लामिछानेविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धान हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धान हुने भएको छ ।

बिज्ञापन

शुक्रबार काठमाडौंस्थित रास्वपा पार्टी कार्यालयबाट पक्राउ परेका लामिछानेविरुद्ध कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ४ मा रहेको सूर्य दर्शन बचत तथा ऋण सहकारीबाट गोरखा मिडिया प्रालि गएको रकम दुरुपयोगको अभियोग छ ।

बिज्ञापन

शनिबार बिहन प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीले लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्कीको जिम्मा लगाएको छ । गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षणपछि उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ ।
उनीमाथि प्रहरीले सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धान गर्ने जानकारी दिएको छ । सङ्गठित अपराधको सोही प्रकरणमा यस अघि नै पक्राउ परेका छविलाल जोशीसँगै लामिछानेको अनुसन्धान प्रक्रिया अघि बढाउने प्रहरीको तयारी छ ।

सङ्गठित अपराधको अनुसन्धान गर्न ६० दिनको अवधी पाइने कानुनी व्यवस्था रहेको छ । यद्धपी गत असोज ६ गते पक्राउ परेका जोशीले २७ दिन थुनामा बसिसकेको हुँदा उनीसँगै लामिछानेको अनुसन्धान पनि ३३ दिनमै सक्ने गरि प्रहरीले तयारी गरेको बताइएको छ ।
सहकारी रकम अपचलन सम्बन्धमा अनुसन्धान गर्न बनेको संसदीय छानबिन विषेश समितिले सहकारी ठगीमा संलग्न देखिएको भन्दै लामिछानेलाई पनि कारबाही गर्न सिफारिस गरेको थियो ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

विवादित उपसचिवहरु उपत्यका छिर्न लाखौंको चलखेल,विवादमा तानिदैं मन्त्री अधिकारी

अर्थ मन्त्रालयमा ९० शाखा अधिकृतको व्यापक हेरफेर

जीबी राई भगाउने सहसचिव घिमिरे ‘पुरस्कृत’

मन्त्रीका स्वकीयका अगाडि सचिव र सहसचिव निरिह

२० भदौंभित्र सहसचिव र उपसचिव पदको माग आकृति फाराम पठाउन सामान्यको परिपत्र

मन्त्री न्यौपाने भन्छिन्ः अब एक वर्ष नपुग्दै कसैको सरुवा हुँदैन

‘अब एक वर्ष दिन नपुगी कुनै कर्मचारीको सरुवा हुँदैन’ : मन्त्री न्यौपाने

भ्रष्टाचार मुद्धामा मुख्य सचिवलाई उन्मुक्ति दिएको भन्दै सर्वाेच्च पुग्यो अख्तियार

बिशेष