सरकारले एकै पटक ४० सहसचिवहरु हेरफेर गर्यो । जसमा काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारलाई सरुवा गरेर त्यहाँ सरोज प्रसाद गुरागाई लाई लगिएको छ । यस्तै पोखरा महानगरपालिकामा शिवराज चौलागाई पुगेका छन् भने स्थानीय तह छाडेर दायाँ बाया नभएका वीरेन्द्रदेव भारती गोदावरी काण्डमा अख्तियारबाट क्लिन चिट पाएपछि महानगरपालिकाबाट उपमहानगरपालिकामा झरेका छन् ।
बिज्ञापन
४० सहसचिव सरुवा हुँदा सबैभन्दा बढी चर्चामा छन्,प्रदीप परियार । उनी सात महिनामै किन सरुवामा परे ?तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीलाई हटाएर वालेन साहले कान्छा सहसचिव प्रदीप परियारलाई रोजेरै काठमाडौं महानगरपालिकामा लगेका थिए । उनै परियार सातै महिनामा त्यहाँबाट किन हटाइएको होला ?जिज्ञासा छ,प्रशासन वृत्तमा ।
बिज्ञापन
कतिपयको तर्क छ,काठमाडौंका मेयर वालेन साह र प्रधानमन्त्री केपी शर्मा ओलीको जुहारी । यसमा मेयरका रोजाईको पात्रलाई हटाएर उनलाई असफल पार्ने सरकारको रणनीति ।
तर,केही अघिमात्र सार्वजनिक खरिद अनुगमनको कार्यालयले उनै कान्छा सहसचिवमाथि कारवाहीको सिफारिस गर्दै मन्त्रालयमा पत्र लेखेसँगै उनको सरुवा गरिएको मन्त्रालयका अधिकारीहरु तर्क गर्न थालेका छन् । प्रदीप परियारले कानुन मिचेर काम गरेको भेटिएसँगै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभागीय कारवाहीका लागि सिफारिस गरेको हो,सार्वजनिक खरिद अनुगमनको कार्यालयले ।
बिज्ञापन
महानगरपालिका, नगर कार्यपालिकाको कार्यालय, काठमाण्डौ प्लाजा, कमलादी, काठमाण्डौले आफ्नो दायित्व पूरा नगरी आचरण विपरीत गरेकोले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६५ को उपदफा (२क) बमोजिम प्रस्तुत खरिद कार्यको मूल्याङ्कन समिति तथा सो निर्णयसंग संलग्न सम्बन्धित कर्मचारीहरु उपर प्रचलित कानून बमोजिम कारवाही गर्न श्री सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिंहदरबार, काठमाण्डौ वा सम्बन्धित मन्त्रालय वा कार्यालय समक्ष लेखी पठाउन भनी निर्णय भएकोले देहाय बमोजिमको कागजात संलग्न गरी यसै साथ पठाइएको व्यहोरा अनुरोध छ । साथै, सो खरिद कारवाहीमा संलग्न कर्मचारीहरु उपर भएको कारवाही सम्बन्धमा यस कार्यालयमा जानकारी समेत दिन हुन अनुरोध गर्दछु ।यो बिषय चाहिँ ठेक्कासँग जोडिन्छ ।
सार्वजनिक खरिद ऐनले भन्छ,सबैभन्दा कम बोलकबोल गर्नेलाई ठेक्का दिनु तर प्रदीप परियारको मूल्याङ्कन समितिले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६५ को उपदफा (२क) बमोजिम प्रस्तुत खरिद विपरित कार्य गरेको कारण उक्त कार्यमा संग्लग्न मूल्याङ्कन समिति तथा सो निर्णयसंग संलग्न सम्बन्धित कर्मचारीहरु उपर प्रचलित कानून बमोजिम कारवाही गर्न पत्र काटेको हो ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले काटेको अति गोप्य पत्रमा भनिएको छ, महानगरपालिकाबाट आह्वान गरिएको बोलपत्र आह्वान ठेक्का न g 06-27-080-81-NCBW-KMC: Sewer Construction Works at Samakhusi Corridor From Basundhara to Mehpi. KMC-03. 26816 कार्यको प्राविधिक प्रस्ताव माथि मूल्याङ्गन गर्दा उक्त कम्पनीको प्राविधिक प्रस्ताव साच पेश गरेको Pending Litigation Form–LIT–1 अन्तर्गत Matter in Dispute मा None मा None भनी उल्लेख भएकोले काठमाण्डौ नगरपालिकाको ठेक्का नं. घ33–185–077–78–NCBW–KMCM Construction of Building at Teku= KMC–12 मा Dispute रहेकोमा सो विषय नखुलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६२ को उपदफा (२) को खण्ड (ख) बमोजिम तथ्य वङ्ग्याई झुक्याई कार्यालयमा विवरण पेश गरेकोले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६२ को उपदफा (२) वमोजिमको आचरण विपरीत काम गरेको हुँदा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) को खण्ड (क) बमोजिमको कसुरमा कारवाही गर्न पत्र काटेको हो ।
सार्वजनिक खरिद अनुगमनको कार्यालयले यसमा विभागीय कारवाहीको सिफारिस सहितको सामान्य प्रशासन मन्त्रालयलाईपत्र काटेसँगै उनको सरुवा भएको छ ।
यो बिषयमा कर्मचारी प्रेसले सहसचिव प्रदिप परियारसँग जिज्ञासा राख्दा आफूले कुनै बदमासी नगरेको प्रतिक्रिया दिएका छन् ।
यद्यपि काठमाडौं महानगरपालिकाकै कर्मचारीहरुले भने समानान्तर निर्माण सेवालाई तीन वर्ष कालो सूचीमा राख्न काठमाडौँ महानगरले पत्र काटेसँगै उक्त ठेकेदार कम्पनीकै जोडबलमा प्रमुख प्रशासकीय अधिकृत परियारको सरुवा भएको बताएका छन् । माघमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा जिम्मेवारी सम्हाल्न पुगेका परियारकै निर्णय अनुसार, तथ्य बङ्ग्याएर विवरण पेस गरेकोले समानान्तरलाई तीन वर्षका लागि कालो सूचीमा राख्न सार्वजनिक खरिद अनुगमनको कार्यालयलाई सिफारिस गरिएको थियो गत फागुनमै ।
महानगरको प्रमुख प्रशासकीय अधिकृतको उक्त सिफारिसविरुद्ध समानान्तरले महानगरविरुद्ध उजुरी हालेको थियो । उक्त उजुरीकै आधारमा सार्वजनिक खरिद अनुगमन कार्यालयले प्रमुख प्रशासकीय अधिकृतसहित यो प्रकरणमा जोडिएको कर्मचारीहरुलाई कारवाहीको सिफारिस गरेको थियो ।
उक्त सिफारिस भएको केही दिनपछि नै प्रमुख प्रशासकीय अधिकृत परियार महानगरबाट सरुवा भएर सञ्चारमा पुगेका छन् ।