६ सचिव,३० सहसचिव,८२ उपसचिवसहित ५२० कर्मचारी उपर भ्रष्टाचार मुद्धा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पछिल्लो एक आर्थिक बर्षमा १०२९ जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको थियो । जसमा स्थानीय तहका ६२ जनालाई मुद्दा दायर गरिएको छ ।

बिज्ञापन

आयोगको पछिल्लो प्रतिवेदन अनुसार गैरकानुनी लाभहानीसँग सम्बन्धित ५८ वटा मुद्धामा १ मन्त्री,स्थानीय जनप्रतिनिधि ६२,राजीतिक नियुक्ति लिएका २३,विशिष्ठ कर्मचारी १,सहसचिव १९,उपसचिव ४० र शाखा अधिकृत १०१ जना लाई प्रतिवादी बनाइएको छ । गैरकानुनी लाभ हानीको मुद्धामा ९५ जना सहायक कर्मचारी मुछिएका छन् ।

बिज्ञापन

यस्तै घुस रिसवतसम्बन्धी ४८ वटा मुद्धामा स्थानीइ तहका जनप्रतिनिधि ८ जना,उपसचिव ३ जना,शाखा अधिकृत १४,सहायक तहका कर्मचारी ३०,मनोनित ५ र २४ जना मतियार गरि ८४ जनालाई मुद्धा चलाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

झूठा र नक्कली शैक्षिक प्रमाणपत्रको ३४ वटा मुद्धामा राजनीतिक नियुक्ति लिएका १,उपसचिव ३ जनालाई प्रतिवादी बनाइएको छ । ११ जना शाखा अधिकृत र १९ जना सहायक कर्मचारीलाई प्रतिवादी बनाएर अख्तियारले मुद्धा अगाडि बढाएको छ ।

बिज्ञापन

सार्वजनिक सम्पत्तिको हानीनोक्सानीको ३३ मुद्दामा १ जना मन्त्रीसहित १९ जना स्थानीय जनप्रतिनिधि,राजनीतिक नियुक्ति लिएका छ । विशिष्ठ श्रेणीका ५ कर्मचारीका अलवा ११ सहसचिव २३ उपसचिव,४४ जना शाखा अधिकृत र सहायक स्तरका कर्मचारी ४७ जनालाई मुद्धा चलाइएको छ ।

११६ जनाले राजस्व चुहावटको अभियोगमा भ्रष्टाचारको सामना गर्दा उपसचिव ११,शाखा अधिकृत २३ जना प्रतिवादी छन् ।यस्तै अख्तियारले गैरकानुनी सम्पत्ति आर्जनका ११ वटा मुद्धामा २८ जनालाई प्रतिवादी बनाएकोमा उपसचिव १ जना,शाखा अधिकृत ३ र सहायक स्तरका कर्मचारी ५ जना परेका छन् ।

अख्तियारको प्रतिवेदन अनुसार,अघिल्ला आर्थिक बर्षमा कूल २०१ मुद्धामा २ जना मन्त्री १०४ जना जनप्रतिनिधि,राजनीतिक नियुक्ति लिएका ३२ प्रतिवादी बन्दा ६ सचिव,३० जना सहसचिव,८२ उपसचिव,२०२ शाखा अधिकृत र सहायक स्तरको कर्मचारी २ सय र मतियार तथा विचौलिया ७३९ गरी १५४५ जनालाई अख्तियारले प्रतिवादी बनाएर मुद्धा अगाडि बढाएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रधानमन्त्री कार्यालयमा ‘डन’को साम्राज्य: १३ वर्षसम्म एउटै कार्यालयमा, बालेनले मागे विवरण

२ सचिव र ४६ सहसचिव लामो समयदेखि एउटै मन्त्रालयमा {विवरणसहित}

मैनालीको नियति भोग्दै बुर्लाकोटी

सम्पत्ति शुद्धीकरणको ‘राडार’मा अर्थका आधा दर्जन सहसचिव

दीपक भट्ट ‘ग्याङ’को जालो: सचिव–सहसचिवसम्म सम्पत्ति शुद्धीकरणको राडारमा

प्रधानमन्त्रीसहित १६ मन्त्रीको सचिवालयमा क-कसले नियुक्ति पाए ?

सिंहदरबारमा सशस्त्रका अधिकृतको गोप्य दौडधूप : बढुवा प्रभावित पार्न खोजेको आशंका

कर्मचारी ट्रेड युनियनका नेताहरु तितरवितर

बिशेष