काजु काण्डमा तानिएका हाकिमलाई अब कुन कार्यालय ?

भैरहवा भन्सार कार्यालका प्रमुख हुँदा विवादमा तानिएका उपसचिव मणिराम पौडेल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका छन् । गत भदौं ३१ मा गरिएको १३५ जना उपसचिवको सरुवाको सूचीको ३० औं नम्बरमा मणिराम परेका छन् । उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मातहतको राजश्व अनुसन्धान विभाग वा राजश्व अनुसन्धान कार्यालयमा खटाउने तयारी गरेको छ ।

बिज्ञापन

सो तयारी अनुसार,उपसचिवहरु संष्कृति पर्यटनबाट अर्जुन राई,अर्थबाट राजकुमार खतिवडा,काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्मा,पर्साका सहायक प्रमुख जिल्ला अधिकारी उत्तम कुमार घिमिरे,आन्तरिक राजश्व विभाग लाजिम्पाटबाट प्रकाश पोखरेल,सामान्यका अतिरिक्त समूहमा रहेका जितेन्द्र अधिकारी,राजन भट्टराई,विवेक घिमिरे र कृष्ण सापकोटासहित ९ जना उपसचिव प्रधानमन्त्री कार्यालयमा भित्रिएका छन् । उनीहरुमध्ये केहीलाई राजश्व अनुसन्धान विभाग र केहीलाई राजश्व अनुसन्धान कार्यालयमा खटाउने तयारी छ ।
यी कार्यालयबाट प्रेम देवकोटा,इन्द्र गौतम,ईश्वरी प्रसाद ढकाल,भुदेव झा,पशुपति बाबु पुरी,शशि लम्साल,रामकृष्ण श्रेष्ठ,बैकुण्ठ सापकोटा,खेमराज ओझाहरु बाहिरिएका छन् ।
त्यही कार्यालयमध्ये कुनै एकमा जाने तयारीमा छन् मणिराम । उनी भैरहवा भन्सारमा कार्यरत रहँदा विवादमा तानिएका हाकिम हुन । एक सामाग्री भनेर अर्कै सामाग्री जाचपाँच गर्न थालेपछि विवादमा तानिएका हुन्। प्लास्टिकको कच्चा पर्दाथको प्रज्ञापन पत्र देखाएर काजु कपडा ल्याएको भेटिएपछि सोही प्रकरणमा जोडिएर पौडेललाई फिर्ता बोलाइएको हो । भन्सार विभागले लु ५ ख ३३६ र यूपी ५३ ओटी ५७८ नम्बरको ट्रकमा सामान ल्याउँदा प्लास्टिकको कच्चा पर्दाथको प्रज्ञापन पत्र बनाएर कपडा र काजू भेटिएको थियो । यसरी जाँचपास हुने ट्रकको १ लाख रुपियाँ घुस मागिएको बिषय अर्थ मन्त्रालयसम्म आइपुगेको थियो ।
यो प्रकरणका छानबिनका लागि भन्सार विभागका निर्देशक (उपसचिव) मानबहादुर पौडेलको संयोजकत्वमा समिति गठन गरियो । सदस्यहरूमा शाखा अधिकृत सपना ठगुन्ना र कम्प्युटर इन्जिनियर आशुतोष राई रहेका छन् ।

बिज्ञापन

पौडेल दोश्रो पटक भैरहवा भन्सारका हाकिम भएर बस्दा यस प्रकारको घटना सार्वजनिक भएसँगै उनलाई अर्थमा तानेर त्रिवि भन्सारमा खटाइएको थियो । त्रिवी भन्सार कार्यालयबाट सुन समातिएपछि पौडेललाई त्यहाँ खटाइएको थियो ।

पौडेल पूर्व नायव सुब्बा रघु घिमिरेसँग बसेर काम गरेको बताइन्छ । । घिमिरे उनै हुन् जसलाई अर्थमन्त्री जनार्दन शर्माको निर्देशनमा चालु आर्थिक वर्षको बजेटको रकम र शीर्षक हेरफेरको निम्ति गत जेठ १४ गते राति मन्त्रालय पुगेको आरोप लाग्दै आएको छ ।
पदीय रुपमा सुब्बा तहका कर्मचारी घिमिरेका टाइपिष्ट भने उपसचिव पौडेल थिए । उनै पौडेललाई पुरस्कारस्वरुप फेरि आकर्षक कार्यालयमा लैजाने तयारी चलिरहेको छ । मणिराम पहिले भन्सार विभागमा निर्देशक थिए । उनले मन्त्रालयको बजेट महाशाखामा बसेर लामो समयसम्म सबै काम गरेका थिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।