खरिदारदेखि उपसचिव तहसम्मका २ सय बढी कर्मचारीको गुपचुप सरुवा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकै पटक ठूलो संख्यामा कर्मचारीहरुको सरुवा गरेको छ । मन्त्रालयले विभिन्न सेवा समूहका गरी २ सय भन्दा बढी कर्मचारीहरुको सरुवा गरेको हो ।

बिज्ञापन

मन्त्रालयले विभिन्न सेवा समूहका खरिदारदेखि उपसचिवसम्मका २ सयभन्दा बढी कर्मचारीहरुको सरुवा गरेको जनाइएको छ । मन्त्रालयले निजामती सेवा नियमावली अनुसार सरुवाका लागि आवेदन माग गरेको थियो । उक्त आवेदन अनुसार खरिदारदेखि उपसचिव तहसम्मका १ हजार भन्दा बढी कर्मचारीहरुले सरुवाका लागि आवेदन दिएका थिए । अन्तरमन्त्रालय र निकाय सरुवाका लागि उनीहरुले सामान्य प्रशासन मन्त्रालयसँग सरुवा माग गरेकामध्ये सोमबार राती दुई सयभन्दा बढी कर्मचारीको गुपचुप सरुवाको काम टुंग्याइएको जनाइएको छ ।

बिज्ञापन

मन्त्रालयले १६ साउनमा सरुवा हुन चाहने कर्मचारीसँग आवेदन माग गरेको थियो । एक मन्त्रालय, निकाय, विभाग वा कार्यालयबाट अर्को मन्त्रालय, निकाय, विभाग वा कार्यालयमा सरुवा हुन इच्छुकका लागि निवेदन आह्वान गरेकोमा भदौं १३ गतेसम्ममा १ हजारभन्दा बढी कर्मचारीहरुले सरुवा माग्दै मन्त्रालयमा आवेदन पेश गरेका थिए । तिनै आवेदन दिएकामध्ये २ सय बढी कर्मचारीहरुलाई यो लटमा सरुवा गरिएको मन्त्रालय स्रोतले जनाएको छ ।

मन्त्रालयले कार्यालय सहयोगीदेखि उपसचिव स्तरसम्मका कर्मचारीले यस्तो आवेदन आह्वान गरेको थियो । निजामती सेवा नियमावली, २०५०ले सरुवाको समय तालिका र सरुवाका आधारहरू नै निर्धारण गरेको छ । त्यसअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रत्येक वर्षको भदौ महिनामा अन्तरमन्त्रालय र निकाय सरुवा गर्नुपर्ने हुन्छ ।

बिज्ञापन

नियमावलीअनुसार सामान्य प्रशासन मन्त्रालयले प्रत्येक वर्षको भदौ एक गतेदेखि भदौ मसान्तभित्रमा आफूले गर्ने नियमित सरुवा गर्नुपर्ने गरिसक्नुपर्छ । मन्त्रालय वा मन्त्रालय स्तरको केन्द्रीय निकाय वा विभागले प्रत्येक वर्षको असोज एक गतेदेखि असोज १५ गते भित्रमा, क्षेत्रीय (प्रदेश) स्तरका निकायहरूले प्रत्येक वर्षको असोज १६ गतेदेखि असोज मसान्तभित्र गर्नुपर्ने उल्लेख छ ।

मन्त्रालयले सरुवा आवेदन पेश गरेका कर्मचारीहरुलाई भदौं महिनाको अन्तिम दिन गुपचुप सरुवा गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष