बाढीपहिरोमा परी एक सय २ को मृत्यु, बागमती प्रदेशकै ८५ जना

बाढीपहिरो र डुबानमा परी हालसम्म १ सय जना २ जनाको मृत्यु भएको छ भने ६७ जना बेपत्ता भएका छन् । विपदमा परी १०१ जना घाइते भएको प्रहरीले जनाएको छ ।

बिज्ञापन

बाढी पहिरोमा परी ललितपुर, धादिङ, काठमाडौँ, काभ्रे, मकवानपुर, सिन्धुपाल्चोक, सोलुखुम्बु, पाँचथर, भक्तपुर, दोलखा, सिन्धुली, धनकुटा, महोत्तरी, रामेछाप, झापा, उदयपुर , इलाम, सप्तरी र नुवाकोटमा बढी मानवीय क्षति भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सबैभन्दा बढी उपत्याकामा ज्यान गुमाएका छन् । जसमा काठमाडौंमा काठमाडौंमा २५,ललितपुरमा १८ र भक्तपुरमा ५ जना गरी ४८ जना काठमाडौं उपत्याकामै रहेका छन् । यस्तै काभ्रेमा १२,सिन्धुलीमा २, धादिङ २, मकवानपुर ७, सिन्धुपाल्चोक ९ जना, दोलखा ३,नुवाकोटमा १,सोलुखुम्बु ५, धनकुटा २,झापा १,सोलुखुम्बुमा ५ जनाले ज्यान गुमाएका प्रहरीको आँकडा छ । कोशी प्रदेशमा १५,मधेशमा २,बाग्गमतीमा ३७,उपत्याकामा ४८ गरी कूल १०२ जनाले ज्यान गुमाएको प्रहरीले जनाएको छ ।

बिज्ञापन

काठमाडौंमा एक हजार तीन सय २४, ललितपुरमा पाँच सय र भक्तपुरमा चार सय १७ गरी उपत्यकामा दुई हजार दुई सय ४१ घर डुबानमा परेका छन् । विपद्का घटनाको उद्धार र राहत कार्यमा काठमाडौँमा तीन हजार ६०, ललितपुरमा एक हजार एक सय र भक्तपुरमा तीन सय ५० जना प्रहरी खटिइएको उपत्यका प्रहरीका कार्यालयले जनाएको छ ।

गृह मन्त्रालयका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि नौ हजार नौ सय ८३ सुरक्षाकर्मी परिचालन गरिएका तथा हालसम्म तीन हजार ३९ जनाको उद्धार गरिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सरकारी कार्यक्रमहरू होटल तथा रिसोर्टमा गर्न नपाइने

३० हजार घुससहित खाद्य प्रविधिका प्राविधिक सहायक सन्जय चौधरी पक्राउ

निजामती विधेयकको मस्यौदामा ३ हजार बढी सुझाव,प्रशासन सुधार महाशाखा प्रमुखले गर्दैछन् विश्लेषण

कांग्रेसबाट प्रत्यक्षमा जित्ने एक्ली महिला बासना,अब पार्टी प्रमुख सचेतक

यस्ता छन् आजको मन्त्रिपरिषद् बैठकका निर्णयहरु

सशस्त्र प्रहरीको महानिरीक्षकमा पौडेल

सशस्त्र प्रहरी महानिरीक्षकमा पाैडेल नियुक्त

अध्यादेश ल्याउँदै सरकार

बिशेष