भक्तपुर मातपोतमा नासुको रजाइँ, भतिजले रोके काकाको रमाना

भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका नासु यदुनाथ अचार्य त्यहाँबाट सरुवा भएको महिना दिन व्यतित भइसकेको छ । तर उनी सरुवा भएको ठाउँमा जान अटेर गरिरहेका छन् । भूमि व्यवस्था तथा अभिलेख व्यवस्थापन विभागले अचार्यको सरुवा गरेर डिल्लीबजारमा खटाएको भए पनि उनी भक्तपुर छाड्न मानिरहेका छैनन् ।

बिज्ञापन

कर्मचारी संकेत नम्बर १७०६६३ रहेका अचार्यलाई विभागले त्यहाँबाट सरुवा भएको पत्र गत भदौं १५ मै थमाएको भए पनि उनी रमाना नलिइ सोही कार्यालयमा बसिरहेका छन् । यदु पछिल्ला तीन बर्षदेखि यही कार्यालयमा कार्यरत छन् । उनी त्यहाँको मुद्धा (क) शाखामा कार्यारत रहेका उनी सरुवा भएको कार्यालयमा नजान र सरुवा उल्टाउन शक्तिकेन्द्र प्रयोग गरिरहे्का छन् । यस अघि यदु चाबहिल मालपोतमा कार्यरत थिए । त्यहाँबाट उनी भक्तपुर पुगेका हुन । बीचमा उनको सरुवा राष्ट्रिय सर्तकता केन्दमा खटाइएको भए पनि दरबन्दी सर्तकता केन्द्रमै राखेर भक्तपुरस्थित उक्त कार्यालय छाडेनन् । उनले पटक पटक भइसकेको सरुवा समेत उल्टाएर सोही कार्यालयमा मात्र किन बसिरहेका होलान ? साधरणतया कर्मचारीहरु दुई बर्षमा एउटा कार्यालयबाट सरुवा भएर अर्को कार्यालयमा जानुपर्ने हो । तर भएको सरुवा उल्टाउदै आएका उनी लामो समयदेखि एउटै शाखामा बस्दै आएका छन् । अहिले पनि सरुवा उल्टाउन दैडधुप गर्दै शक्ति केन्द्र प्रयोग गराइरहेकाछन् । यदुकै शाखाले छालिङ, दधिकोट, बालकोट, ताधली, बागेश्वरी, नगरकोट, चाँगु , सिपाडोल लगायतको क्षेत्र हेर्दै आएको छ । यी क्षेत्रमै कानुन विपरितका कामहरु भइरहेको भेटिन्छ । के छ त्यस्तो भक्तपुर मालपोतमा ? र भइसकेको सरुवा समेत अटेर गरी उनी त्यही कार्यालयमा बसिरहन चाहन्छन् ? उक्त कार्यालयका हाकिम छन्, कुमार आचार्य,नाताले उनी यदुका भतिज हुन ।

बिज्ञापन

कुमार तिनै कर्मचारी हुन,यस अघि भैरहवा मालपोतको कार्यालय प्रमुख हुँदा भैरहवा विमानस्थलको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको प्रकरण अदालत हुँदै अख्तियारसम्म पुगेको थियो । विमानस्थलको धावनमार्ग र पर्खाल भित्रको जग्गा सिद्धार्थनगर नगरपालिका–५ का पर्वतराज कान्त मिश्रको नाममा दर्ता भएको तथ्य बाहिरिएको थियो। भूमाफियाहरूले हदबन्दी भन्दै सिद्धार्थनगर–१० स्थित काली मन्दिर भएको जग्गा मिश्रको नाममा दर्ता गराएका प्रकरण पछि अदालत हुँदै अख्तियारसम्म पुगेको थियो । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रनवेसहित विभिन्न स्थानमा रहेको ४ बिघा १६ कठा ७ धुर जग्गा व्यक्तिको नाममा दर्ता भएको तथ्य उजागर भएको थियो । यसरी भूमाफियाको मिलेमतोमा सरकारी जग्गा नै व्यक्तिको नाममा गराउन योजना अनुसार नै त्यहाँ अहिले कुमारलाई लगिएको बताइन्छ ।
अहिले त्यहाँका काका र भतिजा मिलेर चाहिने नचाहिने काम गर्न थालेका एक कर्मचारीले बताउँछन् । सूर्यबिनायक नगरपालिका वडा नम्बर १५ मा पर्ने हनुमन्ते खोलाको बगरमा विचौलियाका आँखा पर्दै आएको छ । उक्त बगर नै व्यक्तिको नाममा दर्ता गराउन एउटा समूह लागिपरेको छ । भण्डारी थरका एउटा विचौलियाले अहिले आचार्यका काका भतिजलाई प्रयोग गरेर काम फत्ये गराउन खोजिरहेका छन् । यद्यपि यदु यो बिषय स्वीकार गर्दैनन् । उनले आफ्नै पहलमा हनुमन्ते खोला बगरको जग्गा बचाइएको र त्यसका लागि आफ्नै सक्रियतामा एउटा प्रतिवेदन बनाएर अख्तियार र मन्त्रालयमा बुझाइएको जिकिर गर्दछन् ।

अहिले तिनै काकालाई रमाना नदिइ भतिजले रोकेर राखिरहेका छन् । निजामती सेवा ऐनले खटाएको ठाउँमा जान रमाना नलिने र नदिने र त्यसको कानुनबमोजिमको कारबाही नगर्ने कार्यालय प्रमुख र सम्बन्धित कर्मचारीलाई निजामती सेवा ऐन, २०४९ को दफा ६० (क) विभागीय सजायको व्यवस्था रहेको छ । उक्त व्यवस्थाअनुसार यस्तो कार्य गर्ने कर्मचारीलाई नसिहत दिने वा बढीमा दुई वर्ष तलब वृद्धि रोक्का गर्ने वा दुई वर्षसम्म बढुवा रोक्का गर्ने व्यवस्था छ ।

बिज्ञापन

गत असोजमा भएको सरुवा अनुसार कतिपय कर्मचारीहरुलाई तीनदेखि ६ महिनामै चलाइएको छ भने तीन बर्षभन्दा लामो समयदेखि एउटै कार्यालयको,एउटै शाखामा टिकिरहेका नासु अचार्यलाई केही विचौलियाहरुको जोडबलमा सोही शाखामा टिकाउन खोजिएको सोही कार्यालयका केही कर्मचारीहरु बताउँछन ।
यो बिषयमा कार्यालय प्रमुख कुमारसँग जिज्ञासा राख्दा उनी सम्पर्कमा आउन चाहेनन् ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।