नेकपा एमालेले १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका उम्मेदवार टुंग्याएको छ । बैठकले कीर्तिपुर नगरपालिकाको मेयरसहित उपनिर्वाचन हुने वडाध्यक्षका उम्मेदवारहरु निर्विरोध टुंग्याएको हो ।
बिज्ञापन
नगर कमिटीकै निर्णयलाई सदर गर्दै बैठकले कीर्तिपुर नगरपालिकाको मेयर पदमा केन्द्रीय सदस्य डा सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
बिज्ञापन
कीर्तिपुरका मेयर राजकुमार नकर्मीको क्यान्सरका कारण २०८१ साउन ११ गते निधन भएकाले सो स्थान रिक्त हुन पुगेको थियो । क्यान्सरकै कारण कीर्तिपुर १ का वडाध्यक्ष हीरालाल महर्जनको २०८० फागुनमा तथा मोटरसाइकल दुर्घटनामा परी वडा नं ४ का वडाध्यक्ष श्यामकुमार अधिकारीको २०८० वैशाखमा निधन भएकाले त्यहाँ पनि उपचुनाव हुँदै छ।
मेयरका रुपमा तलैसम्म भिजेका नेताका रुपमा परिचित सुरेन्द्र मानन्धरलाई अगाडि सारेको छ एमालेले । छैमलेदेखि नाङ्लेभारे,तारकेश्वरदेखि नागढुंगासम्म चाहारेर एमालेको संगठन बिस्तारका काम गरेका मानन्धर कुशल संगठकका रुपमा एमालेमा परिचित छन् । उनी चाकडी होइन,आलोचनामा विश्वास गर्ने थोरै नेतामध्यका एक हुन ।
बिज्ञापन
नेतृत्वका गलत प्रविधिको खुलेरै आलोचना गर्ने सुरेन्द्र ०४३ सालमा पद्मरत्न तुलाधरको चुनावी अभियानसँगै राजनीतिमा होमिएका कीर्तिपुरका रैथाने हुन । ०५७ का बीएलका नेपाल टपर उनले संवैद्यानिक कानुनमा पीचडी उपाधि हासिल गरेका छन् । कानुन व्यवसाय, प्राध्यापन पेशा र राजनीति एकै साथ अघि बढाइरहेका सुरेन्द्र ०७० सालमा संविधानसभाका उम्मेद्धार थिए कीर्तिपुरबाट । उनी मैदानमा उत्रदा प्रचण्ड तेस्रो हुँदा सुरेन्द्र दोस्रो भएका ।
कांग्रेसका राजन केसीले चुनाव जितेको ठाउँ हो त्यो । कुनै समय एमालेको लालकिल्ला मानिएको यो ठाउँ अहिले काँग्रेसकै पोल्टामा परेको छ । त्यहाँ े नेकपा माओवादी केन्द्रले प्राध्यापक डाक्टर शिवशरण महर्जनलाई अगाडि सारेको छ । काँग्रेसले उमेद्धार टुंग्याइसकेको छैन ।
एमालेले कीर्तिपुर–१ को वडाध्यक्षमा हर्ष महर्जन र ४ को वडाध्यक्षमा बद्री बुढाथोकीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यस्तै १६ को वडाध्यक्षमा लक्ष्मीरत्न तुलाधरलाई सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको छ ।