लम्साल राजदूत नियुक्त,परराष्ट्र सचिव बन्ने पालो राईको

परराष्ट्र मन्त्रालयको सचिव पद रिक्त भएको छ ।बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्सालको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेसँगै अब परराष्ट्र सचिव पद रिक्त हुन पुगेको छ । बुधबार बिहान बसेको संसदीय सुनुवाई समितिको बैठकले सरकारले बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस भएका लम्सालको नाम सर्बसम्मतबाट अनोमदन गरेको छ । समितिबाट अनुमोदन भएसँगै अब राष्ट्रपतिले उनलाई राजदूतमा नियुक्त गर्नेछन् ।

बिज्ञापन

यस अघि सहसचिव हुँदा पाकिस्थानको राजदूत चलाइसकेकी लम्साललाई सचिवबाट अवकाश अगावै सरकारले राजदूतको नियुक्ति दिएको हो । आज बिहान बसेको सुनुवाइ समितिको बैठकले उनलाई राजदूत बनाउने प्रस्ताव स्वीकार गरेको हो ।लम्साल २०८० मंसिर २९ मा परराष्ट्र मन्त्रालयको सचिव नियुक्त भएकी लम्साल परराष्ट्र मन्त्रालयको पहिलो महिला सचिव हुन् । उमेर हदका कारण उनी आगामी मंसिरमा अवकाश हुँदै थिइन् । त्यसअघि नै उनलाई राजदूत बनाएर पठाएको हो ।

बिज्ञापन

यो सँगै परराष्ट्र सचिव पद रिक्त हुन पुगेको छ । परराष्ट्र मन्त्रालयको सचिव पद रिक्त भएसँगै मन्त्रालयका सहसचिव एवम प्रवक्ता समेत रहेका सहसचिव अमृत बहादुर राई सचिवमा बढुवा हुने सम्भावना रहेको छ । संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधिको कार्यकाल सकेर यही वर्ष फर्केका राईले चीन हेर्ने उत्तरपूर्वी डिभिजनको नेतृत्व सम्हाल्दै आएका उनी परराष्ट्रमा सबैभन्दा वरिष्ठ सहसचिव हुन् ।

अब रिक्त रहेको सचिव पदमा नियुक्तिका लागि लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा रहेको सचिव बढुवा सिफारिस मन्त्रालयका बरिष्ठ सहसचिवहरु अमृतबहादुर राई, कृष्णप्रसाद ढकाल र निर्मलराज काफ्ले मध्य राई सबैभन्दा वरिष्ठ सहसचिव हुन् । परराष्ट्र मन्त्रालयमा वरिष्ठताका आधारमा सचिवमा नियुक्त हुने परम्परा रहदैँ आएको छ ।
सचिव बढूवाका लाइनमा रहेका ढकाल उत्तर पूर्वी एशिया महाशाखा प्रमुख र काफ्ले ब्राजिलका लागि नेपाली राजदूत रहेका छन् । प्रक्रिया नमिचि बढूवा भएको खण्डमा राई सचिव बन्नेछन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

गृहको नयाँ ओएनएम : ९५ दरबन्दी थपेर ४ हजार ६ सय ११ कायम

अब २५ जिल्लामा उपसचिव,५२ जिल्लामा सहसचिव सिडियो

संखुवासभा र बैतडीमा नयाँ सिडियो

अख्तियारको राडारमा तीन पूर्व प्रधानमन्त्रीका स्वकीय

मुख्य सचिवसहित पाँच सचिव सञ्चालक रहेको अस्पतालको यो हबिगत

निमित्त महानिर्देशकले लत्याए बालेन सरकारले निर्देशन

रक्तदानसहित मनाइयो नृत्य निर्देशक संघ नेपालको ११औँ स्थापना दिवस

अवकाशको १३ महिना अगावै,सञ्चारमा भित्रिएको साता दिनमै सचिव पोखरेलले किन दिए राजीनामा ?

बिशेष