प्रधानमन्त्री ओलीविरुद्ध अख्तियारमा उजुरी

विवादास्पद व्यापारीसँग अनुचित साँठगाँठ गरेको र पार्टी कार्यालय निर्माणका लागि जग्गा उपलब्ध गराएको र व्यापारीले भवन पनि बनाइदिने भनेको भन्दै प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।

बिज्ञापन

ओलीविरुद्ध कानुन व्यवसायी युवराज सफलले आज बिहान अख्तियारमा उजुरी दिएका हुन  । उनले ओलीविरुद्ध छानबिनको माग गर्नुभएको छ । भ्रष्टाचार निवारण ऐन २०५९ ले दान, दातव्य, उपहार वा चन्दा लिने कार्यलाई भ्रष्टाचार मानेको उजुरीमा उल्लेख छ । भ्रष्टाचार निवारण ऐन विपरित प्रधानमन्त्रीले आफ्नो दलको पार्टी कार्यालय बनाउन जग्गा जमिन र सो पार्टी कार्यालय निर्माण गर्नसमेत बिवादास्पद व्यापारी मिनबहादुर गुरुङलाई जिम्मा दिएकोले हदैसम्मको कारबाही गर्नुपर्ने माग उजुरीमा गरिएको छ ।

बिज्ञापन

सफलले दिएको उजुरीमा भाटभटेनी सुपर मार्केट प्रा.लि.का अध्यक्ष मिनबहादुर गुरुङसँगको साँठगाँठको विषय उल्लेख गरेका छन्। निवेदनमा भनिएको छ, ‘२०८१ असोज २५ गते नेकपा एमालेको केन्द्रीय पार्टी कार्यालय निर्माणका लागि १० रोपनी १४ आना जग्गा गुरुङद्वारा उपलब्ध गराइएको र उक्त कार्यक्रममा प्रधानमन्त्री ओलीसमेत सहभागी भएको विषयले गम्भीर शंका उत्पन्न भएको छ।’

सञ्चारमाध्यमहरूमा आएको प्रमाणहरूका आधारमा उजुरीमा प्रधानमन्त्रीले सरकारी सम्पत्ति हिनामिना गरेको र विवादास्पद व्यक्तिसँग मिलेर लाभ लिने प्रयास गरेको आरोपसमेत सफलले लगाएका छन्।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

विवादित उपसचिवहरु उपत्यका छिर्न लाखौंको चलखेल,विवादमा तानिदैं मन्त्री अधिकारी

अर्थ मन्त्रालयमा ९० शाखा अधिकृतको व्यापक हेरफेर

जीबी राई भगाउने सहसचिव घिमिरे ‘पुरस्कृत’

मन्त्रीका स्वकीयका अगाडि सचिव र सहसचिव निरिह

२० भदौंभित्र सहसचिव र उपसचिव पदको माग आकृति फाराम पठाउन सामान्यको परिपत्र

मन्त्री न्यौपाने भन्छिन्ः अब एक वर्ष नपुग्दै कसैको सरुवा हुँदैन

‘अब एक वर्ष दिन नपुगी कुनै कर्मचारीको सरुवा हुँदैन’ : मन्त्री न्यौपाने

भ्रष्टाचार मुद्धामा मुख्य सचिवलाई उन्मुक्ति दिएको भन्दै सर्वाेच्च पुग्यो अख्तियार

बिशेष