सामाजिक सद्भाव र असल कर्मका लागि अध्यात्म मार्ग

अध्यात्म एक दर्शन , चिन्तन विद्या हो, हाम्रो सांस्कृतिक परम्परागत विरासत हो, ऋषिहरू एवं मनीषिहरूको चिन्तनको निचोड हो, उपनिषद्हरूको दिव्य प्रसाद हो । आत्मा, परमात्मा, जीव, माया, जन्म–मृत्यु, पुनर्जन्म, सृजना–प्रलयको बारेमा आउने जिज्ञासालाई मेटाउने एउटा अद्भूत साधन अध्यात्म हो । आध्यात्मिक बौद्धिकता विवेकबाट प्रेरित हुन्छ । विवेक भनेको सरलता, धैर्यता र विनम्रता हो । त्यो सबै मान्छे आध्यात्मिक बौद्धिकताको लाभ लिन सक्छ, जसले आफनो मनमाथि नियन्त्रण राख्दछ । स्वास्थ्य जीवनका लागि अध्यात्मलाई बुझ्न जरुरी छ । आत्मा र शारीरिक स्वास्थ्य एकआपसमा सम्बन्धित छ । अध्यात्मको माध्यामबाट मानसिक वा शारीरिक स्वास्थ्यबीच राम्रो सम्बन्ध स्थापित गर्न सकिन्छ । यसले हाम्रो मनलाई शक्ति प्रदान गर्छ । भनिन्छ, जब मान्छे भावनात्मक रुपले स्वस्थ्य हुन्छ उनलाई जस्तोसुकै ठूलो रोगले पनि केही बिगार्न सक्दैन ।

बिज्ञापन

अध्यात्मको खास अर्थ आफुभित्रको चेतन तत्व अनुभूत गर्नु हो । यस चेतन तत्वको सोझो सम्बन्ध परमात्मासँग छ । आत्मालाई परमात्माको अंश मानिन्छ । आत्मा र परमात्माबीचको सम्बन्धको खोज, संसारको रचनामा त्यसमो भूमिका, मृत्युपछि वा जन्मअघिको यर्थाथ, जीवन–मरणको चक्रको बारेमा जान्नका लागि आत्ममन्थनको गर्नु नै आध्यात्मिक मार्ग हो ।म को हुँ ? यो प्रश्नको खोजीबाट अध्यात्ममा प्रवेश गर्न सकिन्छ । यही खोजले अध्यात्मको मार्गमा डोहो¥याउछ ।नैतिकता, पवित्र जीवनमूल्य, नकारात्मक कार्य र विचारबाट बच्नको लागि सामाजिक र राष्ट्रिय जीवनलाई आघात पु¥याउनुलाई पाप सम्झिनु, परोपकार, सत्य, न्याय, कर्तव्यनिष्ठा जस्ता शाश्वत मूल्य सदैव हाम्रो जीवनले प्रकाशित गर्ने गर्छ । यसमा कहिलै पनि विश्वास कम हुन दिनुहुँदैन । यही सच्चा अध्यात्म हो ।

बिज्ञापन

आज विज्ञान र प्रविधिको उच्चतम विकास गरी भौतिकवादी दृष्टिकोण अपनाइरहेका विकसित मुलुकहरूमा पनि जुन किसिमको हिंसा, कलह र अशान्ति मडारिंदै गइरहेको छ र यसबाट सामाजिक मूल्य मान्यताहरूमा समेत क्रमिक रूपमा ह्रास आइरहेको छ त्यो धर्म र आध्यात्म ज्ञानकै कमीको कारणले गर्दा हो । यसले विज्ञान प्रविधिले गरेको विकास र उपलब्धिलाई मानव हितमा यथोचित रूपले उपयोग गर्न नसकिएको यथार्थलाई नै उजागर गर्छ ।आध्यात्मिक ब्यक्तित्वहरू आफ्नो धर्म, आफ्नो समूह, आफ्नै जातपातबाट धेरै माथि ऊठेर प्राणी जगत संपूर्णलाई प्रेम र आदरभाव प्रकट गर्दछन् । हरेक धर्ममा आध्यात्मिक ब्यक्तिहरू त धेरै भेट्नुहुन्छ तर सबै धार्मिकहरू आध्यात्मिक हुंदैनन्। यस्तो निश्कर्ष कस्तो हुन्छ होला ‘सबै आध्यात्मिकहरू धार्मिक हुन्, सबै धार्मिकहरू आध्यात्मिक होईनन्। ।आध्यात्मिक चिन्तनले संपूर्ण मानवजगतलाई जोड्ने काम गर्दछ भने कट्टर धार्मिक बिचारले एक आपसमा मतभेद र मनभेद सिर्जना गर्छ । यो धर्म ठूलो, यो धर्म पुरानो, त्यो धर्म अनुशरण गर्नेहरूको संख्या ठूलो, त्यो धर्म अनुशरण गर्नेको संख्या कम आदि ईत्यादी । कहिलेकहिं त धर्म विवादमा यूद्ध समेत हुने गरेकोछ। आध्यात्मिक चिन्तनले यस्तो अपराध कर्म स्विकार गर्दैन ।आध्यात्मिक बाटोमा कुनै निश्चित नियम कानुनको बन्देज हुंदैन। तपाईंहाम्रो अन्तरआत्माले सत्य मानेको, चिन्तन गरेको सत्य नै आध्यात्मिक सत्य हो। कतिपय धार्मिक स्थानमा अर्को धर्मका अनुयायीहरूलाई प्रवेश दिईंदैन ( आध्यात्मिक चिन्तनमा कुनै तगारो, नियम कानुन हुँदैन ।धर्मले सत्य बताउँछ । यसो गर्नुहुन्छ र यसो गर्नु हुककदैन। आध्यात्मले अन्वेशण गर्दछ कि यी संपूर्ण भनाईहरूनै अन्तिम सत्य हुन् त रु अर्थात प्राणी र पृथ्वीको कसरि ऊत्पति भयो भन्ने कुरा हरेक धर्मले अलग अलग ब्याख्या गरेपनि आध्यात्मिक चिन्तनले एऊटा सत्यको नजिक पुग्ने प्रयाश गर्छ ।

अध्यात्मले मनुष्यको व्यवहार एवं आचरणलाई सुधार गर्छ र उसको गलत संस्कारहरूमा परिवर्तन ल्याइ उसलाई असल मानवीयताको बोध गराउँछ । आध्यात्मिकताकै कुरा गर्दा योग र ध्यानको प्रसंग पनि जोडिएर आउने गर्छ । योग र ध्यानले मनुष्यको विचारलाई श्रेष्ठ र व्यवस्थित तुल्याउँछ । साथै यसले हाम्रो मनको एकाग्र शक्ति बढाउँछ । जसले गर्दा ईष्र्या, द्वेष, घृणा, क्रोध अथवा प्रतिशोधको भावनाले हाम्रोे मनमा जरा गाड्न पाउँदैन । वास्तवमा मनुष्य जीवनमा आइपर्ने सबै किसिमका व्यावहारिक समस्याहरूको समाधान मानिसको मनोभावनामा आधारभूत परिवर्तनबाट नै हुन सक्तछ र मनोभावनामा आधारभूत परिवर्तन ल्याउनु नै आध्यात्मिक ज्ञानको मुख्य उद्देश्य हो । किनकि आध्यात्मिक ज्ञानमा नै मानिसको विचार, भावना अनि मनोकाङ्कक्षालाई सही दिशा दिने शक्ति अथवा क्षमता अन्तरनिहीत हुन्छ ।अहिले त जे कुरा हाम्रो अघि छ, तर्क र वैज्ञनिक प्रयोगसँग प्रमाणित गर्न योग्य छ । त्यही कुरा विश्वसनीय कुरा हुन् । अज्ञात, अबुझ, अपरिभाषित, कल्पनाजन्य, अप्रकट वा असिद्ध तत्व मान्य छ तर वैज्ञानिक विचारधारासँग मेल खानेवाला भएका कारण यो अस्वीकार्य भएको छ । फेरि पनि यदि उनीहरू आफ्नो भावना, धारणा, आस्था, मान्यताहरु व्यक्तिगत अनुभवको अनुकूल लाग्छ र हरेक व्यक्ति आफ्नो विश्वास बनाइ राख्नको लागि स्वतन्त्र छ ।यो पनि सही कुरा हो कि नैतिकता, पवित्र जीवनमूल्य, नकारात्मक कार्य र विचारबाट बच्नको लागि सामाजिक र राष्ट्रिय जीवनलाई आघात पु¥याउनुलाई पाप सम्झिनु, परोपकार, सत्य, न्याय, कर्तव्यनिष्ठा जस्ता शाश्वत मूल्य सदैव हाम्रो जीवनले प्रकाशित गर्ने गर्छ । यसमा कहिलै पनि विश्वास कम हुन दिनुहुँदैन । यही सच्चा अध्यात्म हो ।

बिज्ञापन

अशल कर्म र सजायको ब्याख्याले पनि धार्मिक र आध्यात्मिक चिन्तनलाई निर्धारण गर्छ । यस्तो यस्तो कर्म गर्यो भने सजाय मिल्छ भनेर धर्ममा ऊल्लेख गरिएको हुन्छ । आध्यात्मिक चिन्तनमा अशल कर्मप्रति आकर्षणको ब्याख्या गरिएको हुन्छ। सदैव अशल कर्म गर्यो भने नर्कको डर मान्नु नै पर्दैन । धर्म त एऊटा कानुन जस्तो मात्र प्रतित हुन्छ धारण गरिएन भने ठूलो सजाय मिल्छ। आध्यात्म त शालीन र आदर्श जीवनशैलीको महत्वपूर्ण अंग हो ।आधुनिक भौतिक विज्ञानको विकासका साथ प्रयोगधर्मी अनुसन्धानहरू, तार्किक चिन्तन, गणितीय शोध, खगोल सम्बन्धी विभिन्न खोजहरू, पृथ्वीको आकार, गति तथा उसको सूर्य एवं समुच्य ग्रह मण्डलमा स्थितिको सही–सही आकलन गर्नु नै पुराना विश्वासहरु एवं मान्यता स्थापनाको आधार हो ।प्रकृति , ईश्वर , र मानव जीवनको खोजलाई सुल्झाउने र यसलाई एकै सुतिमा बाध्न सुझाउने तत्व नै अध्यात्म ज्ञान हो अध्यात्म मार्गबाट मानव जीवनलाई प्रयोग गरी यसमा रहेको चेतनालाई परम चेतनामा समाहित गराउन सकिन्छ ।जीवनमा ईष्र्या, द्वेष, घृणा, क्रोध , प्रतिशोध व्यवस्थापन गर्दै सामाजिक सद्भाव र सहअस्तित्वका लागि अध्यात्म मार्ग अवलम्वन गर्नु अपरिहार्य रहेको छ ।

(उप्रेती कोष तथा लेखा नियन्त्रक कार्यालय मोरङका प्रमुख कोष नियन्त्रक हुन् ।)

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

प्रशासनिक सुधार कि संरचनात्मक पुनर्संरचना?

राहदानी छपाइमा अनियमितता : महानिर्देशक अर्यालसहित सातजनाको अदालतमा बयान सुरु

५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम

विष्णु पौडेललाई २० दिन थुनामा राख्न अदालतसमक्ष अनुमति मागियाे

खण्डन तथा क्षमायाचना

प्रथम उद्धारकर्ता प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न

समुदायस्तरीय विपद् प्रतिकार्य स्वयंसेवक समुह निर्माण तालिम सुरु

प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान

बिशेष