प्रशासनका २२,प्राविधिकका १८ गरी ४० सहसचिवको सरुवा (सूचीसहित)

सरकारले एकै पटक ४० जना सहसचिवहरुको सरुवा गरेको छ । विभिन्न मन्त्रालय, निकाय र प्रदेशमा कार्यरत ४० सहसचिवहरुको सरुवा गरेको छ । गत भदौ २७ गतेको मन्त्रिपरिषद् बैठकबाट उनीहरूको सरुवा गरिएको हो ।

बिज्ञापन

सरुवाको सूची अनुसार,प्रशासन सेवाका २२ सहसचिवहरुको सरुवा हुँदा प्राविधिकतर्फका इञ्जिनियरहरु १०,वन सेवातर्फका ५ र विविध सेवाका ३ जना रहेका छन् ।
सरकारले काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय वा त्यस अन्तर्गतका निकायका लागि सरुवा गरिएको छ ।

बिज्ञापन

यस्तै राजीव पोखरेलको मधेश प्रदेशको उद्योग वाणिज्य मन्त्रालयबाट संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा भएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मधेश प्रदेशमा सरुवा भएको छ । सम्भवत पोखरेल यातायात व्यवस्था विभागको डिजी बन्दैछन् ।

सूचना तथा प्रशारण विभागका महानिर्देशक बलराम रिज्यालको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएको छ । रामेछापकी प्रमुख जिल्ला अधिकारी अनिता निरौलालाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा ल्याइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव सुमन घिमिरेलाई गृह मन्त्रालयमा पठाइएको छ ।

बिज्ञापन

राष्ट्रिय दलित आयोगमा कार्यरत शिवराज चौंलागाईंलाई पोखरा महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत बनाइएको छ । पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाको गृह मन्त्रालयमा सरुवा भएको छ ।

युवा तथा खेलकुद मन्त्रालयका विदुरप्रसाद खनाललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय बागमती, केशवराज सुवेदीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मधेश प्रदेशबाट बागमतीको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, लोकसेवा आयोगका सहसचिव तुल्सीनाथ गौतमलाई मुख्यमन्त्री तथा तथा मन्त्रिपरिषदको कार्यालय बागमतीमै सरुवा गरिएको छ ।

पुरुषोत्तम शर्मा गण्डकीको आर्थिक मामिला मन्त्रालयबाट लोकसेवा आयोगमा आएका छन् । प्रदेश प्रमुखको कार्यालय गण्डकीका सेबन्तराज दाहाललाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र शम्भुप्रसाद मरासिनीलाई अर्थ मन्त्रालयबाट ऊर्जा जलस्रोत तता सिँचाइ मन्त्रालयमा पठाइएको छ ।

तोयानारायण सुवेदी ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट उपराष्ट्रपतिको कार्यालयमा पुगेका छन् भने सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका वीरेन्द्रदेव भारतीलाई जीतपुर सिमरा उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा खटाइएको छ ।

कमानसिंह खत्रीलाई कर्णालीको आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट राष्ट्रिय दलित आयोगमा ल्याइएको छ भने कृष्ण पौडेललाई लुम्बिनीको मुख्यमन्त्रीको कार्यालयबाट थारु आयोगमा सरुवा गरिएको छ ।

उमेशकुमार ढकाल संघीय माािला तथा सामान्य प्रशासन मनत्रालयबाट गृह मन्त्रालयमा सरुवा भएका छन् र प्रकाश पौडेल गण्डकीको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयबाट गृह मन्त्रालयमा पुगेका छन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका गोबिन्दप्रसाद रिजालको सरुवा पनि गृहमा नै भएको छ ।

प्राविधि सहसचिव कमलराज श्रेष्ठको सरुवा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सदूरपश्चिममा भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय सदुरपश्चिमका सहसचिव सुरतकुमार बमको सरुवा खानेपानी मन्त्रालयमा भएको छ ।

गण्डकीको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव गणेशराज वस्ती शहरी विकास मन्त्रालयमा आएका छन् । शहरी विकास मन्त्रालयका कमलकुमार अधिकारीको सरुवा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय गण्डकीमा भएको छ । जल तथा मौसम विज्ञान विभागका उपमहानर्देशक राजन भट्टराई पनि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय गण्डकीमा पुगेका छन् ।

राजेन्द्रप्रसाद भण्डारीको सरुवा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहबाट शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको छ । भवन निर्माण विभागको पूल समूहबाट भीमार्जुन पाण्डेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय लुम्बिनीमा सरुवा भएको छ ।

माधव प्रसाद भट्टराईको भौतिक पूर्वाधार विकास मन्त्रालय लुम्बिनीबाट शहरी विकास मन्त्रालयमा सरुवा भएको छ । खानेपानी उर्जा तथा सिँचाइ मन्त्रालय बागमतीका इन्द्रदेव भट्ट ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आएका छन् । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका मोहनकुमार शाक्य खानेपानी उर्जा तथा सिँचाइ मन्त्रालय बागमतीमा पुगेका छन् ।

उद्योग पर्यटन तथा वातावरण मन्त्रालय गण्डकीबाट रामचन्द्र कँडेल वन तथा वातावरण मन्त्रालयमा सरुवा भएका छन् । वन तथा वातावरण मन्त्रालयका जीवनाथ पौडेलको सरुवा मुख्यमन्त्रीको कार्यालय गण्डकीमा भएको छ ।

वन तथा वातावरण मन्त्रालयका दीर्घनारायाण कोइरालालाई मुख्यमन्त्रीतथा मन्त्रिपरिषदको कार्यालय कर्णालीमा पठाइएको छ । केदार बराल कर्णालीको उद्योग पर्यटन वन तथा वातावारण मन्त्रालयबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय बागमतीमा पुगेका छन् ।

धिरेन्द्रकुमार प्रधानलाई वन तथा वातावरण मन्त्रालयका बागमतीबाट वन तथा वातावरण मन्त्रालयमा ल्याइएको छ । रमेश शर्मा पौड्यालको प्रधामनन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा भएको छ ।

हाल सूचना प्रविधि विभागका महानिर्देशक रहेका प्रेमशरण श्रेष्ठलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा ल्याइएको छ । अनिलकुमार दत्तलाई अर्थ मन्त्रालयबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा फिर्ता पठाइएको छ ।

सहसचिव-सरुवा-विवरण-२०८१०५२७-final-pdf

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।