रवि लामिछानेलाई दोस्रोपटक पक्राउ गरे एसपी वोगटीले

गोर्खा मिडिया नेटवर्क प्रालिमा सहकारीको रकम ल्याएर अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परे।

बिज्ञापन

शुक्रवार जिल्ला अदालत, कास्कीले पक्राउको अनुमति दिएपछि काठमाडौँमा रहेको रास्वपाको केन्द्रीय कार्यालयमा रहेका रविलाई पक्राउले कार्यालयबाटै पक्राउ गरेको हो।

बिज्ञापन

अदालतको अनुमतिसँगै जिल्ला प्रहरी कार्यालय, कास्कीले रविलाई पक्राउ गरेर पठाइदिन केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई अनुरोध गरेपछि सिआइबीबाट प्रहरी उपरीक्षक होविन्द्र बोगटी नेतृत्वको गएको टोलीले उनलाई पक्राउ गरेको हो।

लामिछानेलाई पहिलोपटक पक्राउ गर्न पनि बोगटी नै खटिएका थिए । लामिछाने पहिलोपटक २०७६ साउनमा पक्राउ परेका थिए । त्यतिबेला पत्रकार शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहन प्रकरणमा उनी पक्राउ परेका थिए ।

बिज्ञापन

त्यो बेला बोगटी काठमाडौं प्रहरी परिसरमा डीएसपीका रूपमा कार्यरत थिए । बोगटीकै टोलीले त्यतिबेला लामिछानेलाई पक्राउ गरेर चितवन प्रहरीलाई बुझाएको थियो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

उस्तै बदमासी : एउटा भन्सारका १३ कर्मचारी निलम्बित,अर्काे नाकाका कर्मचारीलाई ‘क्लिन चिट’

अधिकृतसँग १ करोड ८ लाख अकुत आर्जन,एक बर्ष कैद सजाय

७२ हजार घुससहित रंगेहात समातिए प्रमुख प्रशासकीय अधिकृत

मन्त्रिपरिषद् बैठकका ८६,सचिव बैठकका ६ निर्णय सार्वजनिक

दुई महिनादेखि अर्थका पाँच सहसचिवको दरबन्दी रिक्त,महत्वपूर्ण विभाग समेत निमित्तकै भरमा

नेपालमा कर्मचारीतन्त्रको नैराश्यता किन बढ्दै छ?

सचिवभन्दा माथि स्वकीय,कर्मचारीको असन्तृष्टि यसरी पोखियो

वर्ल्डलिंकलाई कसले बचायो ? सात अर्बको करछली प्रकरणमा बालेनले खोल्लान् त फाइल ?

बिशेष