एक लाख धरौटीमा छुटे दुर्गा प्रसाई

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा बुझाएर रिहा भएका छन् । ९ दिन अगाडि पक्राउ परेका उनी अदालतको आदेशमा एक लाख धरौटी बुझाएर रिहा भएका हुन ।

बिज्ञापन

काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले एक लाख धरौटीमा छोड्न आदेश दिएको हो । साइबर अपराधसम्बन्धी दुई वटा कसूरमा ५०–५० हजार रुपैयाँ धरौटी तिर्न आदेश भएको अदालतले जनाएको छ । काठमाडौँ जिल्ला अदालतले माग गरेको १ लाख रुपैयाँ धरौटी बुझाएर उनी मंगलबार बेलुका रिहा भएका हुन् ।

बिज्ञापन

राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ ज्वाला संग्रौलाको उजुरीपछि गत असोज ६ गते भक्तपुरको मध्यपुर थिमी नगरपालिका–६, कमेरोटारस्थित निवासबाटै पक्राउ परेका उनलाई विद्युतीय कारोबार ऐन, ०६३ को दफा ४७ को कसूरबमोजिम पाँच वर्ष कैद र एक लाख जरिवाना माग गर्दै जिल्ला सरकारी वकिल कार्यालयले हिजो अदालतमा मुद्दा दायर गरेको थियो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

उस्तै बदमासी : एउटा भन्सारका १३ कर्मचारी निलम्बित,अर्काे नाकाका कर्मचारीलाई ‘क्लिन चिट’

अधिकृतसँग १ करोड ८ लाख अकुत आर्जन,एक बर्ष कैद सजाय

७२ हजार घुससहित रंगेहात समातिए प्रमुख प्रशासकीय अधिकृत

मन्त्रिपरिषद् बैठकका ८६,सचिव बैठकका ६ निर्णय सार्वजनिक

दुई महिनादेखि अर्थका पाँच सहसचिवको दरबन्दी रिक्त,महत्वपूर्ण विभाग समेत निमित्तकै भरमा

नेपालमा कर्मचारीतन्त्रको नैराश्यता किन बढ्दै छ?

सचिवभन्दा माथि स्वकीय,कर्मचारीको असन्तृष्टि यसरी पोखियो

वर्ल्डलिंकलाई कसले बचायो ? सात अर्बको करछली प्रकरणमा बालेनले खोल्लान् त फाइल ?

बिशेष