‘नामुद गुण्डा हुँ’ भन्दै धम्काउँदै हिँडेका खरिदार फन्दामा

चलचित्र विकास बोर्डका सदस्य एवं प्रवक्ता केएल बुढाथोकी (खेतुलाल बिसी)ले बोर्डका खरिदारविरुद्ध उजुरी गरेका छन् । उनले जिल्ला प्रशासन कार्यालय काठमाडौँमा उजुरी गरेका हुन् ।

बिज्ञापन

बुढाथोकीले बोर्डका कर्मचारी निराजन गिरीविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी दर्ता गराएका छन् ।मंगलबार बिहान बोर्ड बैठकमा ‘अनधिकृत रूपमा प्रवेश’ गरेका गिरीले आफू ‘गुन्डा’ भएको भन्दै भौतिक आक्रमण गर्ने आशयसहित धम्क्याएको बुढाथोकीको उजुरीमा उल्लेख छ । गिरीमाथि कारबाही गर्न उनले माग गरेका छन् ।

बिज्ञापन

खरिदारले धम्की दिएपछि आफू बैठक छाडेर बाहिरिएको उल्लेख गर्दै खेतुलालले भनेका छन्,‘निराजन गिरिमाथि आवश्यक कानुनी कारबाही गर्न र मेरो जीवन सुरक्षाको लागि पहल गर्न अनुरोध गर्दछु ।’ जिल्ला प्रशासन कार्यालयले उनले दिएको उजुरी प्रहरीलाई फरवार्ड गरेको छ ।

गिरीले भने आफू बोर्ड बैठकमै नगएको जिकिर गरेका छन् । “म बोर्ड बैठकमै गएको छैन । कसरी यस्तो आरोप लाग्यो मलाई थाहा छैन,” उनले भने, “यसबारे मलाई केही थाहा छैन ।”

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

ओली पक्राउविरुद्ध रसुवामा एमाले कार्यकर्ताको प्रदर्शन

आयल निगमको कार्यकारी निर्देशक भट्टले बिदाको दिन चलाएको सरकारी कार डिभाइडरमा लगेर ठोके

सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशन ‘सरकारको स्पिरिटअनुसार काम गर्नुहोस,नसके राजीनामा दिनुहोस’

प्रधानमन्त्रीको निजी सचिवमा सहसचिव परियार,यस्तो बन्यो सचिवालय टिम

गृहमन्त्री गुरुङको सक्रियता : एकाबिहानै पूर्व प्रधानमन्त्री र पूर्व गृहमन्त्री पक्राउ

पूर्वप्रधानमन्त्री ओली पक्राउ : जेनजी प्रदर्शनमा गोलीकाण्डबारे फौजदारी अनुसन्धान सुरु

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

नयाँ-सार्वजनिक शासन: जटिलताबाट सम्भावनामा रुपान्तरण 

बिशेष