क्याविनेटको निर्णयपछि कर्मचारी क्रुद्ध :-आन्दोलनमा उत्रने चेतावनी

नेपाल विद्युत् प्राधिकरणका कर्मचारीहरू कुलमान घिसिङको पक्षमा देखिएका छन् । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले विद्युत् महसुल नतिरेर काटिएका उद्योगमा लाइन जोड्ने निर्णय गरेको छ । बैठकले टाइम अफ डे अर्थात टीओडी मिटरका आधारमा १५ दिनभित्र बक्यौता उठाउने निर्णय समेत गरेको छ ।डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता भुक्तानी नभए पनि २४ घण्टाभित्र उद्योगमा लाइन जोड्ने मन्त्रिपरिषद्को निर्णयले नेपाल विद्युत् प्राधिकरण धराशायी हुने भन्दै कर्मचारीले विरोध गरेका छन् ।

बिज्ञापन

विद्युत प्राधिकरणका कर्मचारीहरूले महसुल उठाउने प्रचलित ऐन, नियम तथा विनियमावलीमा रहेका व्यवस्थाअनुरूप प्राधिकरणले काम गरेको भन्दै त्यस विपरीत जान नहुने भन्दै सरकारलाई सचेत गराएका छन् । नेपाल विद्युत् प्राधिकरणका दुई कर्मचारी संगठनहरु कर्मचारी कल्याण परिषद् र राष्ट्रिय कर्मचारी युनियनले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै जबरजस्ती लाइन जोडिए आम जनतालाई सुसूचित गर्दै सङ्घर्षका कार्यक्रम गर्ने जनाएका हुन् ।

बिज्ञापन

यी कर्मचारी कर्मचारी संगठनका अध्यक्षले संयुक्त रूपमा ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्कालाई पत्र लेख्दै बक्यौता महशुल नउठाइ लाइन जोडिए सर्वसाधारणलाई पनि सुसूचित गरी आन्दोलन गर्ने चेतावनी दिएका छन् । उनीहरुले सरकारको यो निर्णयले प्राधिकरण आगामी दिनमा थप धरासायी हुने पनि पत्रमा उल्लेख छ । यसले सानालाई ऐन र ठूलालाई चैन भन्ने उक्ति चरितार्थ हुनुका साथै प्राधिकरणको दैनिक कार्यसम्पादनमा समेत प्रतिकुल प्रभाव पर्ने पत्रमा उल्लेख छ ।

बिज्ञापन


यस अघि नै प्राधिकरणले बक्यौता नतिरेकोभन्दै प्राधिकरणले तिहारअघि ३४ वटा उद्योगको लाइन काटेको थियो । ३४ उद्योगको लाइन काट्दा प्राधिकरणले जसरी पनि असुल उपर गर्न सकिने भन्दै सरकारी उद्योगको लाइन भने काटेको थिएन । कुल ४९ उद्योगमध्ये ७ वटाले अदालतबाट स्टेअर्डर लिएका छन् । १२ उद्योगले यसबीचमा बक्यौताको पहिलो किस्ता तिरेका छन् । बक्यौताको पहिलो किस्ता तिरेका उद्योगमा भने लाइन जोडिएको छ । २ सरकारी उद्योगको लाइन काटिएको छैन् । बाँकी उद्योगको लाइन काटिएको छ । प्राधिकरणका अनुसार यी उद्योगबाट बक्यौता रकममात्र ६ अर्ब ६० करोड ७८ लाख रुपैयाँको उठ्न बाँकी छ । उद्योगीहरु उक्त पैसा तिर्न राजी भइरहेको अबस्थामा सरकारले सोमबार १२ बजेसम्म सबै लाइन जोडिदिन निर्देशन दिएसँगै कर्मचारीहरु क्रुद्ध भएका छन् ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

प्रथम उद्धारकर्ता प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न

समुदायस्तरीय विपद् प्रतिकार्य स्वयंसेवक समुह निर्माण तालिम सुरु

प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान

मन्त्रिको सल्लाहाकार नियुक्ति र राज्यकोषमा दोहन

निजामती नयाँ ऐन, कर्मचारीलाई छैन चैन : दुई सहसचिवले दिए राजीनामा, एक सातामै ४८ कर्मचारी बाहिरिए

नयाँ निजामती ऐनको मस्यौदाले कर्मचारीतन्त्रमा तरंग : छड्के प्रवेशदेखि सामूहिक अवकाशसम्मका प्रस्तावले बढायो बहस

निर्णय गर्दै पछि हट्दै बालेन सरकार

भेप तस्कर बढ्दै, कसले ल्यायो करोडौँको भेप ?

बिशेष