‘नामुद गुण्डा हुँ’ भन्दै धम्काउँदै हिँडेका खरिदार फन्दामा

चलचित्र विकास बोर्डका सदस्य एवं प्रवक्ता केएल बुढाथोकी (खेतुलाल बिसी)ले बोर्डका खरिदारविरुद्ध उजुरी गरेका छन् । उनले जिल्ला प्रशासन कार्यालय काठमाडौँमा उजुरी गरेका हुन् ।

बिज्ञापन

बुढाथोकीले बोर्डका कर्मचारी निराजन गिरीविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी दर्ता गराएका छन् ।मंगलबार बिहान बोर्ड बैठकमा ‘अनधिकृत रूपमा प्रवेश’ गरेका गिरीले आफू ‘गुन्डा’ भएको भन्दै भौतिक आक्रमण गर्ने आशयसहित धम्क्याएको बुढाथोकीको उजुरीमा उल्लेख छ । गिरीमाथि कारबाही गर्न उनले माग गरेका छन् ।

बिज्ञापन

खरिदारले धम्की दिएपछि आफू बैठक छाडेर बाहिरिएको उल्लेख गर्दै खेतुलालले भनेका छन्,‘निराजन गिरिमाथि आवश्यक कानुनी कारबाही गर्न र मेरो जीवन सुरक्षाको लागि पहल गर्न अनुरोध गर्दछु ।’ जिल्ला प्रशासन कार्यालयले उनले दिएको उजुरी प्रहरीलाई फरवार्ड गरेको छ ।

गिरीले भने आफू बोर्ड बैठकमै नगएको जिकिर गरेका छन् । “म बोर्ड बैठकमै गएको छैन । कसरी यस्तो आरोप लाग्यो मलाई थाहा छैन,” उनले भने, “यसबारे मलाई केही थाहा छैन ।”

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अनियमित टेन्डर रोक्दा सचिवको निशानामा परे महानिर्देशक बाराकोटी, दिनुपर्यो राजीनामा

महानिर्देशक बाराकोटीले दिए सरकारी सेवाबाटै राजीनामा

सरुवा भएर हिडेका सहसचिवहरु पूरानै अड्डामा,मीराको नामै गायब !

परराष्ट्रमा अर्काे गाईजात्रा : फिर्ता बोलाइएका राजदूत बस्न तयार पारियो कोठा

सुदूरपश्चिम प्रदेशलाई पिआइएस पोर्टलमा एक्सेस, ५ हजार ५ सय कर्मचारी प्रत्यक्ष लाभन्वित

जेनजीको राजमा पनि कामचोर कर्मचारीको रजगज

शाखा अधिकृतको विज्ञापन खोल्ने तयारी,माग आकृति फाराम पठाउन सामान्यको पुन ताकेता

१ लाख ३६ हजार मतदाता थपिए

बिशेष