६ सचिव,३० सहसचिव,८२ उपसचिवसहित ५२० कर्मचारी उपर भ्रष्टाचार मुद्धा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पछिल्लो एक आर्थिक बर्षमा १०२९ जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको थियो । जसमा स्थानीय तहका ६२ जनालाई मुद्दा दायर गरिएको छ ।

बिज्ञापन

आयोगको पछिल्लो प्रतिवेदन अनुसार गैरकानुनी लाभहानीसँग सम्बन्धित ५८ वटा मुद्धामा १ मन्त्री,स्थानीय जनप्रतिनिधि ६२,राजीतिक नियुक्ति लिएका २३,विशिष्ठ कर्मचारी १,सहसचिव १९,उपसचिव ४० र शाखा अधिकृत १०१ जना लाई प्रतिवादी बनाइएको छ । गैरकानुनी लाभ हानीको मुद्धामा ९५ जना सहायक कर्मचारी मुछिएका छन् ।

बिज्ञापन

यस्तै घुस रिसवतसम्बन्धी ४८ वटा मुद्धामा स्थानीइ तहका जनप्रतिनिधि ८ जना,उपसचिव ३ जना,शाखा अधिकृत १४,सहायक तहका कर्मचारी ३०,मनोनित ५ र २४ जना मतियार गरि ८४ जनालाई मुद्धा चलाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

झूठा र नक्कली शैक्षिक प्रमाणपत्रको ३४ वटा मुद्धामा राजनीतिक नियुक्ति लिएका १,उपसचिव ३ जनालाई प्रतिवादी बनाइएको छ । ११ जना शाखा अधिकृत र १९ जना सहायक कर्मचारीलाई प्रतिवादी बनाएर अख्तियारले मुद्धा अगाडि बढाएको छ ।

बिज्ञापन

सार्वजनिक सम्पत्तिको हानीनोक्सानीको ३३ मुद्दामा १ जना मन्त्रीसहित १९ जना स्थानीय जनप्रतिनिधि,राजनीतिक नियुक्ति लिएका छ । विशिष्ठ श्रेणीका ५ कर्मचारीका अलवा ११ सहसचिव २३ उपसचिव,४४ जना शाखा अधिकृत र सहायक स्तरका कर्मचारी ४७ जनालाई मुद्धा चलाइएको छ ।

११६ जनाले राजस्व चुहावटको अभियोगमा भ्रष्टाचारको सामना गर्दा उपसचिव ११,शाखा अधिकृत २३ जना प्रतिवादी छन् ।यस्तै अख्तियारले गैरकानुनी सम्पत्ति आर्जनका ११ वटा मुद्धामा २८ जनालाई प्रतिवादी बनाएकोमा उपसचिव १ जना,शाखा अधिकृत ३ र सहायक स्तरका कर्मचारी ५ जना परेका छन् ।

अख्तियारको प्रतिवेदन अनुसार,अघिल्ला आर्थिक बर्षमा कूल २०१ मुद्धामा २ जना मन्त्री १०४ जना जनप्रतिनिधि,राजनीतिक नियुक्ति लिएका ३२ प्रतिवादी बन्दा ६ सचिव,३० जना सहसचिव,८२ उपसचिव,२०२ शाखा अधिकृत र सहायक स्तरको कर्मचारी २ सय र मतियार तथा विचौलिया ७३९ गरी १५४५ जनालाई अख्तियारले प्रतिवादी बनाएर मुद्धा अगाडि बढाएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

डा. बद्री रिजालको नेतृत्वमा नयाँ टिम, वरिष्ठ उपाध्यक्ष डा. सन्जिब तिवारी र महासचिव डा. विश्वराज दवाडी उम्मेदवार

सिद्धार्थनगरमा सरकारी गाडी बेपत्ता: पार्टी महाधिवेशन प्रयोगबारे प्रश्नचिन्ह

आ.व. २०८२/८३ मंसिरसम्म राजस्व सङ्कलनः लक्ष्यको ७८.७४ प्रतिशत मात्रै प्राप्त

भ्रष्टाचार मुद्धामा दोषी ठहर भएका पहारी एमाले अनुशासन आयोगको अध्यक्ष

संगठनात्मक सामाजिकीकरण र सामाजिक गतिशीलता

३९१ नासुसहित ४५० कर्मचारीकै एकै लटमा सरुवा

भन्सार विभाग र निकासी पैठारी संघबीच छलफल, जरिबाना खुकुलो बनाउन माग

योजना आयोगका उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त

बिशेष