एमालेलाई जग्गा दान प्रकरण :-न्यायाधीशले हेर्न नमिल्ने भन्दै सारियो पेसी

भाटभटेनीले एमालेलाई जग्गादान गरेको विषयमा प्रश्न उठाइ दायर भएको रिट निवेदन सोमबार हेर्न नमिल्नेमा परेको छ ।
गत महिना भाटभटेनीका मालिक मीनबहादुर गुरुङ ले एमालेलाई जग्गादान गरेको विषयमा अधिवक्ता ज्ञानबहादुर बस्नेतले दायर गरेको रिटमा सुनुवाईका लागि आज दुई न्यायधीशको इजलाशमा पेसी तोकिए पनि हेर्न नमिल्नेमा परेको हो ।

बिज्ञापन

बस्नेतले दायर गरेको रिटमा यस अघि प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले १२ कात्तिकमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । सर्वोच्च अदालतले अन्तरिम आदेशले निरन्तरता पाउने वा नपाउने भन्ने तय गर्न सोमबारका लागि दुवै पक्षलाई सुनुवाइका लागि बोलाएको थियो ।

बिज्ञापन

आजका लागि उक्त रिट न्यायाधीशहरु डा नहकुल सुवेदी र नित्यानन्द पाण्डेयको इजलासमा परेको थियो । उक्त  पेसी हेर्न नमिल्नेमा राखिएको छ ।
एमालेले जग्गादान लिएको विवादमा सर्वोच्च अदालतमा सुनुवाइ हुनुअघि कालु गुरुङको कम्पनीको नाममा रहेको उक्त जग्गा कलकीले मालपोतबाट भाटभटेनी डिपार्टमेन्ट स्टोरका नाममा पास गरिएको छ ।

अब नयाँ पेसी अर्को मितिमा तोकिने छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

अख्तियारको राडारमा तीन पूर्व प्रधानमन्त्रीका स्वकीय

मुख्य सचिवसहित पाँच सचिव सञ्चालक रहेको अस्पतालको यो हबिगत

निमित्त महानिर्देशकले लत्याए बालेन सरकारले निर्देशन

रक्तदानसहित मनाइयो नृत्य निर्देशक संघ नेपालको ११औँ स्थापना दिवस

अवकाशको १३ महिना अगावै,सञ्चारमा भित्रिएको साता दिनमै सचिव पोखरेलले किन दिए राजीनामा ?

स्मार्ट टेलिकम घोटाला : नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष,सीइओसहित ७ प्रतिवादी

प्रमुख प्रशासकीय अधिकृतसँग लिखित स्पष्टीकरण माग

यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

बिशेष