चार महिनामै दुई सिडियोलाई गृहले बोलायो फिर्ता

गृह मन्त्रालयले दुई जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ ।

बिज्ञापन

गृहले खटाएको चार महिना नपुग्दै काभ्रे र धादिङ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई फिर्ता बोलाएर त्यहाँ उमेश ढकाल र सुमन घिमिरेलाई खटाएको हो ।
गृहले काभ्रेपलाञ्चोकबाट सूर्यप्रसाद सेढाईलाई फिर्ता बोलाएर सहसचिव उमेश ढकाल र धादिङ जिल्लाबाट राजेन्द्रदेव पाण्डेलाई फिर्ता बोलाएर त्यहाँ सुमन घिमिरेलाई खटाएको छ ।

बिज्ञापन

वाढी पहिरो तथा प्राकृतिक विपद्मा उनीहरुको कार्यसम्पादन प्रभावकारी नदेखिएको भन्दै गृहले चार महिना नपुग्दै सेढाई र पाण्डेलाई गृहमा तानेको हो ।

धादिङका जिल्ला प्रशासनले एक चिनियाँ नागरिकलाई नेपाली नागरिकता दिएको बिषयमा समेत सिडियो पाण्डेको भूमिका शंकास्पद् देखिएको छ । ती नागरिकले चार लाख रुपैंया खर्चेर नेपाली नागरिकता लिएका थिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

३०- ५५ को प्रावधानमा अर्थ मन्त्रालयको सहमति

गृहको नयाँ ओएनएम : ९५ दरबन्दी थपेर ४ हजार ६ सय ११ कायम

अब २५ जिल्लामा उपसचिव,५२ जिल्लामा सहसचिव सिडियो

संखुवासभा र बैतडीमा नयाँ सिडियो

अख्तियारको राडारमा तीन पूर्व प्रधानमन्त्रीका स्वकीय

मुख्य सचिवसहित पाँच सचिव सञ्चालक रहेको अस्पतालको यो हबिगत

निमित्त महानिर्देशकले लत्याए बालेन सरकारले निर्देशन

रक्तदानसहित मनाइयो नृत्य निर्देशक संघ नेपालको ११औँ स्थापना दिवस

बिशेष