संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत भदौं २७ को निर्णय अनुसार उपसचिवहरुको सरुवा गर्यो । उक्त सरुवाको सूचीमा यातायात व्यवस्था विभागका उपसचिव मुकेश रेग्मीलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्तगत खटाइएको छ ।
बिज्ञापन
तर सरुवा भएको दुई साता बित्दा समेत उपसचिव रेग्मीले सरुवाको पत्र बुझेका छैनन् । उक्त सरुवाको पत्र नै गायब बनाएर सोही ठाउँमा टिक्नका लागि रेग्मी सक्रिय रहेको भेटिएको छ । रेग्मी तिनै पात्र हुन,जस्कै जोडबलमा ३० औं हजार बढी नक्कली लाइसेन्स जारी भएको प्रतिवेदन नै सार्वजनिक भएको छ । निर्वाचन आयोग,सार्वजनिक खरिद अनुगमन सञ्चार मन्त्रालय हुँदै यातायात व्यवस्था विभागमा पुगेका रेग्मीकै समूहले ३० हजार बढी अवैध लाइसेन्स बाँडेको विषय सार्वजनिक भइसकेको छ ।
बिज्ञापन
मन्त्रालयका सिडिई सुरेश श्रेष्ठ, कम्प्युटर इञ्जिनियर दिनेश अधिकारी, शाखा अधिकृत कमल पन्थीसहितको ३ सदस्यीय छानबिन समितिले सीमित समय र स्रोत साधनका बावजुद छानबिन सम्पन्न गरेर २०८० पुस २९ गते प्रतिवेदन बुझाएको थियो । उक्त टोलीले यातायात व्यवस्था विभागका महानिर्देशक रिजाल, सूचना प्रविधि निर्देशक रेग्मी र आईटी कन्सल्टेन्ट सविन श्रेष्ठसहितलाई नक्कली लाइसेन्स प्रकरणमा दोषी ठहर गरेको छ । यस्तै १५ वटा लाइसेन्स शंकास्पद देखिएकाले त्यस विषयमा थप छानबिन गर्नु उपयुक्त हुने प्रतिवेदनमा उल्लेख छ । गएको दशैँपछि अनधिकृतरूपमा यातायातको मुख्य सिष्टमभित्र छिरेर ‘डाटा एडिट’ गरी नक्कली लाइसेन्स बनाउन थालेको पछिल्लो पटक सार्वजनिक भएको नौ वटा लाइसेन्सले पुष्टि गर्छ । जस्तोः गंगा कार्की ०१–०८–१४५६७५३६ चितवन, रुद्रप्रसाद खतिवडा ०१–०८–८८९८८००४, चितवन, मनीष केसी ०१–११–८८९९०१५७, प्रकाश पौडेल ०१–०८–८८९९२१५५ पाल्पा, धिरज खत्री क्षेत्री ०१–०८–८८९९०३३८ पाल्पा, सिम्रन थापा ०१–१०–८८९९०६९१ पाल्पा, सुरज भुगै ०१–०८–८८९९१६२६ पाल्पा, विजय अधिकारी ०१–०८–८८९९२२५२ चितवन र आकाश श्रेष्ठ ०१–०८–८८९९०४०५ पाल्पाबाट राजस्व तिरेर नवीकरण गरेको तर कतै पनि ट्रायल दिएको रेकर्डमा नदेखिएको सार्वजनिक हुँदासमेत यसबारे प्रहरीसमेत अनुसन्धान नगरी पाँच हजार रूपैयाँको रसिदमा नै खुशी भएको पाइएको छ ।
यसरी मन्त्रालयको छानबिन समितिले दोषी ठहर गरेका रेग्मीले उक्त प्रतिवेदननै गायब पारेर आफ्नो नेतृत्वमा अर्काे छानबिन समिति बनाएर पूर्व डिजीहरुलाई पोल्ने काम गरेका थिए ।
यिनै रेग्मीलाई वर्तमान सत्ता गठबन्धन निर्माणको सूत्रधारमध्येका एक व्यापारीले सरकारी सिष्टम कोल्याप्स पार्ने शर्तसहित एक उपसचिवलाई कोरियन कम्पनीको गाडी उपहार चढाएको बिषय समेत यातायात व्यवस्था विभागमा चर्चा हुने गरेको छ । ती व्यापारीले यातायात व्यवस्था विभागका आइटी शाखा प्रमुख मुकेश रेग्मीलाई साङयोङ नामक कोरियन कम्पनीको बा १७ च ११ नम्बरको गाडी उपहार दिएको उजुरी अख्तियारमा पुगेको छ ।
बिज्ञापन
तिनै रेग्मीको सरुवा भएको दुई साता बित्दा समेत त्यहाँबाट रमाना लिएका छैनन् । विभागमै बसेर खेलो फड्को गर्दै आएको विभागका कर्मचारीहरुले कर्मचारी प्रेसलाई जनाएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट यातायात व्यवस्था विभाग कार्यालयको दुरी दुई किलोमटिर पनि टाढा छैन । तर गत भदौं २७ मा मन्त्रालयले गरेको सरुवाको पत्र दुई साता व्यतित हुँदासम्म मीनभवनस्थित यातायात व्यवस्था विभागसम्म नपुग्नु भनेको उक्त पत्र बीचबाटै गायब बनाएर वा सरुवा उल्टाएर त्यहाँ टिक्ने छलछामका रुपमा अर्थ्याइएको हो ।
आफ्नै सहकर्मीलाई अश्लिल म्यासेज पठाएर विवादमा परेका हाकिम भर्खरै त्यहाँबाट सरुवा भएर मधेश प्रदेशमा पुगिसकेका छन । विभागमा हालैमात्र नयाँ महानिर्देशकका रुपमा राजिब पोखरेललाई खटाइएको छ ।