सर्वाेच्च र उच्चमा १६ श्रीमान नियुक्तिको सुरसार

न्यायालय प्रमुखमा प्रकाशमानसिंह राउतको आगमनसँगै न्यायपरिषद्ले सर्वोच्च अदालतभन्दा अगावै उच्चमा न्यायाधीश नियुक्तिका लागि अन्तिम तयारी गरेको छ । हाल सर्वाेच्च अदालतमा १५ न्यायाधीश बहालरत छन । संविधानमा प्रधान न्यायाधीश बाहेक सर्वोच्च अदालतमा २० जना स्थायी न्यायाधीश हुने भनिएको छ । ६ न्यायधीश पद रिक्त छ । अहिले अदालतमा २६ हजारभन्दा धेरै मुद्दा छन् । त्यहाँ दरबन्दी अनुसार न्यायाधीश नहुँदा न्याय सम्पादनमा ढिलासुस्ती हुँदै आएको छ ।

बिज्ञापन

यसअघि सिफारिस भएकाहरूको सुनुवाइमा ढिलाइ हुने र समयमै नयाँ न्यायाधीश सिफारिस नहुँदा न्यायाधीशको संख्या १५ मा सीमित भएको हो । न्याय परिषदले असोज ११ गते उच्च अदालतका दुई मुख्य न्यायाधीश नृपध्वज निरौला र नित्यानन्द पाण्डेको नाम सर्वोच्चको स्थायी न्यायाधीशमा सिफारिस गरेको थियो । न्यायपरिषद बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश निरौला र तुलसीपुरका मुख्य न्यायाधीश पाण्डेलाई सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरेको हो । एक महिनाभन्दा पनि लामो समय भइसक्दा पनि उनीहरूको सुनुवाइ हुन सकेको छैन ।

बिज्ञापन

सिफारिस भएका दुई जनाको सुनुवाइ बाँकी रहेको र थप चार जनाको पनि नाम सिफारिस गर्नुपर्ने छ । सर्वोच्च अदालतको स्थायी न्यायाधीशका लागि सिफारिस भएका दुई न्यायाधीशको सुनुवाइ आगामी शुक्रबार (कात्तिक २३) गते हुदैंछ ।
संसदीय सुनुवाइ समितिबाट शुक्रबार उनीहरूको नाम अनुमोदन भएमा उनीहरू आइतबार नियुक्त हुँदै शपथ लिने छन् । उनीहरूले शपथ लिएपछि सर्वोच्चमा अझै ४ न्यायाधीश पद रिक्त रहनेछ ।

उच्चमा १६ जनाको नियुक्ति भ्याएर मात्र सर्वोच्चमा चार जनाको गृहकार्य थाल्ने तयारी छ । यसपल्ट न्याय सेवाका राजपत्रांकित प्रथम श्रेणीका कर्मचारीबाट बढीमा तीन जनालाई अवसर दिने तयारी छ । सहरजिष्ट्रारमध्येबाट मानबहादुर कार्की, खडक अधिकारी, जितेन्द्रबाबु थपलिया, अच्युत कुइँकेल, गजेन्द्रबहादुर सिंह, ठगीन्द्र कट्टेल र बाबुराम दाहालको नाम लिष्टिङ गरिएको छ । यस्तै, सरकारी वकिल र कानुन अधिकृतमध्येबाट दुई जनालाई अवसर दिइने भएको छ । सहन्यायाधिवक्ताहरू सूर्यराज दाहाल, उद्धवप्रसाद पुडासैनी र शंकर खत्रीको नाम टिपाए पनि एक जनालाई मात्र न्यायाधीशमा ल्याइनेछ ।

बिज्ञापन

कानुनका सहसचिवमध्येबाट विभिन्न नाममा विकल्प हेरिएको छ । बार एशोसिएसनको कोटामा कानुन व्यवसायीबाट तीन जनालाई उच्चको न्यायाधीश बनाउने तयारी छ । यसरी कर्मचारीबाट तीन जना, कानुन व्यवसायीबाट तीन जना, जिल्ला न्यायाधीशमध्येबाट दश जनालाई तान्ने तयारी गरिएको छ ।

जिल्लाबाट महेन्द्रबहादुर कार्की, गोपालप्रसाद बाँस्तोला, गिरिराज गौतम, युवराज गौतम, तेजनारायण पौडेल, प्रकाश ढुंगाना, भुवनसिंह थापा, लीलाराज अधिकारी, दीपककुमार खरेल, शिवबहादुर रानाभाट, कमलप्रसाद पोखरेल, दलबहादुर केसी, वासुदेव न्यौपाने र प्रकाशचन्द्र अधिकारीको नाम लिष्टिङ गरिएको छ । यीमध्ये दश जनाको टुंगो लगाइनेछ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अध्यक्षको प्रतिष्प्रर्धाबाट परितोष र हरिकुमार आउट

सभापति खतिवडा महिना दिनसम्म समिति बैठकमा नजाने, सरकारी गाडी पनि नचढ्ने

निजामती विधेयकमा भएको जालसाजी छानबिन गर्न सात सदस्यीय समिति, नेतृत्व काँग्रेसलाई

प्रतिनिधिसभा बैठक बस्दैँ, खतिवडामाथी छानबिन गर्न समिति बन्न सक्ने

जलवायु वित्त र दिगो विकास

कर्मचारी नियुक्तिदेखि सरुवामा मोलमोलाइ : विवादै विवादमा मन्त्री गुप्ताको बर्ष दिन

‘कुलिङ पिरियड’मा छलछाम : आज घोषणा हुँदैछ विशेष छानविन समिति

‘कोड वर्ड’ प्रयोग गरेर पुन मानव तस्करी , सेटिङ शुल्क २० हजारले बढ्यो

बिशेष