टीआरसीको पदाधिकारी सिफारिस गर्न समिति गठन

सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिको छानबिन आयोगमा तत्काल पदाधिकारी नियुक्ति गरेर संक्रमणकालीन न्यायनिरूपण कार्य चाँडै पूरा गर्न कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताले प्रतिबद्धता जनाएका छन् । शुक्रबार बस्ने मन्त्रिपरिषद् बैठकबाट आयोगका अध्यक्ष र सदस्य सिफारिस गर्न समिति बनाउने सहमतिसमेत दलहरूले गरेका छन् ।

बिज्ञापन

मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा समिति गठन गरेको हो । समितिमा पूर्व महान्यायाधिवक्ता खम्बबहादुर खाती समेत सदस्य छन् ।

बिज्ञापन

यसअघि प्रचण्ड सरकारले पनि मिश्रकै नेतृत्वमा सिफिारिस समिति बनाएको थियो । तर ऐन संशोधन नभएका कारण राष्ट्रिय मानवअधिकार आयोगले सदस्य नपठाएपछि सिफारिस समितिले काम नै गर्न सकेन । बिहीबार तीन दलका शीर्ष नेताहरुबीच सहमति भएपछि नयाँ समिति गठन गरिएको एक मन्त्रीले बताए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

उस्तै बदमासी : एउटा भन्सारका १३ कर्मचारी निलम्बित,अर्काे नाकाका कर्मचारीलाई ‘क्लिन चिट’

अधिकृतसँग १ करोड ८ लाख अकुत आर्जन,एक बर्ष कैद सजाय

७२ हजार घुससहित रंगेहात समातिए प्रमुख प्रशासकीय अधिकृत

मन्त्रिपरिषद् बैठकका ८६,सचिव बैठकका ६ निर्णय सार्वजनिक

दुई महिनादेखि अर्थका पाँच सहसचिवको दरबन्दी रिक्त,महत्वपूर्ण विभाग समेत निमित्तकै भरमा

नेपालमा कर्मचारीतन्त्रको नैराश्यता किन बढ्दै छ?

सचिवभन्दा माथि स्वकीय,कर्मचारीको असन्तृष्टि यसरी पोखियो

वर्ल्डलिंकलाई कसले बचायो ? सात अर्बको करछली प्रकरणमा बालेनले खोल्लान् त फाइल ?

बिशेष