संयोजकलाई डेंगु संक्रमण,अन्तर्वार्ता स्थगन

धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिका लागि आज तय गरिएको अन्तर्वार्ता रोकिएको छ । सर्ट लिष्टमा परेका पाँच जनामध्ये तीन जनालाई आज बिहान ८ बजे अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतिका लागि सिंहदरबार बोलाइएको थियो ।

बिज्ञापन

यसरी अन्तर्वार्ताका लागि बोलाइएका उमेद्धारहरु थिए नवराज अधिकारी, चिरञ्जिवि चापागाईं र कृष्णबहादुर कार्की । सर्टलिस्टमा परेर पनि यसअघि यी तीन उम्मेदवार अन्तर्वार्ता तथा कार्य योजना प्रस्तुतीमा सहभागी नभएपछि गठित सिफारिस समितिले नाम सिफारिस गर्न सकेको थिएन ।
यी तीन उमेद्धारलाई अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतिका लागि अर्थ मन्त्रालयले गठन गरेको धितोपत्र वोर्ड अध्यक्ष सिफारिस समितिले आज बिहानका लागि बोलाएको थियो ।
समितिका संयोजक छन्, शिवराज अधिकारी, योजना आयोगका उपाध्यक्ष । सदस्यहरुमा अर्थ सचिव डा रामप्रसाद घिमिरे र विज्ञ सदस्यको रुपमा उदय निरौला ।
यी मध्ये आज संयोजक अनुपस्थित भएका कारण आज अन्तर्वार्ताका संयोजक तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा शिवराज अधिकारी अनुपस्थित भएका कारण अन्तर्वार्ता रोकिएको हो । उनी डेंगुका लागेर अस्पताल भर्ना भएका छन्,सोही कारण आजका लागि तय भएको अन्तर्वार्ता रोकिएको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कर्मचारीको मनोबल बढ्दै छ कि गिर्दै ?

सचिवज्यू यस्तै हुन्छ सुशासन ?

ट्रेड युनियन नेतामाथि सरकारको कडाइ : उपत्यकाबाहिर सरुवाको तयारी

सहसचिवको दोहोरो मापदण्ड : सुशासन कागजमै सीमित

प्रधानान्यायधीशको लाइनबाट तीन रिङ आउट

पाँच सचिव अख्तियारको फन्दामा

सर्वाेच्च अदालतमा तोडियो ब्रेक, चौथौं बरियताका शर्मा प्रधानन्यायाधीशमा सिफारिस

दाइको आवेदन,भाइले दिए अध्यक्षबाट राजीनामा

बिशेष