गृहमा सात सहसचिव बरण्डामा

मुलुकको प्रमुख प्रशासकीय केन्द्रभित्रै झण्डै दर्जन बढी सहसचिवहरु जिम्मेवारी विहिन भएर रहेका छन् । महिनौ दिनदेखि सहसचिवलाई बरण्डामा थन्काएर सहसचिवकै दरबन्दी भएको जिल्लामा उपसचिवलाई प्रशासनको कमाण्डर बनाएर खटाइएको छ । गृहमा मात्र सात जना सहसचिव बरण्डामा थन्क्याइएको छ । त्यहाँ सहसचिवहरू रमेश ढकाल,बासुदेव घिमिरे,लालबाबु कवारीका अलवा सुमन घिमिरे, श्यामकृष्ण थापा, उमेशकुमार ढकाल, प्रकाश पौडेल, गोबिन्दप्रसाद रिजाल पनि बरण्डामा नै छन् ।

बिज्ञापन

अन्यत्र निकायबाट सरूवा भई आएका कर्मचारीलाई संघीयता अघिको कर्मचारी कानून अर्थात निजामती सेवा ऐनको दफा १८ घ मा अतिरिक्त समूह रहने उल्लेख छ । तर पछिल्लो समय यो ‘बरण्डा’का नामले चर्चित हुँदै आएको छ । फाजिलमा रहेका निजामती कर्मचारीहरुलाई तत्कालका लागि अतिरिक्त समूहमा सार्न सकिने र यसरी राख्दा १८ ख को विपरीत अर्थात दुई महिना भन्दा बढी अवधि राख्न नमिल्ने भनिएको छ । दुई महिनाभित्र रिक्त दरबन्दी रहेको ठाउँमा सरूवा गरी रमाना पत्र दिनु पर्दछ । तर, गृहका केही कर्मचारी लामो समयदेखि बरण्डामा थन्क्याइएको छ । गृहले अन्यन्त्रबाट सरुवा भएर आएका कर्मचारीको व्यवस्थापन गर्न सकेको छैन ।

बिज्ञापन

सहसचिवलाई बरण्डामा थन्काएर सहसचिवकै दरबन्दी रहेका कतिपय जिल्लामा उपसचिवहरुलाई प्रमुख जिल्ला अधिकारी बनाएर खटाएको छ । रवि लामिछाने गृहमन्त्री हुँदा प्रमुख जिल्ला अधिकारी खटन पटन सम्बन्धी मापदण्ड संशोधन गरिएको थियो । त्यसमा मापदण्ड विपरित सहसचिव दरबन्दी रहेका कतिपय जिल्लामा उपसचिवलाई खटाइएको छ । मन्त्रालयले सहसचिव प्रमुख जिल्ला अधिकारी रहँदै आएका दैलेख, प्युठान र अर्घाखाँची, डडेलधुरामा पनि उपसचिवलाई खटाएको छ । मन्त्रालयले उपसचिव नवराज जैसीलाई दैलेखको सीडीओ बनाएर पठाएको छ । त्यस्तै २६ भदौमा उपसचिवद्वय रमा आचार्य सुवेदीलाई प्युठान र बाबुराम अर्याललाई अर्घाखाँचीको प्रमुख जिल्ला अधिकारी बनाएर पठाएको थियो ।

गृहमन्त्री रमेश लेखक र गृह सचिव गोकर्णमणि दुवाडीको समूहले कार्यविधि विपरित मनलाग्दी ढंगले कर्मचारी खटन पटन गरिरहेको हो ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रेम तामाङको उम्मेदवारीपछि रसुवामा एमाले युवाको विद्रोह : फागुन २१ अघि धमाधम राजीनामा

यी जिल्लामा सुकुम्बासीको मत निर्णायक

कानूनको शासनको कसीमा नेपाल 

राष्ट्रिय युवा संघ रसुवामा पहिरो : सचिव र उपाध्यक्षको एकैसाथ राजीनामा

वैदेशिक लगानीको सीमा हट्यो

ल्याण्डरोभर गाडीमा करोडौं कर छली,भन्सार विभागले बनायो निर्देशकको नेतृत्वमा छानबिन समिति

रसुवा युवा संघका उपाध्यक्षद्धारा संगठन परित्याग

१७ बर्षे किशोरी बलात्कृत,मेयर पक्राउ

बिशेष