प्रधानमन्त्री कार्यालयबाट पूर्व मुख्यसचिव अर्यालले बुझे रमाना,योजना आयोगमा हाजिर

भ्रष्टाचार मुद्दाका कारण निलम्बनमा परेका तत्कालीन मुख्य सचिव वैकुण्ठ अर्याल राष्ट्रिय योजना आयोगमा हाजिर हुने भएका छन् ।
चार महिना अघि गत असार ९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अन्तःशुल्क स्टिकर छपाइ प्रकरणमा ३८ करोड रुपैयाँ घोटाला भएको निष्कर्षसहित विशेष अदालतमा मुद्दा दायर गरेपछि मुख्यसचिवको पदबाट स्वतः निलम्बनमा परेका थिए ।

बिज्ञापन

यस लगतै सरकारल आयोगमा उनका लागि ‘विशेष अधिकृत’को दरबन्दी सिर्जना गरेको थियो ।

बिज्ञापन

यो मुद्धामा विशेष अदालतले गत कात्तिक १४ गते अन्तःशुल्क स्टिकर घोटाला प्रकरणका ११ जना अभियुक्तमध्ये सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल र निर्देशक सफल श्रेष्ठ गरी दुई जनालाई मात्र दोषी ठहर गरी बाँकी सबैलाई सफाइ दिएसँगै उनले क्लिन चिट पाएका हुन । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय खुसीप्रसाद थारु र रितेन्द्र थापाको इजलासले पूर्व मुख्यसचिव अर्याललाई यो प्रकरणमा सफाई दिएको थियो ।

यो सँगै अवको मुख्यसचिव बैकुण्ठ अर्याल वा एकनारायण अर्याल भनने प्रश्न प्रशासनिक वृत्तमा उठ्दै आएको थियो । तर विशेष अदालतबाट क्लिन चिट पाएका अर्यालले अब राष्ट्रिय योजना आयोगमा हाजिर गर्ने भएका छन् ।

बिज्ञापन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार,उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट रमाना बुझिसकेका छन् । उनी अब राष्ट्रिय योजना आयोगमा हाजिर हुनेछन् । अर्याललाई यस अघि नै भ्रष्टचार मुद्धा लागेर ६ महिना निलम्बन पछि विशेषबाट सफाई पाएका मधुकुमार मरासिनीले स्वागत  गर्नेछन् । राष्ट्रिय योजना आयोगका अनुसार अर्याल आजै योजना आयोगमा हाजिर हुनेछन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

अब २५ जिल्लामा उपसचिव,५२ जिल्लामा सहसचिव सिडियो

संखुवासभा र बैतडीमा नयाँ सिडियो

अख्तियारको राडारमा तीन पूर्व प्रधानमन्त्रीका स्वकीय

मुख्य सचिवसहित पाँच सचिव सञ्चालक रहेको अस्पतालको यो हबिगत

निमित्त महानिर्देशकले लत्याए बालेन सरकारले निर्देशन

रक्तदानसहित मनाइयो नृत्य निर्देशक संघ नेपालको ११औँ स्थापना दिवस

अवकाशको १३ महिना अगावै,सञ्चारमा भित्रिएको साता दिनमै सचिव पोखरेलले किन दिए राजीनामा ?

स्मार्ट टेलिकम घोटाला : नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष,सीइओसहित ७ प्रतिवादी

बिशेष