएको छ ।

बिज्ञापन

प्रहरी स्रोतले दिएको जानकारीअनुसार अंशबण्डा मुद्धाका प्रतिवादीलाई घुस नदिएसम्म जग्गा बाडफाँड नगरिदिने र कामसमेत रोकिराख्ने भन्दै कर्मचारीहरुले १ महिनादेखि झुलाउँदै आएका थिए । सेवाग्राहीलाई बाध्य पारेर घुस दिन राजी बनाई उनीहरुले आज चिया पसलमा बोलाएका थिए ।विशेष सुराकीका आधारमा त्यहाँ पुगेको बुटवलस्थित अख्तियार कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई घेरा हाली खानतलासी गर्दा रकम फेला परेको बताइएको छ । पक्राउ परेका तहसिल फाँटका कर्मचारीलाई आवश्यक अनुसन्धान गरी मुद्धा दायर प्रक्रियामा लैजाने अख्तियारले जनाएको छ ।

बिज्ञापन

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

फाइल थन्क्याउने कर्मचारीमाथि कारबाही चेतावनी, सरकारले ल्यायो ‘शून्य बाँकी फाइल’ अभियान

स्पन्दन गजुरेलको गजल

स्थानीय सेवा ऐन संशोधनसहित पारित : दफा ९ र २७ प्रति कर्मचारीको आपत्ति

समृद्ध नेपालको प्रस्थानविन्दु : सुशासन, प्रशासनिक पुनर्संरचना र भ्रष्टाचार नियन्त्रणको मार्गचित्र

नायब सुब्बा घुससहित पक्राउ परे,कार्यालय प्रमुखलाई कसरी गर्ने कारवाही ?

निजामती कर्मचारीलाई वैदेशिक अध्ययनको अवसर

अध्ययन विदा दुरुपयोगमा मुछिएका ३९८ मध्ये १९ जनाले फिर्ता गरे ६ करोड

प्रशासन अधिकृत,कम्युटर अपरेटर र विचौलियाविरुद्ध भ्रष्टाचार मुद्धा

बिशेष