कर्मचारी सरुवामा मनपरी :-कसैलाई ९ बर्षदेखि एउटै कार्यालय,कोही तीन महिनामै ‘भकुण्डो’

भूमि व्यवस्था तथा अभिलेख व्यवस्था विभागले एकै पटक २७५ जना खरिदार,नासु र अधिकृतहरुको सरुवा गर्दा कोही कर्मचारीहरु तीन महिनामै सरुवामा परेका छन् भने पावर र पहुँच मिलाउन सक्ने कर्मचारी एउटै कार्यालयमा ९ बर्षदेखि टिकिरहेका भेटिएको छ । गत १४ असोजको राती १ बजेसम्म बसेर यी कर्मचारीहरुको सरुवा गरेको हो । सो रातमा विभागको महानिर्देशक कृष्णप्रसाद सापकोटा र कर्मचारी प्रशासनको हाकिम हरि सुवेदीको समूहले खरिदार १०४,नायस सुब्बा तहका १२६ नासु र अधिकृत तहका ४५ जना कर्मचारीहरुको सरुवा गरेको हो ।

बिज्ञापन

यो सरुवा आर्थिक चलखेलका आधारमा भएको कर्मचारीहरुको आरोप छ । सरुवाको सूची अनुसार,केही कर्मचारीहरु तीन महिनामै भकुण्डो बनाइएका छन् भने मालपोतमा आठ बर्षसम्म जरा गाँढेर बसेका कर्मचारीहरुलाई चलाइएको छैन । जबकी निजामती ऐनले एउटै कार्यालयमा कुनै पनि कर्मचारीलाई बढीमा २ बर्षसम्म राख्न मिल्दैन भन्दछ । तर चल्ताफुर्ता र पावरवाल कर्मचारीहरुको हकमा यस्ता ऐन,नियम नियमावली लागू हुँदैन ।
यस्तो देखिएको छ डिल्लीबजार मालपोतमा । सरुवाको सूची अनुसार केही कर्मचारीलाई तीन महिनामै चलाइएको छ । अनि केहीलाई बर्ष दिनमै । सरुवा गरिँदा न्यूनतम मानवीय संवेदना समेत नराखिएको गुनासो बढ्दैछ ।
काठमाडौंस्थित डिल्लीबजारमा मालपोत कार्यालयमा एक खरिदार ९ बर्षदेखि त्यही छन् । उनी हुन दिपेश सुवेदी,कर्मचारी संकेत नम्बर १८९९८७ रहेका सुवेदी सोही कार्यालयमा ०७३ साल असार १ गतेदेखि सोही कार्यालयमा छन् । खरिदार तहका उनी एउटै कार्यालयमा कसरी र के आधारमा आठ बर्षभन्दा बढी समय टिकिरहेका होलान ? अहिले सरुवामा परेका कर्मचारीहरु प्रश्न गर्दैछन् तर हाकिमहरुसँग जबाफ छैन ।

बिज्ञापन

यस्तै सोही कार्यालयमा केही कर्मचारीहरु पाँच बर्ष त केही ६ बर्षदेखि टिकिरहेका छन् । नियम अनुसार,सरुवा हुनुपर्ने हो तर तलदेखि माथिसम्म मिलाउने खुबी भएका कर्मचारी कोही आठ- दश बर्षसम्म एउटै कार्यालयमा टिक्ने अनि पहुँच नभएका कर्मचारीलाई तीन महिनामै भकुण्डो बनाउने प्रवृत्तिले निजामती सेवा कहाँ पुग्ला ?

यही कर्मचारी सरुवाको बिषयमा अन्यायमा परेका कर्मचारीहरु विभागमा पुगेर कर्मचारी सरुवाको बिषयमा आक्रोश पोखेका छन् । काठमाडौंमा लामो समयदेखि बसेका कर्मचारीलाई काठमाडौंमा घुमाइएको छ । यसमा कुन मापदण्डमा टेकेर कर्मचारी सरुवा गराइएको हो ? भन्दै कर्मचारीहरुले प्रश्न उठाएका छन् । उनीहरुले कुनै विधि,नीति र मापदण्डमा टेकेर नभइ मनपरी रुपमा गरिएको यो सरुवा नै क्यान्सिल हुनुपर्ने माग राखेका छन् । दीर्घ रोगी कर्मचारीहरुलाई अन्यायमा पर्ने गरी सरुवा गरिएको,केही कर्मचारीको पदस्थापन नभएको भन्दै कर्मचारीहरुले उपसचिव हरि सुवेदीमाथि कडा रुपमा विभागमै पुगेर प्रश्न गरेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष