विपतमा मेयर वेपत्ता भएको आरोप लगाउँदै स्थानीयले गरे हातपात

 

बिज्ञापन

वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहमाथि स्थानीयले हातपात गरेका छन् । वडा नम्बर १७ को सडक अवलोकनमा गएको बेला उनी कुटिएका हुन् ।

बिज्ञापन

असोज ११ र १२ गतेको अविरल वर्षाका कारण उक्त वडाका विभिन्न सडकमा पानी जमेर अरुवद्ध भएको थियो । आज दिउँसो मेयर सिंह त्यसको स्थलगत अवलोकन गर्न जाँदा केही युवाले हातपात गरेको स्वकीय सचिव सत्यराज घिमिरेले जानकारी दिए ।

‘मेयर साप जमेको पानीलाई कसरी हटाउन सकिन्छ भनेर अवलोकनका लागि जानु भएको थियो’, घिमिरेले  भने, ‘त्यहीबेला केही लोकल केटाहरुले आएर हातपात गरे ।’ नगर प्रहरीले तत्कालै झडप साम्य बनाएको उनले बताए ।

बिज्ञापन

स्थानीयले भने सडक अवरुद्ध भएको डेढ हप्तासम्म मेयरले कुनै चासो नदिएको आरोप लगाएका छन् । आफूहरुको पहलमा पानी कटान गरिसकेको सडकमा काम देखाउनकै लागि मेयर सिंह पुगेपछि विवाद भएको एक स्थानीयले दाबी गरे ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

बिधान विपरित बढुवा भन्दै उपाध्यक्ष ओलीको आपत्ति, ‘लाज पनि लाजाउने निर्णय’

सुदन समूहद्धारा मुख्यसचिवलाई हप्कीदप्की,चर्काचर्की पछि बाहिरिएका थिए कानुन सचिव

राष्ट्र निर्माणमा दलित : समाजले बिर्सनु नहुने पात्रहरूको चर्चा

थारु समुदायमा सिकलसेल खतरा बढ्दै: राप्ती प्रतिष्ठानले पहिलोपटक ५ हजार जनामा परीक्षण शुरू

कसले दियो अख्तियार प्रमुखलाई धम्की ?

“डिजिटल ढोका र बिचौलियाको ताला”

सरकारी तलब खाएर एमाले पार्टीको प्रतिनिधि डाक्टरहरू

दुई उपसचिव सहसचिवमा बढुवा सिफारिस

बिशेष