अर्काे सहकारी ठग भारतबाट पक्राउ,बाग्लुङ पठाउने तयारी

अर्बाै रकम अपचलनमा मुछिएका एमालेका फरार मेयरलाई भारतबाट पक्राउ गरेर नेपाल ल्याइएको छ ।विभिन्न सहकारी संस्थाको अर्बौं रुपैयाँ अपचलन गरेर फरार बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई प्रहरीले भारतबाट पक्राउ गरेर काठमाडौं ल्याएको हो । बागलुङ नगरपालिका, गलकोट नगरपालिका, ढोरपाटन नगरपालिका र कास्कीको पोखरा गरी चार ठाउँमा सहकारी सञ्चालन गर्दै आएका उनी परिवारसहित एकाएक बेपत्ता भएका थिए । वचतकर्ताको पसिना काटेर बचाएको रकम दुरुपयोग गरेर उनले काठमाडौं,पोखरासहित विभिन्न १८ वटा घर,जग्गा खरिद गरेका थिए । ढोरपाटन नगरपालिकाका मेयरका रुपमा दोस्रो कार्यकाल सम्हालिरहेका नेपाली भारतमा लुकेर बसेको अवस्थामा फेला पारेपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यरोको टोलीले दिल्लीबाट समाएको हो ।हिजो पक्राउ परेका मेयरलाई नेपालीलाई बाग्लुङ पठाउने प्रहरीको तयारी छ ।

बिज्ञापन

मेयर विरुद्ध अर्ब ३८ करोड ६३ लाख १३ हजार ५२५ रुपैयाँ अपचलन गरेको आरोप छ ।​​ उनले बचतकर्ताको कूल एक अर्ब ८० लाख रुपैयाँ फिर्ता गर्न बाँकी रहेको उल्लेख गर्दै उनले आफ्नो र आफ्नी श्रीमती छेला नेपालीको जायजेथोसहित तीन अर्ब बढीको सम्पत्ति रहेको बताएका छन् ।

बिज्ञापन

प्रहरीका अनुसार उनीमाथि सूर्यदर्शन सहकारी ठगी प्रकरणमा समेत प्रहरीले अनुसन्धान गरिरहेको छ ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

उस्तै बदमासी : एउटा भन्सारका १३ कर्मचारी निलम्बित,अर्काे नाकाका कर्मचारीलाई ‘क्लिन चिट’

अधिकृतसँग १ करोड ८ लाख अकुत आर्जन,एक बर्ष कैद सजाय

७२ हजार घुससहित रंगेहात समातिए प्रमुख प्रशासकीय अधिकृत

मन्त्रिपरिषद् बैठकका ८६,सचिव बैठकका ६ निर्णय सार्वजनिक

दुई महिनादेखि अर्थका पाँच सहसचिवको दरबन्दी रिक्त,महत्वपूर्ण विभाग समेत निमित्तकै भरमा

नेपालमा कर्मचारीतन्त्रको नैराश्यता किन बढ्दै छ?

सचिवभन्दा माथि स्वकीय,कर्मचारीको असन्तृष्टि यसरी पोखियो

वर्ल्डलिंकलाई कसले बचायो ? सात अर्बको करछली प्रकरणमा बालेनले खोल्लान् त फाइल ?

बिशेष