अब सिमकार्ड लिन र बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य

राहदानी बनाउनदेखि सामाजिक सुरक्षा भत्ता लिनका लागि समेत अनिवार्य गरिएको नेशनल आइटी अर्थात राष्ट्रिय परिचयपत्र अब मोवाइलको सीम लिनदेखि बैंक खाता खोल्न समेत अनिवार्य गर्न लागिएको छ । सरकारले अबको तीन महिना पछि अर्थात आगामी माघ १ गतेदेखि अनिवार्य गर्न लागेको हो ।  गत असार १० गते नै राजपत्रमा प्रकाशन गरेर सरकारले यस्तो व्यवस्था गरेको थियो । यस्तो व्यवस्था आगामी १ माघदेखि अनिवार्य गर्न लागिएको हो । गर्न लागिएको हो ।

बिज्ञापन

नेपाल सरकारले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ को दफा ३ र १० को प्रयोजनका लागि राष्ट्रिय परिचयपत्रको प्रयोग सम्बन्धमा उक्त निर्णय गरेको बताइएको छ । सरकारको स्वामित्वमा रहेका संस्था तथा निजी क्षेत्रबाट प्रवाह गरिने सार्वजनिक सेवा सुविधा प्रदान गर्न वा माग गर्न पेस गर्नुपर्ने नेपाली नागरिकता प्रमाणपत्रको सट्टामा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचय नम्बर पेस गरी त्यस्तो सेवा सुविधा प्राप्त गर्न सक्ने बताइएको छ । यस अन्तर्गत बैङ्किङ तथा वित्तीय सेवा लिन, टेलिफोन तथा सिमकार्ड लिन, सामाजिक सुरक्षा कोषको सेवा लिन र घर जग्गा किनबेच सम्बन्धी सेवा लिन अनिवार्य रूपमा राष्ट्रिय परिचय पत्र लिएको हुनुपर्नेछ ।

बिज्ञापन

गत १० असारमा यससम्बन्धी सूचना राजपत्रमा प्रकाशित भइसकेको छ । त्यसैलाई कार्यान्वयन गरी सरकारी सेवा प्रवाहलाई सहज, व्यवस्थित र त्रुटिरहित बनाउन राष्ट्रिय परिचयपत्रको उपयोगिता बढाउन खोजिएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थामा खाता खोल्न, घरजग्गा किनबेच गर्न र सिमकार्ड लिन माघदेखि परिचयपत्र नम्बर अनिवार्य हुन्छ । यसका लागि नेपाल राष्ट्र बैंकले समेत बैंकहरूलाई परिपत्र गरिसकेको छ । यो प्रणाली लागू भएपछि ग्राहकले बैंकमा खाता खोल्दा केवाइसी फाराम भरिरहनुपर्नेछैन । राष्ट्रिय परिचयपत्रको प्रणालीबाट औँठाछापसहितको विवरण बैंकहरूले प्रयोग गर्न पाउनेछन् । यसबाट एकजनाको नाममा अरूले खाता खोल्ने, नक्कली कागजपत्रका आधारमा खाता खोल्ने प्रवृत्ति रोकिने विभागका अधिकारीहरुको विश्वास छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

अब २५ जिल्लामा उपसचिव,५२ जिल्लामा सहसचिव सिडियो

संखुवासभा र बैतडीमा नयाँ सिडियो

अख्तियारको राडारमा तीन पूर्व प्रधानमन्त्रीका स्वकीय

मुख्य सचिवसहित पाँच सचिव सञ्चालक रहेको अस्पतालको यो हबिगत

निमित्त महानिर्देशकले लत्याए बालेन सरकारले निर्देशन

रक्तदानसहित मनाइयो नृत्य निर्देशक संघ नेपालको ११औँ स्थापना दिवस

अवकाशको १३ महिना अगावै,सञ्चारमा भित्रिएको साता दिनमै सचिव पोखरेलले किन दिए राजीनामा ?

स्मार्ट टेलिकम घोटाला : नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष,सीइओसहित ७ प्रतिवादी

बिशेष